14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

तेरथुम जिल्लाको साहित्यिक गतिविधि

विचार प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल September 29, 2011, 4:01 am
प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल
प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल

१. भौगोलिक–प्राकृतिक परिचय

पूर्वी नेपालको कोसी अञ्चलका छवटा जिल्लामध्ये तेरथुम एउटा सानो पहाडी जिल्ला हो । आकारमा सानो भए पनि प्रशस्त डाँडापाखा, वनजङ्गल र खोलानालाले भरिपूर्ण यस जिल्लाको उहिलेदेखि नै विशिष्ट पहिचान रहेको छ । तेरथुम जिल्लाको नामकरणसँग तिरो उठाउने प्रसङ्ग जोडिएको छ । तिरो उठाउने अभिप्रायबाट १९५२ सालमा यस क्षेत्रलाई तेरवटा थुम (बस्ती÷ठाउँ) मा विभाजन गरी तिनको केन्द्र म्याङ्लुङलाई बनाएर ती सबैको एकीकृत नाम तेरथुम राखिएको मानिन्छ । यो वा अन्य जुनसुकै आधारमा नामकरण गरिएको भए पनि तेरथुम जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रअन्तर्गत पर्ने कोसी अञ्चलको मात्र नभएर नेपाल राष्ट्रकै एउटा ऐतिहासिक महत्व बोकेको प्रमुख जिल्ला हो ।

भौगोलिक दृष्टिबाट हेर्दा तेरथुम जिल्लाको पूर्वमा पा“चथर, पश्चिममा सङ्खुवासभा र धनकुटा, उत्तरमा ताप्लेजुङ तथा दक्षिणमा धनकुटा र पा“चथर जिल्ला रहेका छन्् । प्राकृतिक दृष्टिबाट हेर्दा यस जिल्लाको पूर्वमा फुगुवाखोला र तमोर नदी, पश्चिममा तेलियाखोला, उत्तरमा मङ्लबारे र गुफा डा“डा तथा दक्षिणमा तमोर नदी रहेका छन् । ६७९ वर्ग किलोमिटर क्षेत्रफल रहेको यस जिल्लाको उचाइ समुद्री सतहबाट ३४५ मिटर (तमोर नदी) देखि ३,९६२ मिटर (तीनजुरेको अक्करे पहाड) सम्म रहेको छ । ८७ ं २५’ देखि ८७ ं ४५’ डिग्री पूर्वी देशान्तर र २६ ं ६६’ देखि २७ ं ३०’ डिग्री उत्तरी अक्षांशभित्र अवस्थित यस जिल्लाको तापक्रम १५ं से.देखि ३०ं से. सम्म रहेको छ ।

पहाडैपहाडले ढाकिएको तेरथुम जिल्लाको भौगोलिक अवस्था धेरजसो भिरालो भए पनि कतैकतै सम्म फा“ट, टारी र चौरहरू पनि छन् । लेकाली र औलाली गरी दुई भागमा विभाजन गर्न सकिने यस जिल्लाको माथिल्लो लेकाली भागमा मौसमअनुसार निकै जाडो तथा तल्लो औलाली भागमा निकै गर्मी हुन्छ भने बीचको भागतिर उति जाडो–गर्मी हु“दैन । यस जिल्लाका म्याङ्लुङ र आठराई सङ्क्रान्ति बजारक्षेत्र भए पनि समग्रमा तेरथुम जिल्ला ग्रामीण इलाकामै पर्छ ।

तेरथुम जिल्लाको सदरमुकाम म्याङ्लुङ बजारमा भर्खरै मौसमी कच्ची मोटरबाटो पुगेको भए पनि अन्यत्र पुगेको छैन भने विद्युत् र सञ्चार पनि अत्यन्त सीमित क्षेत्रमा मात्र रहेको छ । भौगोलिक दृष्टिले निकै विकट रहे पनि र अन्य सुविधा खासै नभए पनि प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस जिल्लामा प्रशस्तै रमणीय र पर्यटकीय स्थल छन् । गुरा“सको राजधानीसमेत मानिने यस जिल्लामा अनेक प्रजातिका गुरा“सहरू पाइन्छन् । गुरा“स रातो रङ्गको मात्र हुन्छ भन्नेहरूका लागि यो रातो रङ्गको मात्र नभएर अन्य थुपै्र रङ्गको हुन्छ भन्ने कुरा यहा“का लेकाली क्षेत्रको अवलोकन गरे थाहा हुन्छ । सोल्मा गाविसको सिरमा रहेको तीनजुरे–अक्करे यहा“को सर्वाेच्च पहाड हो । अनेकतिरको दृश्यावलोकन गर्न सकिने त्यस ठाउ“बाट सफा मौसममा काठमाडौंसमेत देखिन्छ भन्ने चर्चा सुनिन्छ । ठूल्ठूला नागी, चौर रहेको तीनजुरे क्ष्ँेत्रमा सुन, तामा आदि खानीहरूसमेत भएको अनुमान गरिएको छ । यसका अतिरिक्त मार्गा पोखरी, चिचिलिङ पोखरी, आठराई पोखरी, मेन्छेम ढाप, गौखुरी गुफा आदि यस जिल्लाका प्रसिद्ध प्राकृतिक स्थल हुन् । यस जिल्लामा मौसमी मात्र नभएर स्थायी प्रकारका प्रशस्तै खोलानालाहरू पनि छन् । सधैं पानी हुने यहा“का प्रसिद्ध खोलाहरूमा लम्बु खोला, पि“गुवा खोला, खोरुङ्गा खोला, कोया खोला तमोर नदी, ताङ्माया खोला, फाक्चुवा खोला, फुगुवा खोला, तेलिया खोला, हिउ“दिया खोला आदि हुन् र यी सबै खोलाबाट विद्युत् उत्पादनको पर्याप्त सम्भावना छ । यस जिल्लामा अवस्थित नेपालकै सबैभन्दा लामो छा“गो मानिएको ३६५ मिटर लामो ≈यात्रुङ छा“गो (सम्दु र इसिबु गाविसको बीचमा अवस्थित) यस जिल्लाको गौरवपूर्ण प्राकृतिक सम्पदा हो । भौगोलिक दृष्टिले विकट भए पनि प्राकृतिक सौन्दर्यका दृष्टिले निकै मनोरम रहेको यस जिल्लाको प्राकृतिक सौन्दर्यको सदुपयोग गरी पर्यटनको विकास गर्न सके आयस्रोतको समेत वृद्धि हुने देखिन्छ ।

२. सामाजिक–सांस्कृतिक परिचय

२०५८ सालको जनगणनाअनुसार तेरथुम जिल्लाको जनसङ्ख्या ५४९३२ पुरुष र ५८१७९ महिला गरी १,१३,१११ रहेको छ । लिम्बूवान क्षेत्रका रूपमा चिनिए पनि यस जिल्लामा छेत्री, बाहुन, लिम्बू, तामाङ, राई, मगर, सेर्पा, कामी, दमाईं, सार्की, सन्यासी, माझी, सुनुवार, गुरुङ, नेवार आदि विभिन्न जातजातिको बसोबास रहेको छ । विभिन्न जातजातिको बसोबास रहेको यो जिल्ला बहुजातीय, बहुभाषीय र बहुधर्मीय क्षेत्र हो ।

तेरथुम जिल्लामा विभिन्न थरी बाहुनछेत्रीहरूको बसोबास रहेको छ । यहा“ अधिकारी, काले, खतिवडा, खनाल, गड्तौला, गौतम, घिमिरे, चापागाईं, ढकाल, ढुङ्गेल, तिम्सिना, दाहाल, दुलाल, धमला, निरौला, पौडेल, बराल, भट्टराई, भण्डारी, मिश्र, लामिछाने, लुइटेल आदि विभिन्न थर भएका उपाध्याय एवं जैसी बाहुनहरू बसोबास गर्छन् भने ओली, उप्रेती, चु“डाल, थपलिया, पनेरू, प्रसाईं, बाराकोटी, मैनाली, विमली, सिटौला आदि थरका कुमाईं बाहुनहरू बसोबास गर्छन् । यस्तैगरी कार्की, खड्का, खत्री, चौहान, थापा, बस्नेत, रोका, सुवेदी आदि विभिन्न थरका छेत्रीहरू तथा गिरी, पुरी, भारती आदि थरका सन्यासीहरूको पनि यस जिल्लामा बसोबास रहेको छ । बसोबासका दृष्टिले अनेक थरी देखिए पनि यिनीहरू मूलतः हिन्दू धर्ममा आस्था राख्छन् र यी सबैजसोले मान्ने प्रमुख चाडपर्व, रीतिरिवाज र सामाजिक संस्कारहरूमा प्रायः समानता पाइन्छ ।

लिम्बूहरूको विशेष बस्ती रहेको तेरथुम जिल्लामा इङ्नाम, इस्बो, ओख्राबु, कन्दङ्वा, खापुङ, चोङ्बाङ, तुम्बाहाम्फे, थिङ्लाबु, निङ्लेखु, पयाङ्गु, पाङ्गेनहाङ, पायोहाङ, पाहिम, फोम्बो, माबुहाङ, सम्बाहाम्फे, सिंगक, सेरेङ, सोदेम्बा आदि विभिन्न थरका लिम्बूहरूको बसोबास रहेको छ । किरात धर्म मान्ने लिम्बूहरूका छुट्टै जातीय संस्कार भए पनि आपसी सम्पर्कका कारण तिनीहरूमा छेत्रीबाहुनको समेत प्रभाव देखिन्छ । यिनीहरू सामाजिक संस्कार सम्पन्न गर्दा आनै जातिको पुरोहित फेदाङ्वाका माध्यमबाट गर्छन् भने कतिपय धार्मिक–सांस्कारिक कार्यमा बाहुन पुरोहित पनि लगाउ“छन् । आनो छुट्टै र विशिष्ट पहिचान भएको यस जातिमा प्रचलित सामाजिक प्रचलनमा धाननाच र च्याब्रुङनाच विशेष उल्लेखनीय छन् ।

तेरथुम जिल्लामा भोटे वा तामाङहरूको पनि बसोबास रहेको छ । बौद्ध धर्म मान्ने भोटेहरूको सामाजिक संस्कार उनीहरूकै आनै परम्पराअनुसार लामाबाट गराउ“छन् । यस जिल्लामा बौद्ध धर्म मान्ने गुरुङ जातिको पनि बसोबास रहेको छ । यिनीहरूका कतिपय आनै सामाजिक संस्कार भए पनि तिनमा अन्य जातिको प्रभाव स्पष्टै देखिन्छ । यहा“ नेवारहरूको पनि बसोबास रहेको छ । यिनीहरूका सामाजिक संस्कारमा छेत्रीबाहुनको पूरै प्रभाव भेटिन्छ । यहा“ कामी, दमाईं, सार्की आदिको पनि बसोबास रहेको छ । यिनीहरू हिन्दू धर्म मान्ने भएकोले यिनको सामाजिक संस्कार छेत्रीबाहुनको जस्तै हुन्छ ।

विभिन्न जातजातिको बसोबास रहेको तेरथुम जिल्लामा सबै जातिको सम्पर्क भाषा नेपाली नै रहेको छ । यहा“का लिम्बू, तामाङ, राई, मगर, सेर्पा, माझी, सुनुवार, गुरुङ, नेवार आदिले आपसमा आआनै मातृभाषाको प्रयोग गरे पनि आम रूपमा नेपाली भाषाकै प्रयोग गर्छन् ।

धार्मिक दृष्टिले तेरथुम जिल्लामा हिन्दू, बौद्ध, किरा“त आदि विभिन्न धर्मावलम्बीहरूको बसोबास पाइन्छ र ठाउ“ठाउ“मा यिनका आआनै धार्मिक स्थलसमेत रहेका छन्् । यस जिल्लामा सिंहवाहिनी मन्दिर (म्याङ्लुङ), रक्तकाली मन्दिर (सोल्मा), भगवती मन्दिर (सङ्क्रान्ति), शिवालय मन्दिर (सङ्क्रान्ति र जलजले), राम मन्दिर (खेलपुर) का साथै चुहानडा“डा, सिम्ले, छातेढु·ा, आङ्दिम, पौंठाक आदि ठाउ“मा बौद्ध गुम्बाहरू र प्रशस्तै मौलाहरू पनि रहेका छन् ।

पेसाका दृष्टिले हेर्दा तेरथुमेहरूको मुख्य पेसा कृषि हो र यहा“ धान, मकै, गहु“, कोदो, फापर, आलु आदि प्रमुख अन्न बाली उत्पादन हुन्छन्् । यस जिल्लाको ठाउ“ठाउ“मा सिंचाइ सुविधायुक्त तीन बाली लाग्ने निकै उर्वर भूमि छ भने वर्षे भेलमा भर पर्नुपर्ने कम उर्वर जग्गाका साथै उत्पादन शून्यप्रायः हुने भिर, पाखापखेरा र बा“झो चौर, नागी पनि प्रशस्तै छ । यहा“ सुन्तला, जुनार, नासपाती, आ“प, अम्बक, आरु, आल्चा, आरुबखडा आदि फलफूलहरूको पनि उत्पादन हुन्छ तर यिनको उचित बजार व्यवस्थापन नभएकाले त्यो उपयुक्त आम्दानीको स्रोत बन्न नसकी त्यत्तिकै खेर गएको देखिन्छ । यस जिल्लाका कतिपय ठाउ“मा अलैंची, चियाजस्ता नगदेबालीको खेती पनि गरेको पाइन्छ साथै यहा“ ढाका कपडा, खुकुरी, राडीपाखी उद्योग पनि सञ्चालित छन् । यी वस्तुको उत्पादनमा तेरथुम जिल्लाले निकै प्रसिद्धि प्राप्त गरेको छ । तेरथुमको ढाका टोपी र सिरुपाते खुकुरी नेपालकै प्रसिद्ध वस्तुमा गणना हुन्छन् ।

३. राजनीतिक–प्रशासनिक परिचय

नेपाल राष्ट्रलाई ७५ जिल्लामा विभाजन गरी तेरथुमलाई छुट्टै जिल्ला बनाउनुपूर्व त्यहा“को प्रशासनिक कार्य धनकुटा गौंडाबाट सञ्चालित थियो । म्याङ्लुङलाई सदरमुकाम बनाई त्यही“बाट प्रशासनिक कार्य सञ्चालन गर्न थालिएपछि मात्र तेरथुम जिल्लाले छुट्टै अस्तित्व पाएको हो । यस जिल्लामा २०५१ सालपूर्व दुर्ई निर्वाचन क्षेत्र र २०५१ सालपछि एक मात्र निर्वाचन क्षेत्र कायम गरिएको छ । ३२ वटा गाविस रहेको यस जिल्लालाई परम्परादेखि नै छथर, फेदाप र आठराई गरी तीन क्षेत्रमा विभाजन गरिएको छ । यी क्षेत्रको सिमाना र तीअन्तर्गत पर्ने गाविसहरूको विवरण यसप्रकार रहेको छ ः

(१) छथर क्षेत्र— लम्बुखोलादेखि पश्चिम धनकुटा जिल्लाको सिमानामा पर्ने तेलिया खोलासम्मको इलाकालाई छथर क्षेत्र मानिन्छ । यसअन्तर्गत रहेका गाविसहरू यसप्रकार छन् ः (१) वसन्तपुर (२) फुलेक (३) दा“गपा (४) सुदाप (५) ओख्रे (६) आङ्दिम (७) हमरजुङ (८) फाक्चामारा (९) पञ्चकन्या ।

(२) फेदाप क्षेत्र— कोयाखोलादेखि पश्चिम लम्बुखोलासम्मको इलाकालाई फेदाप क्षेत्र मानिन्छ । यसअन्तर्गत रहेका गाविसहरू यसप्रकार छन् ः (१) सम्दु (२) इसिवु (३) सिम्ले (४) जलजले (८) ओयाक्जुङ (६) श्रीजुङ (७) पौंठाक (ड) मोराहाङ (९) आम्बुङ (१०) जिरिखिम्ती (११) साब्ला (१२) म्याङ्लुङ (१३) तम्फुला (१४) पिप्ले (१५) सोल्मा (१६) सुङ्नाम ।

(३) आठराई क्षेत्र— कोयाखोलादेखि उत्तर ताप्लेजुङ जिल्लाको सिमानासम्मको इलाकालाई आठराई क्षेत्र मानिन्छ । यसअन्तर्गत रहेका गाविसहरू यसप्रकार छन् ः (१) ≈वाकुु (२) इवा (३) छातेढु·ा (४) थोक्लुङ (५) चुहानडा“डा (६) सङ्क्रान्ति बजार (७) खाम्लालुङ ।

यसरी तेरथुम जिल्लामा अवस्थित प्रसिद्ध तीन खोलालाई सा“ध लगाएर परम्परित रूपमै तीन क्षेत्रमा विभाजन गरिएको यस जिल्लाको क्षेत्रगत गाविस सङ्ख्यामा भने समानता छैन । छथर क्षेत्रमा नौ, फेदाप क्षेत्रमा सोर र आठराई क्षेत्रमा सात गाविसहरू रहेका छन् । यसरी सङ्ख्यात्मक रूपमा भिन्न देखिए पनि समग्र भूभागको वितरणका दृष्टिले भने तीनै क्षेत्र लगभग उत्रै आकारका छन् ।

तेरथुम दुर्गम पहाडी जिल्ला भएर पनि राजनैतिक दृष्टिले पहिलेदेखि नै निकै सचेत जिल्ला मानिन्छ । यहा“ सबैखाले राजनीतिमा आस्था राख्ने व्यक्तिहरूको बसोबास रहेको छ । नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा पनि तेरथुम र त्यसमा पनि विशेषगरी आठराई क्षेत्रको विशिष्ट भूमिका रहेको छ । विभिन्न राजनैतिक दलको नेतृत्व पङ्क्तिमै रही राष्ट्रिय राजनीतिमा समेत प्रत्यक्ष प्रभाव पार्नसक्ने राजनीतिकर्मीहरू पनि तेरथुम जिल्लाले थुपै्र जन्माएको छ ।

४. शैक्षिक–प्राज्ञिक परिचय

तेरथुम जिल्ला शैक्षिक दृष्टिबाट पनि निकै सम्पन्न छ । औपचारिक–अनौपचारिक रूपमा निकै पहिलेदेखि नै प्रारम्भ भएको यस जिल्लाको शैक्षिक जागरण अहिले निकै विकसित भइसकेको छ । यस जिल्लामा सर्वप्रथम औपचारिक रूपमा १९९१ सालमा संस्कृत र नेपाली पढाउने गरी आठराई मूलपानीमा स्थायी सरकारी पाठशालाको स्थापना भएको देखिन्छ । यसपछि २००२ सालमा आठराई चुहानडा“डामा अङ्ग्रेजी स्कुलको स्थापना गरिएपछि जिल्लाका विभिन्न ठाउ“मा शिक्षाको प्रचारप्रसार हु“दै गयो र थुपै्र विद्यालयहरू स्थापित भए । आठराईको त्रिमोहन मावि, म्याङ्लुङको सिंहवाहिनी मावि, सोल्मा कालीमाटीको गौरीशङ्कर प्रावि, फाक्चामाराको नवीन शिक्षा सदन मावि यस जिल्लामा स्थापित पुराना शैक्षिक संस्थामा गनिन्छन् । यस जिल्लामा अन्य छिमेकी पहाडी जिल्लाका तुलनामा बढी नै सङ्ख्यामा शैक्षिक संस्थाहरू रहेका छन् । हालसम्म आइपुग्दा तेरथुम जिल्लामा सरकारी र निजी गरी दुईवटा कलेज, एक दर्जनजति उच्चमावि, तीन दर्जनजति मावि, छ दर्जनजति निमावि, अढाई सयजति प्रावि र चार दर्जनजति पूर्वप्रावि सञ्चालनमा रहेका छन् ।

तेरथुम बाटोघाटो, यातायात र सञ्चारका साधनसमेत उति नभएको एउटा दुर्गम पहाडी जिल्ला भएर पनि शिक्षाका क्षेत्रमा निकै अगाडि रहेको छ । तेरथुमको आठराई क्षेत्र राष्ट्रकै पुरानो प्रसिद्ध शिक्षित क्षेत्र मानिन्छ । सुरुसुरुतिर पढेलेखेका व्यक्तिहरूमा बाहुन, छेत्रीकै सङ्ख्या बढी देखिए पनि अहिले सबैजसो जातजातिहरू शिक्षाका क्षेत्रमा त्यति पछि छैनन् । यस जिल्लाको साक्षरता पचपन्न प्रतिशतभन्दा बढी छ । यहा“ पुरुषको साक्षरता पैंसट्ठी प्रतिशत र महिलाको पैंतीस प्रतिशतको हाराहारीमा रहेको छ । समग्रमा साक्षरता प्रतिशत उच्च नै रहेको यस जिल्लामा जन्मिएका थुप्रै व्यक्तिहरूले उच्च शिक्षा हासिल गरेका छन्् । यहा“ एस्.एल्.सी., आई.ए., बी.ए र एम्. ए. उत्तीर्ण गर्ने व्यक्तिहरू प्रशस्तै छन् । विभिन्न विषयमा विद्यावारिधि र प्राविधिक शिक्षामा डाक्टरी र इन्जिनियरिङ गर्नेहरूको सङ्ख्या पनि त्यति कम छैन ।

तेरथुमा जिल्लाका एक दर्जनजति व्यक्तिहरूले विभिन्न विषयमा विद्यावारिधि उपाधि हासिल गरिसकेका छन् । यस जिल्लाबाट हालसम्म विद्यावारिधि उपाधि हासिल गर्ने विद्वान्हरूमा डा. अभि सुवेदी (साब्ला), डा. केशवमान श्रेष्ठ (म्याङ्लुङ), डा. खगेन्द्रप्रसाद लुइटेल (सोल्मा), डा. खेमनाथ दाहाल (पिप्ले), डा. खेम दाहाल (फाक्चामारा), डा. गोविन्दमान श्रेष्ठ (म्याङ्लुङ), डा. गोपालकृष्ण सिवाकोटी (≈वाकुु), डा. जीवन श्रेष्ठ (जलजले), डा. तुलसीप्रसाद उप्रेती (चुहानडा“डा), डा. नारायण भट्टराई (मोराहाङ), डा. पेशल दाहाल (फाक्चामारा), डा. रमेशजङ्ग खड्का (वसन्तपुर), डा. वासुदेव उप्रेती (इवा), डा. वेदप्रकाश उप्रेती (चुहानडा“डा) आदि रहेका छन् ।

यस्तैगरी तेरथुम जिल्लाका डेढ दर्जनजति व्यक्तिहरूले स्वास्थ क्षेत्रमा डाक्टरी गरेका छन् । यस जिल्लाबाट मेडिकल डाक्टर भई विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरू यसप्रकार छन् ः डा. कृष्णप्रसाद ओली (छातेढु·ा), डा. कृष्णा ओली (छातेढु·ा), डा. चन्द्रप्रसाद मास्के (जलजले), टङ्क बाराकोटी (थोक्लुङ्), डा. निदेश सापकोटा (ओयाक्जुङ), डा. निराकारमान श्रेष्ठ (म्याङ्लुङ), डा. पुकार मास्के (जलजले), डा. बलमान लिम्बू (आम्बुङ), डा. महेश मास्के (जलजले), डा. युवराज लिम्बू (सोल्मा), डा.राम उप्रेती (इवा), डा. रामेश्वरमान श्रेष्ठ (म्याङ्लुङ), डा. वसन्त तुम्बाहाम्फे (म्याङ्लुङ), डा.विष्णुप्रसाद थपलिया (चुहानडा“डा), डा. शङ्कर उप्रेती (चुहानडा“डा), डा.सन्देश मास्के (जलजले), डा. हेमबहादुर लुम्फुवा (पौंठाक) आदि ।

यिनका अतिरिक्त तेरथुम जिल्लाबाट इन्जिनियरिङ आदि प्राविधिक क्षेत्रमा उच्चशिक्षा हासिल गर्नेहरू पनि केही सङ्ख्यामा रहेका छन् । विभिन्न सरकारी सेवा, विश्वविद्यालय सेवा एवं गैरसरकारी सेवामा समेत उच्च पदहरूमा पुगेका तेरथुमेहरू पनि थुपै्र छन् । समग्रमा तेरथुम जिल्लामा जन्मीहुर्की अन्यत्र गएर पनि जिल्लाको मात्र होइन राष्ट्रकै प्रतिष्ठित विद्वान्मा गणना हुने तेरथुमेहरूको पनि यहा“ कमी छैन । यसरी थुपै्र तेरथुमेहरू तेरथुममै बसोबास नगरी कामका सिलसिलामा वा अन्य कारणबाट अन्यत्रै गएर बसोबास गरिरहेका भए पनि ती सबै तेरथुमका गौरव र गहना अवश्यै हुन् ।

५. साहित्यिक परिचय

साहित्यिक दृष्टिबाट पनि तेरथुम जिल्लाको विशिष्ट स्थान रहेको छ । तेरथुमको साहित्यिक गतिविधिलाई अगाडि बढाउन यहा“बाट प्रकाशित विभिन्न पत्रपत्रिकाको पनि महŒवपूर्ण भूमिका रहेको देखिन्छ । तेरथुमे साहित्यकार एवं साहित्यिक गतिविधिको चर्चा गर्नुपूर्व यहा“का साहित्यिक गतिविधिलाई अगि बढाउने यहा“बाट समयक्रममा प्रकाशित भएका विभिन्न पत्रपत्रिकाहरूको महŒवपूर्ण भूमिका रहेकाले तिनको जानकारी आवश्यक छ ।

५.१ तेरथुममा पत्रपत्रिकाहरूको प्रकाशन

तेरथुम जिल्लाको साहित्यिक विकासमा त्यहा“बाट प्रकाशित विभिन्न पत्रपत्रिकाको भूमिका पनि उल्लेखनीय रहेको छ । तेरथुम जिल्लाको आठराई क्षेत्रमा २०१७ सालमा स्थापित तेरथुम क्याम्पस (तत्कालीन वीरेन्द्र इन्टर कलेज) बाट प्रकाशित प्रयास (२०१७) नामक पत्रिकालाई तेरथुम जिल्लाको पहिलो पत्रिका मानिन्छ । एक अङ्क मात्र छापिएर प्रकाशन बन्द भएको यस पत्रिकादेखि हालसम्म तेरथुमबाट थुप्रै पत्रिकाहरू प्रकाशित भएका छन् । यस जिल्लाबाट प्रकाशित पत्रपत्रिकाहरूको कालक्रमिक विवरण यसप्रकार रहेको छ ः

प्रयास (२०१७), प्रोत्साहन (२०१९), मगज (२०२२), प्रतिबिम्ब (२०२३), स·म सुधा (२०२४), कुम्भकर्ण (२०२६), तीनजुरे (२०२७), किसान बुलेटिन (२०२८), पुस्तकालय (२०२८), रत्नज्योति (२०२९), कोसिस (२०३३), प्रकाश (२०३३), शिक्षक बोल्छ (२०४०), खोजतलास (२०५४), तेरथुम विकास गतिविधि (२०५४), नौलो सन्दर्भ (२०५५), गुम्बज (२०५५), तेरथुम जिल्लाको पाश्र्वचित्र (२०५६), पूर्वेली आयाम (२०५६), प्रणयन (२०५६), मुन्धुम (२०५६), लाफुन (२०५६), साङलाम (२०५६), आठरार्ई कोसेली (२०५७), इको (२०५७), खासेन (२०५७), जुनेली युवा (२०५७), जुझारु (२०५७), सिर्जना (२०५७), सुसेली (२०५७), सेम्पाङ (२०५७), अन्र्तदृष्टि (२०५८), अमलुङ (२०५८), आ“धीबेहेरी (२०५८), इक्सा (२०५८), घरआ“गन (२०५८), नवगाउ“ले (२०५८), नवबिहानी (२०५८), नव सुसेली (२०५८), निङसाङ ( २०५८), पाथीभरा (२०५८), पुष्पाञ्जलि (२०५८), म्याङ्लुङ स्मारिका (२०५८), लाफुन (२०५८), सोल्टिनी (२०५८), हिउ“चुली (२०५८), ≈यात्रुङ झरना (२०५८), खेल शिखर (२०५९), गाउ“ले सङ्गालो (२०५९), नव वसन्त (२०५९), सप्तकोसी (२०५९), नव परिवेश (२०५९), आन्दोलन (२०५९), बहुमुखी (२०५९), हाङ्सोलुङ (२०५९), गोरेटो (२०५९), हाम्रो भाषा हाम्रो लिपि (२०६०), तेरथुम साप्ताहिक (२०६०), स्पन्दन (२०६०), उज्ज्वलदीप (२०६०), गहना (२०६०), ज्वारभाटा (२०६०), आशीर्वाद (२०६०), नया“किरण (२०६०), सेरोफेरो (२०६०), पालाम (२०६०), ज्योमोलुङ्मा (२०६१), मनको देउराली (२०६१), तम्मोरका सुस्केरा (२०६१) आदि ।

तेरथुम जिल्लाबाट प्रकाशित उपर्युक्त पत्रपत्रिकाहरू सबैजसो सामयिक र साहित्यिक रहेका छन् । यीमध्ये कतिपय हस्तलिखित रूपमा प्रकाशित भएका छन्, कतिपय एकदुई अङ्क मात्र छापिएका छन् भने सबैजसोले निरन्तरता पाएका छैनन् । यीमध्ये धेरजसो नेपाली भाषासाहित्यस“गै सम्बद्ध छन् भने केहीचाहि“ लिम्बू, तामाङ आदि भाषास“ग सम्बद्ध छन् ।

उपर्युक्त साहित्यिक पत्रिकाका अतिरिक्त तेरथुम जिल्लाबाट खोजतलास साप्ताहिक (२०५४), नौलो सन्दर्भ (२०५५), नव बिहानी (२०५८) जस्ता समाचारमूलक पत्रिकाहरू पनि प्रकाशित भएका देखिन्छन् । २०५९ साल मङ्सिर २२ गते म्याङ्लुङको भीषण आगलागीपछि यी पत्रिकाहरू पनि बन्द हुनपुगेका देखिन्छन् । यसरी हेर्दा समाचारमूलक पत्रिकाहरूको प्रकाशनमा पनि निरन्तरता देखि“दैन ।

तेरथुम जिल्लामा बेलाबखत विभिन्न साहित्यिक सङ्घसंस्थाहरूको स्थापना गरी तिनमार्पmत सामयिक पत्रिका प्रकाशन गर्ने, साहित्यिक गोष्ठी सञ्चालन गर्नेजस्ता कार्य गरेको पाइन्छ । यसरी साहित्यिक गतिविधिहरू सञ्चालन गर्ने यस्ता साहित्यिक सङ्घसंस्थाहरूमा क्याम्पस, विद्यालयबाहेक साहित्य स·म, नवकिरण साहित्य युवा समाज आदि उल्लेखनीय छन् ।

दुर्गम पहाडी जिल्ला भएर पनि समयक्रममा यति धेरै पत्रपत्रिकाहरू प्रकाशित हुनु, विभिन्न साहित्यिक सङ्घसंस्थाहरूको स्थापना हुनु र तीमार्पmत विभिन्न साहित्यिक गतिविधि सञ्चालन गरिनुलाई तेरथुम जिल्लाबासीहरूको साहित्यिक सचेतताकै परिणामका रूपमा लिनुपर्छ । यति भएर पनि अन्यत्रभै“m यस जिल्लाबाट प्रकाशित पत्रपत्रिकाहरूले निरन्तरता नपाउनु र केही अङ्क निस्कि“दै बन्द हु“दै गर्नु यसको कमजोर पक्ष भए पनि राष्ट्रिय सन्दर्भमै साहित्यिक पत्रपत्रिकाको हविगत यस्तै रहेकाले यसलाई त्यति अस्वाभाविक मान्न सकिन्न ।

५.१ तेरथुमे साहित्यकारहरूको अवस्थिति

तेरथुम जिल्लाले विभिन्न विधाका थुपै्र साहित्यकारहरू पनि जन्माएको छ । नेपाली साहित्यको कविता, कथा, उपन्यास, नाटक, निबन्ध, समालोचना, भाषाव्याकरण, कोश, पाठ्यपुस्तकजस्ता विविध विधा क्षेत्रमा तेरथुमे साहित्यकारहरूको उल्लेख्य योगदान रहेको छ । तेरथुमे साहित्यकारहरूमा जिल्लामै बसेर साहित्य सेवा गर्र्ने र अन्यत्र गएर साहित्य सेवा गर्ने दुवैथरी साहित्यकारहरू छन् । यीमध्ये कतिपयले तेरथुममा जन्मी त्यही“ बसेर अनि कतिपयले तेरथुमबाट अन्यत्र गएर पनि तेरथुम जिल्लाको गौरव कायम गरेका छन् । तेरथुममै बसेर वा तेरथुमबाहिर बसेर विभिन्न विधाका साहित्य सिर्जना गरी विशिष्ट योगदान पु¥याउने सम्पूर्ण तेरथुमे साहित्यकारहरूको समग्र परिचय र तिनका कृतिहरूको विश्लेषण गर्दा अनेक शोधपत्रहरू तयार हुनसक्छन् र कतिपय भइसकेका पनि छन् । यस छोटो आलेखमा यी सबैको विस्तृत व्याख्या सम्भव नभएकाले साहित्यकारका नामको वर्णानुक्रमका आधारमा विधागत विवरण मात्र यहा“ प्रस्तुत गरिन्छ ।

(१) कवि

तेरथुम जिल्लाका थुपै्र कविहरूले विभिन्न ढप र ढा“चाका प्रशस्त कविता सिर्जना गरी नेपाली साहित्यको श्रीवृद्धिमा उल्लेख्य योगदान पु¥याएका छन् । कविता विधामा कलम चलाउने तेरथुमे साहित्यकारहरू यसप्रकार छन् ः

अनिरुद्ध तिम्सिना (१९९८), अनिरुद्ध तिम्सिना (२०१४), अनिरुद्रमान श्रेष्ठ (२००९), अभागी थेगुवा, अभि सुवेदी (२००२), अमृत बुढाथोकी (२००८), अरूण सुवेदी (२००९), अर्जुन माबुहाङ (२०३२), उद्धव तिम्सिना (१९८४), उमानाथ भट्टराई ‘अचल’ (२००५), ऋभु लुइटेल (२०५३), काजीमान कन्दङ्वा (१९८६), कुलनाथ निङ्लेकु (१९९३), कृष्ण पन्धाक, कृष्ण पारेम्बा (२०३२), कृष्ण ‘बाउसे’ दुलाल (२०१३), केशव आचार्य ‘सेवक’ (२००२), खगेन्द्र पन्धाक (२०३३), खगेन्द्रमणि ढुङ्गेल (१९९९), खगेन्द्र लुइटेल (२०१८), खेमनाथ दाहाल (२००२), गङ्गा ढुङ्गाना (१९७९–२०५६), गङ्गाप्रसाद उप्रेती ‘परिमल’ (२००४), गङ्गाप्रसाद ओडारी (२००५), गङ्गाराम खनाल (२००४), गोपालप्रसाद सङ्ग्रौला (२०१६), गोविन्दप्रसाद सङ्ग्रौला (२०१३), गोविन्दबहादुर लिम्बू (२०२६), चूडामणि गौतम (२०००), चेतन ‘चिन्तित’ भट्टराई, जयप्रसाद उप्रेती (२००८), जानुका निङ्लेकु (२०३६), जिबी सम्बाहाम्फे (२०३४), टङ्क फोम्बो (२०३४), टठबहादुर पन्धाक (२०१३), डि.एम्. कन्दङ्वा (२०१२), डि.बी. चौहान (२०१०), डिल्लीराम चापागाई (२०३२), तुङ्ग एन्. थपलिया (२००९), तोयनाथ भट्टराई (२००८), त्रैलोक्यनाथ भट्टराई (१९८४), दुर्गा दाहाल (२०१४), दुर्गा सुवेदी (२०३०), देवेन्द्र ‘सुर्केली’ (२०३७), निरकुमार तिमुर (२०३२), निलम नेपाली, पदमप्रसाद ढुङ्गाना (१९९२), पुण्य निरौला (१९९१), पुण्यप्रसाद उप्रेती (१९८६), पुण्यप्रसाद सुवेदी (१९९२–२०४२), पुरुषोतम सुवेदी (२०११), प्रतिमा थपलिया (२०३५), प्र≈लाद पोखरेल (२०१४), फुङ्सा पन्धाक (२०३६), फौदहाङ तुम्खेवा (२०३३), बालिका थपलिया (२०३६), मदन चोङ्वाङ (२०३२), मदन मादेम्बा (२०३३), मञ्जु तुम्खेवा (२०३६), मन मारखानी (२०३८), मनोरथ पाध्या दाहाल (१९४२–२००२), ममिता कुरुङ्वाङ (२०३५), मिना सिंगक (२०३३), मोहन सिटौला (२००२), यम फोम्बो (२०३३), लाजेसा याक्थुङ्बा, लीला ढकाल (२०१९), लीला सिंगक (२०३४), विजय सुब्बा (२०१५), विमल सुवेदी (२००६), विमला तुम्खेवा (२०३३), विभु लुइटेल (२०५२), विश्वविमोहन श्रेष्ठ (२०१३), वेणु आचार्य, शङ्कर फोम्बो (२०३६), शिक्षा थपलिया (२०३५), शिवमाया तुम्बाहाम्फे (२०२०), सञ्जय पहाङ्गो, (२०३४), सरिता राई (२०४२), सरोज ओली (१९९८), सरोज लिम्बू (२०३९), सीता मादेम्वा (२०३८), सुकदेव भट्टराई (१९४२), सुनिता आ“सुु (२०३६), सुन्दर पहाङ्गो (२०३९), सुन्दर सुनाइङ, सुष्मा कन्दङ्वा (२०३७), सोमनाथ गौतम (२०२२), सोहन घिमिरे (२०१४), हरिनारायण भट्टराई (२००८), हरिभक्त बुढाथोकी (१९९७), हेमन्त श्रेष्ठ (२०१४) आदि ।

यीमध्ये कतिपय कविहरू फुटकर रूपमा सीमित छन् भने कतिपय कविहरूका पुस्तकाकार कृतिहरू पनि प्रकाशित छन् । यहा“का कविहरूले धेरजसो प्रगीतात्मक ढा“चाका कविता, गीत, मुक्तक आदिको रचना गरेका छन् भने केही मात्रामा आख्यानात्मक कृतिको समेत सिर्जना गरेका छन् । मूलभूत प्रवृत्तिका दृष्टिले हेर्दा यिनीहरूमा स्वच्छन्दतावादी भावधाराका साथै प्रगतिवादी भावधाराको अभिव्यञ्जना पनि पाइन्छ । तेरथुमे कविहरूका यसखाले प्रवृत्तिका कविताहरू छन्दयुक्त र छन्दमुक्त दुवै ढा“चामा संरचित छन् । माथि उल्लेख गरिएका तेरथुमे कविहरूमध्ये केहीले राष्ट्रिय स्तरमै विशिष्ट योगदान पु¥याएका छन् । कविता विधामा कलम चलाएर राष्ट्रियस्तरमा विशिष्ट योगदान पु¥याउने तेरथुमे कविहरूमा प्र≈लाद पोखरेल, मोहन सिटौला, रविमान लम्जेल, विजय सुब्बा, विश्वविमोहन श्रेष्ठ, हरिभक्त बुढाथोकी, हेमन्त श्रेष्ठ आदि उल्लेखनीय छन् ।

(२) कथाकार

तेरथुम जिल्लाका केही कथाकारहरूले कथाको सिर्जना गरी नेपाली साहित्यको श्रीवृद्धिमा उल्लेख्य योगदान पु¥याएका छन् । कथा विधामा कलम चलाउने तेरथुमे साहित्यकारहरू यसप्रकार छन् ः

काजीमान कन्दङ्वा (१९८६), कृष्णप्रसाद थपलिया (२००९), डा. खलु (२०१८), घिसिङ च्याङ्वा, जयप्रसाद उप्रेती (२००८), डिल्लीप्रसाद सिटौला (२००४), तेजप्रसाद सिटौला (१९९२), तेजमान तुम्बाहाम्फे (१९८४), देवीप्रसाद उप्रेती (१९६४), द्रोर्णाचार्य छेत्री (२००२), नरेन्द्रकुमार कार्की (२००३), नरेन्द्र थापा ‘निर्दोषी’ (२०३४), पी. सिटौला (२००२), पुण्य निरौला (१९९१), पुण्यप्रसाद सुवेदी (१९९२–२०४२), बिर्खबहादुर थिङ्लाबू (२००९), भक्तराज कन्दङ्वा (१९९४), मदन चोङ्वाङ (२०३२), महेन्द्र काले (२०२६), वसन्त सिटौला (१९९८), विश्वेश्वरमान श्रेष्ठ (२००६), सरोज ओली (१९९८) आदि ।

कथा विधामा कलम चलाउने तेरथुमे कथाकारहरूमध्ये कतिपय फुटकर रूपमा सीमित छन् भने कतिपयका पुस्तकाकार कृतिहरू पनि प्रकाशित छन् । यिनीहरूले बढी मात्रामा सामाजिक यथार्थवादी कित्ताका कथाको सिर्जना गरेका छन् । कथा विधामा कलम चलाएर राष्ट्रियस्तरमा समेत पहिचान बनाएका तेरथुमे कथाकारहरूमा काजीमान कन्दङ्वा, विश्वेश्वरमान श्रेष्ठ, सरोज ओली आदि पर्छन् ।

(३) उपन्यासकार

तेरथुम जिल्लाका केही उपन्यासकारहरूले उपन्यासको सिर्जना गरी नेपाली साहित्यको श्रीवृद्धिमा उल्लेख्य योगदान पु¥याएका छन् । उपन्यास विधामा कलम चलाउने तेरथुमे साहित्यकारहरू यसप्रकार छन् ः

केसुु ‘विरही’ (२०३८), गुरुप्रसाद गड्तौला (१९९२), जगतमार माइला सुब्बा (२०३७), नरेन्द्र थापा ‘निर्दोषी’ (२०३७), परशु सुवेदी (२०१५), पुण्य निरौला (१९९१), मीला “इक्सा” इङ्नाम (२०४३), राजेन्द्रकुमार सङ्ग्रौला (२०१५), विनोद नेपाल (२०४३), विमल सुवेदी (२०१४), हरिभक्त बुढाथोकी (१९९७) आदि ।

कतिपय तेरथुमे उपन्यासकारहरूले केही उपन्यासहरूको पनि सिर्जना गरेको देखिन्छ । यिनका उपन्यासहरू मूलतः सामाजिक यथार्थवादी प्रवृत्तिका देखिन्छन् । उपन्यास विधामा कलम चलाएर राष्ट्रियस्तरमा विशिष्ट योगदान पु¥याउने तेरथुमे उपन्यासकारमा हरिभक्त बुढाथोकी देखापर्छन् ।

(४) नाटककार

तेरथुम जिल्लाका केही नाटककारहरूले नाटकको सिर्जना गरी नेपाली साहित्यको श्रीवृद्धिमा उल्लेख्य योगदान पु¥याएका छन् । नाटक विधामा कलम चलाउने तेरथुमे साहित्यकारहरू यसप्रकार छन् ः

डा. अभि सुवेदी (२००२), केशव ढुङ्गेल (२०३२), केशव ‘शर्मा’ तिम्सिना, खगेन्द्रराज सिटौला (२०१४), गिरीराज गौतम (१९९३), टीका भण्डारी (२०२८), डि.एम् कन्दङ्वा (२०१२), रोसन सुवेदी (२०२४), वसन्त सिटौला (१९९८), सावित्री श्रेष्ठ (२०१५) हरिभक्त बुढाथोकी (१९९७) आदि ।

तेरथुमे नाटककारहरूले पूर्णाङ्की र एकाङ्की दुवै खाले नाटकको सिर्जना गरेका छन् । यिनीहरूका नाटकमा मूलतः सामाजिक यथार्थवादी प्रवृत्तिका साथै केही मात्रामा प्रयोगशील प्रवृत्ति पनि पाइन्छ । नाटक विधामा कलम चलाएर राष्ट्रियस्तरमा विशिष्ट योगदान पु¥याउने तेरथुमे नाटककारहरूमा डा. अभि सुवेदी, खगेन्द्रराज सिटौला आदि पर्दछन् ।

(५) निबन्धकार

तेरथुम जिल्लाका केही निबन्धकारहरूले निबन्धको सिर्जना गरी नेपाली साहित्यको श्रीवृद्धिमा उल्लेख्य योगदान पु¥याएका छन् । निबन्ध विधामा कलम चलाउने तेरथुमे साहित्यकारहरू यसप्रकार छन् ः

डा. खगेन्द्रप्रसाद लुइटेल (२०१८), गङ्गाप्रसाद उप्रेती ‘परिमल’ (२००४), गिरीराज गौतम (१९९४), मोहन सिटौला (२००२), रविमान लम्जेल (२००८), रामचन्द्र गौतम (२००२) आदि ।

तेरथुमे निबन्धकारहरूमध्ये कतिपय फुटकर रूपमा सीमित छन् भने कतिपयका पुस्तकाकार कृतिहरू प्रकाशित छन् । यिनीहरूले आत्मपरक, वस्तुपरक, हास्यव्यङ्ग्यात्मक एवं यात्रामूलक निबन्धको सिर्जना गरेका छन् । निबन्ध विधामा कलम चलाएर राष्ट्रियस्तरमा विशिष्ट योगदान पु¥याउने तेरथुमे निबन्धकारहरूमा गङ्गप्रसाद उप्रेती, मोहन सिटौला आदि पर्दछन् ।

(६) समालोचक

तेरथुम जिल्लाका विभिन्न समालोचकहरूले समालोचना सिर्जना गरी नेपाली समालोचनाको विकासमा विशिष्ट योगदान पु¥याएका छन् । समालोचना विधामा कलम चलाउने तेरथुमे समालोचकहरू यसप्रकार छन् ः

अनिरुद्ध तिम्सिना (१९९८), डा. अभि सुवेदी (२००२), उमानाथ काले (२०२८), उमानाथ भट्टराई (२००५), डा. खगेन्द्रप्रसाद लुइटेल (२०१८), डा. खेमनाथ दाहाल (२०१८), गङ्गाप्रसाद उप्रेती (२००४), भानुभक्त सिटौला (२००१), मोहन सिटौला (२००२), रविमान लम्जेल (२००८), लीला लुइटेल (२०१९), विजय सुब्बा (२०१५) हेमनाथ पौडेल (२०१७) आदि ।

तेरथुमे समालोचकहरूमध्ये कतिपयका समालोचनात्मक÷समीक्षात्मक रचनाहरू पत्रपत्रिकामै सीमित छन् भने धेरजसोका पुस्तकाकार कृतिहरू प्रकाशित छन् । तेरथुमे समालोचकहरू मूलतः शैलीवैज्ञानिक, संरचनावादी, नारीवादी, प्रगतिवादी, प्रभाववादी, अनुसन्धानमूलक आदि प्रवृत्तिका समालोचनामा केन्द्रित रही तिनले आनो निजी पहिचान बनाएका छन् । समालोचना विधामा कलम चलाएर राष्ट्रियस्तरमा विशिष्ट योगदान पु¥याउने तेरथुमे समालोचकहरूमा डा. अभि सुवेदी, डा. खगेन्द्रप्रसाद लुइटेल, गङ्गाप्रसाद उप्रेती, मोहन सिटौला, रविमान लम्जेल, लीला लुइटेल आदि पर्दछन् । यिनमा पनि डा. अभि सुवेदीले नेपाली समालोचनामा शैलीवैज्ञानिक समालोचना पद्धतिको प्रर्वतन, प्रवर्धन, विकास र विस्तारसमेत गरी नेपाली समालोचनामै विशिष्ट योगदान पु¥याएका छन् भने तथा डा. खगेन्द्रप्रसाद लुइटेलले नेपाली समालोचनामा संरचनावादी समालोचना पद्धतिको प्रर्वतन, प्रवर्धन, विकास र विस्तारसमेत गरी नेपाली समालोचनामै विशिष्ट योगदान पु¥याएका छन् । यसरी नेपाली समालोचनामा दुईखाले भाषावादी–वस्तुवादी समालोचना पद्धतिको प्रर्वतन, प्रवर्धन, विकास र विस्तारसमेत तेरथुमे समालोचकद्वय डा. अभि सुवेदी र डा. खगेन्द्रप्रसाद लुइटेलबाट हुनु तेरथुम जिल्लाको लागि नै गौरवको विषय हो ।

(७) भाषाव्याकरणकार एवं कोशकार

तेरथुम जिल्लाका विभिन्न व्यक्तिहरूले भाषाव्याकरण एवं कोशको निर्माण गरी यस क्षेत्रमा पनि विशिष्ट योगदान पु¥याएका छन् । भाषाव्याकरण र कोशका क्षेत्रमा कलम चलाउने तेरथुमे भाषाविद् एवं कोशकारहरू यसप्रकार छन् ः

काजीमान कन्दङ्वा (१९८६–२०५९), डा. खगेन्द्रप्रसाद लुइटेल (२०१८), चूडामणि गौतम (२०००), डिल्लीराम ढुङ्गेल (२०२९), दुर्गाप्रसाद पोपाहाङ् (१९९२), भगीरथ काले (१९८३), मणिशङ्कर चोङ्वाङ (१९८४), मदन चोङ्वाङ (२०३२), राजकुमार पोयाहाङ्, लक्ष्मी कन्दङ्वा (२००४), लीला लुइटेल (२०१९) सन्तवीर लामा, हेमनाथ पौडेल (२०१७) आदि ।

तेरथुमे भाषाविद्हरूको कलम नेपाली, अङ्ग्रेजी, र लिम्बू भाषामा चलेको देखिन्छ । नेपाली भाषाव्याकरण र कोशमा डा. खगेन्द्रप्रसाद लुइटेल र चूडामणि गौतम तथा लिम्बू भाषाव्याकरणमा काजीमान कन्दङ्वा र मणिशङ्कर चोङ्बाङको योगदान उल्लेखनीय रहेको छ । भाषाव्याकरण र कोशका क्षेत्रमा कलम चलाएर राष्ट्रियस्तरमा विशिष्ट योगदान पु¥याउने तेरथुमे भाषाव्याकरणकार एवं कोशकारहरूमा डा. खगेन्द्रप्रसाद लुइटेल, चूडामणि गौतम आदि उल्लेखनीय छन् ।

(८) पाठ्यपुस्तक लेखक

विभिनन तेरथुमे विद्वान्हरूले प्राथमिक तहदेखि उच्च तहसम्म विभिन्न विषयका प्रशस्त पाठ्यपुस्तकहरू पनि लेखेका छन् । यिनीहरूद्वारा लिखित पाठ्यपुस्तकहरू विभिन्न विश्वविद्यालयका विभिन्न तहहरूमा पढाइ हुन्छन् । विभिन्न विषयका पाठ्पुस्तक लेखकहरूमा डा. अभि सुवेदी, डा. खगेन्द्रप्रसाद लुइटेल, डिल्लीराम ढुङ्गेल, डा. पेशल दाहाल, लीला लुइटेल, सोमनाथ खतिवडा, हेमनाथ पौडेल आदि रहेका छन् । यीमध्ये कतिपयका पुस्तकहरू सम्बद्ध विषयका उच्च तहको पाठ्यक्रममा समेत समाविष्ट छन् । यस्ता विद्वान्हरूमा डा. अभि सुवेदी, डा. खगेन्द्रप्रसाद लुइटेल, डा. पेशल दाहाल, लीला लुइटेल आदि पर्छन् । सम्बद्ध विषयका आधिकारिक पाठ्यपुस्तक लेखकका रूपमा आनो विशिष्ट पहिचान बनाइसकेका तेरथुमे विद्वान्हरूमध्ये अङ्ग्रेजीमा डा. अभि सुवेदी, नेपाली र भाषाविज्ञानमा डा. खगेन्द्रप्रसाद लुइटेल, लीला लुइटेल तथा इतिहास– संस्कृतिमा डा. पेशल दाहाल विशेष उल्लेख्य छन् ।

६. उपसंहार

तेरथुम दुर्गम पहाडी जिल्ला भएकाले बाटोघाटो, यातायात, सञ्चार आदि क्षेत्रको विकासका दृष्टिले पछि परेको देखिए पनि शिक्षा, राजनीति, साहित्य आदिका दृष्टिले यो जिल्ला नेपालका अन्य पहाडी जिल्लाहरूभन्दा निकै अगाडि रहेको छ । नेपाली शिक्षा, राजनीति, साहित्य आदि सबै क्षेत्रमा राष्ट्रिय महŒवका थुपै्र व्यक्तिहरू यस जिल्लाले जन्माउनु जिल्लाकै लागि गौरवपूर्ण विषय हो । शिक्षाका क्षेत्रमा उच्चशिक्षित व्यक्तिहरू प्रशस्तै हुनु, राजनीतिका क्षेत्रमा राष्ट्रिय राजनीतिमै नेतृत्वदायी भूमिका निर्वाह गर्ने व्यक्तिहरू रहनु, साहित्यिक क्षेत्रमा विभिन्न विधामा राष्ट्रियस्तरमै गणनीय योगदान पु¥याउने साहित्यकारहरू रहनु अनि नेपाली समालोचनाका क्षेत्रमा शैलीवैज्ञानिक र संरचनावादीजस्ता भाषावादी–वस्तुवादी समालोचना पद्धतिको प्रर्वतन, प्रवर्धन, विकास र विस्तारसमेत गर्ने व्यक्तिहरू तेरथुमे नै हुनु तेरथुम जिल्लाको विशिष्ट उपलब्धि हो । यी सबै सन्दर्भबाट हेर्दा नेपाली साहित्य र समालोचनाका क्षेत्रमा तेरथुम जिल्लाको योगदान अतुलनीय र विशिष्ट रहेको कुरामा कुनै सन्देह छैन ।

समग्रमा तेरथुममा जन्मीहुर्की नेपाली साहित्यको विभिन्न विधामा राष्ट्रिय स्तरमा स्थापित भई विशिष्टता हासिल गरिसकेका साहित्यकार एवं समालोचकहरूमा डा. अभि सुवेदी, डा. खगेन्द्रप्रसाद लुइटेल, गंगाप्रसाद उप्रती, प्रलाद पोखरेल, मोहन सिटौला, रविमान लम्जेल, लीला लुइटेल, विजय सुब्बा, विश्वविमोहन श्रेष्ठ, हरिभक्त बुढाथोकी, हेमन्त श्रेष्ठ आदि हुन् । यिनीहरूका सिर्जनात्मक कार्य तेरथुम जिल्लाका लागि गर्व गर्न लायकका विषय हुन् ।

(यस आलेखमा भौगोलिक–प्राकृतिक, सामाजिक–सांस्कृतिक, राजनैतिक–प्रशासनिक, शैक्षिक–प्राज्ञिक आदि विभिन्न कोणबाट तेरथुम जिल्लाको सङ्क्षिप्त परिचय दिई त्यहा“को पहिलेदेखि अहिलेसम्मको साहित्यिक गतिविधिमाथि प्रकाश पारिएको छ । आवश्यक सामग्रीको अभाव र आपूm धेरै वर्षदेखि तेरथुमबाट टाढा रहेको परिस्थितिमा यस लेखले अपेक्षित रूपमा पूर्णता प्राप्त गर्न नसकेको हुनसक्छ । यसलाई प्रारम्भिक आधारशीला मानी थप गर्दै पूर्णता दिने काम तपाईं हामी सबै तेरथुमेकै हो । यसमा प्रस्तुत गरिएका तथ्याङ्कहरू अपूर्ण भएको भए वा केही तलमाथि पर्न गएको भए त्यसलाई यो भएन, यो पुगेन आदि भनेर अनावश्यक ढङ्गले नकारात्मक टीकाटिप्पणी गर्नाको सट्टा यो हो र यो थप्नुपर्छ भन्नेजस्ता सकारात्मक दृष्टिकोणका साथ अगि बढेमा तेरथुम जिल्लाको समग्र पहिचान र यस जिल्लाले राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा पु¥याएको योगदानसमेत निरूपण गर्न खासै अप्ठ्यारो हु“दैन । आपूm केही नगर्ने अनि अरूले गरेकोमा खोट देखाउने आम नेपाली प्रवृत्तिबाट हामी तेरथुमेहरू मुक्त भई जिल्लाको समग्र परिचय सबै मिलेर तयार गर्नुपर्छ । यसो गर्नु भनेको हामी जो जहा“ जे जसरी बसेको भए पनि आनो जन्मभूमिप्रतिको श्रद्धाभाव व्यक्त गर्नु भएकाले यस कार्यमा विनापूर्वाग्रह, विनारङ्गरोगन समग्र तेरथुमे विज्ञजन एक हुनु आवश्यक छ । यस आलेखमा भएका कमीकमजोरीलाई सच्याएर अनि विभिन्न पक्षको विस्तृत विवरण थपेर एउटा सिङ्गो पुस्तकाकार कृति नै तयार गर्नेतर्पm अग्रसर भई आनो जन्मभूमिको पहिचान गराउने कार्यमा एकजुट हुनाका लागि म सम्पूर्ण तेरथुमे विज्ञजनमा हार्दिक आग्रह गर्दछु ।)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।