19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल राज अबिरल यात्री October 9, 2011, 7:50 am

सुनाकै हुँ मैले आफ्नो हाल तिमीसँग ।

जानी जानी बुन्या थिईन जाल तिमीसँग ।।

थाहा थियो म दुखको समुन्द्रमा थिएँ।

छोएर त गएकै थियो छाल तिमीसँग ।।

कति सक्छु टालुँ भन्थेँ चुहिएको भाग्य ।

मागेकै थेँ दुई चार वटा साल तिमीसँग ।।

पर्खाएर अन्त लाग्ने नियत थिएन ।

खेल्या थिईन झुक्याउने चाल तिमीसँग ।।

निशाना त्यो सोझ्याउ बरु यै छाती तिर ।

हातैमा रै'छ भरिएको नाल तिमीसँग ।

कन्याम, ईलाम; हाल: क्वालालम्पुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।