17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल उत्सव -३ : एक विवेचना

कृति/समीक्षा सदानन्द अभागी October 9, 2011, 4:07 pm
सदानन्द अभागी
सदानन्द अभागी

परिचय

‘गजलको उत्थान हाम्रो अभियान’ मूल नाराको साथमा गजल सन्ध्या पोखराले गजल उत्सब ३ प्रकाशनमा ल्याएको छ । गजल उत्सवको यो प्रकाशनले, आज गजलमय भएको नेपाली साहित्याकाशमा समकालीन नेपाली गजल सङ्कलन २०६७ले एउटा दरबिलो इटा थपेर नेपाली गजल महललाई उच्चाइमा पु¥याउने प्रयास गरेको छ । गजल उत्सब ३मा मूललेख समकालीन नेपाली गजल,शिव ‘प्रणत’द्वारा लिखित इतिहास र प्रवृति सहित नयाँ पुस्ताका र पुराना पुस्ताका साथै गजल कृति प्रकाशन गरेका गजलकार र गजल कृति प्रकाशन नगरेका तर गजल लेखन थालेका गजलकारहरूको बारेमा प्रकाश पारिएको छ । यस गजल सङ्कलनमा २१४ गजलकारहरूका गजलहरू समावेश गरिएका छन् । यस गजल प्रकाशनले नेपाली गजलका नयाँ र पुराना पुस्ताका गजलकारहरूका व्याक्तिगत विवरण सहित गजल ्रचना क्षमतालाई प्रस्तुत गर्न सफल देखिएको छ ।

समकालीन नेपाली गजल इतिहास र प्रबृति

माथिनै भनिएको छ की ,शिव ‘प्रणत’ले समकालीन नेपाली गजल इतिहास र प्रबृति शीर्षक दिएर हालसम्मको गजलको बारेमा प्रकाश पार्ने कोशिस गर्नु भएको छ । यस शीर्षकलाई पनि पुन विभाजन गरिएको छ र नेपाली गजलले १५० बर्ष लामो अवधी पार गरिसकेको छ । नेपालमा गजल भित्र्याउनेमा मोतीराम भट्ट (१९२३ –१९५३) नैे हुन भन्ने कुरा ठोकुवाको साथमा प्रष्ट्याइएको छ । त्यस पछि गजलको लेखन नेपालमा क्रमिकरूपमा अघि बढ्दै गएको पाइन्छ । कालक्रमिक विभाजनमा नेपाली गजललाई चार चरणमा बिभाजन गीरएको पाइन्छ तर काल क्रमिक विभाजनमा सबै एकमत भने छैनन् । कसैले ज्ञानुवाकर पौडेल भन्दा पूर्ब र उत्तर गरि दुई कालमा बिभाजन गरेको पाइन्छ, । कसैले भीमनिधि तिवारीलाई केन्द्रमानेर पूर्ब र उत्तर गरी दुई कालमा बिभाजन गरेको देखिन्छ । त्रीकालिन बिभाजन गर्नेहरूले मोतीराम देखि भीमनिधि तिवारीसम्म प्राथमिक काल, भीमनिधि देखि ज्ञानुवाकरसम्म माध्यमिक काल र ज्ञानुवाकर पौडेल देखि हाल सम्मलाई आधुनिक काल भनि बिभाजन गरेका छन् । कालक्रमिक विभाजनमा शिवजीले भने विकासकाल (२०५०) पछिको समयलाई ) थपेर चारकालको विभाजन यसरी प्रस्तुत गर्नु भएको छ । उहाँको विभाजन यस प्रकार छ – प्रथम चरण १९४०–२००२सम्मलाई प्रारम्भिक काल, द्वितीय चरण २००२–२०३५सम्मलाई बिलुप्त काल, तृतीय चरण २०३६–२०५०सम्मलाई पुनर्जागरण काल र चतुर्थ चरण २०५१–आजसम्म उर्बरक काल अर्थात विकास काल ) वास्तवमा भन्ने हो भने आजको युग त उत्तरआधुनिक कालको युग हो । न्ोपाली गजलको इतिहासमा, मोतीराम भट्ट देखि आजसम्मका जो जस्ले गजलको कालक्रमिक विभाजन गरे पनि नेपाली गजलको सुरुवात भने १९४०ताका मोतीराम भट्टबाटै थालनी भएको कुरा भने प्राय सबैले स्वीकारेको पाइन्छ । मोतीराम भट्टले गजलको बिकास र विस्तारको लागि मित्रमण्डली खडा गरोका थिए । जसलाई मोतीमण्डली पनि भनिन्छ । मोतीमण्डली बाहेकका तत्कालिन साहित्यकारहरूले पनि गजलप्रति आकर्षण रहेको कुराहरू विभिन्न लेखबाट अध्ययन गर्न पाइन्छ तापनि अरूको गजलमा योगदान त्यति हुन सकेन । त्यतिबेलाका गजलकारहरूले गजल रचना गर्दा बहर र शास्त्रीय छन्दको प्रयोग गरेको देखिन्छ ।

सिकारुकाल( प्रथम चरण)

गजलको प्रथम चरणलाई हामीले सिकारुकालको रूपमा पनि लिन सकिन्छ । यस समयमा गजलकारहरूले बहरको प्रयोग गर्न प्रयासरत थिए । यस समयका गजलकारहरूको बारेमा शिबजीले यसरी प्रष्ट्याउने प्रयास गर्नु भएको छ –“मोतीराम भट्टले “लक्ष्मीदत्त पन्त ‘इन्दु’, गोपी नाथ लोहनी, ‘नाथ’, नरदेव पाण्डे ‘सुधा’, अम्जद हुसैन ‘अन्जान’, रत्नलाल ‘रत्न’,जबज आदि जस्ता सहयोगी समेटेर, ‘सङ्गीत चन्द्रोदय’जस्तो कृति सम्पादन गरे,।” शिवको विवरण अनुसार मोतीराम भट्टले ११शेर सम्मका गजल लेखेका छन् र जम्मा गजल ३३ रहेको छन् । उनले सम्पादन गरेको सङ्गीत चन्द्रोदयमा २७ गजल सङ्कलित भएका छन् । शिव प्रणतले यस समयको गजलमा गायत्मकता, बहर र शास्त्रीय छन्द प्रयोग भएको बर्णन गरेका छन् । प्रथम चरणमा सङ्गीत चन्द्रोदयको साथै भीमनिधि तिवारीका–“मेरी वयासी गजल, १९९४ र बीसगजल मेरी (२००२), उपेन्द्र बहादुर जिगरको एकसय एक गजल (१९९६) प्रकाशनमा आएका थिए ।

गजलको लुप्त काल (द्वुतीय चरण) द्वुतीय चरणलाई गजलको लुप्त काल मानिएको छ किनकि यस समयका गजल लेख्ने काम प्राय लोप जस्तै थियो । शिवजीको लेखबाट के देखिन्छ भने यो समयमा पनि गजलमा कलम चलाएता पनि गजलले प्रकाशन पाएको थिएन । लेखिएका गजलमा भने प्रथमचरण भन्दा परम्परित लेखनशैली र विषय भन्दा फरक र भिन्न छनक दिने खालका लेखिएका छन् । यस समयको गजल लेखन केही परिमार्जित भएको महसुस गरिन्छ ।

तृतीय चरणः– तृतीय चरणमा गजल लेखनले अग्रसरता लिन थाल्यो, । यस समयको प्रयासलाई केलाउने हो भने गजलतिर अग्रसरता देखाउने गजलकारमा ज्ञानुवाकर पौडेलको नाम अग्रणीरूपमा आउँछ भने गजल कृतिप्रकाशनक्रममा भने ललितजन रावल, धर्मोगत शर्मा तुफानहरूले उछिनेको पाइन्छ । यस समयमा लेखिएका गजलहरू श्रृङ्गार भन्दा माथी उठेर गजलले विविधता अपनाउन सफल देखिएको छ । यस समयमा धेरै गजलकारका कृतिहरू प्रकाशनमा आए । शिवजी लेख्नु हुन्छ –“नारी श्रृङ्गार, प्रेम बिरहमामात्र गजलको विषय नभएर देश, समाज, जनता, समानता, स्वाधिनता, स्वतन्त्रता, विकृति विसंगति, मानवीय मूल्यसमेत गजलका विषय बने”। यिनकै कथनानुसार गजलकारहरूलाई यी विषयमा प्रवेश गर्न बाध्यता थियो । हुन पनि मानिसलाई समयले बाध्य पार्दछ । समय परिबर्तनशील छ । समाजमा आउने परिवर्तनले साहित्यमा पनि परिवर्तन ल्याउँछ र ल्याएको पनि छ ।

चतुर्थ चरणः– चतुर्थ चरणमा नेपाली गजलको लेखन धेरै माथी उठ्न सफल देखिएको छ र यसकाललाई गजलको उर्वरक काल पनि भनिन्छ । यसकालका गजलहरू पनि तृतीयचरणका भन्दा अझै अधि बढेर विविधतालाई अपनाएको पाइन्छ । आजको नेपाली गजलले नेपाली साहित्यमा आप्mनो अलग पहिचान गराउन सफल देखिन्छ । आजका नेपाली गजलकारहरूले यस विद्यालाई अत्याधिक महत्व दिएका छन् र गजललाई जनताको जीब्रोको रूपमा उभ्याउन कोसिश गरेका छन् । भन्ने गरिन्छ नेपाली गजल लेखनमा शुनामी नै आएको छ, अथाह सागर बनेको छ, गजल नभयर फजल लेखिएका छन् । सागर भए पछि राम्रै हुन्छ सबै छानिएर नुनिलोपना बढ्छ जो सागरको पानीको असली स्वाद हो । जस्ले जे भने पनि जगल लेखनमा तीब्रता अवश्य आएको छ । यो तीब्रतालाई अझै गति प्रदान गर्नु आजका गजलकारको दायित्व हो । हुन पनि आजको नेपाली गजल लेखन नेपालमा मात्र सिमित छैन, गजल लेखनले अन्तराष्ट्रियस्तरसम्म नेपालीको फैलावट जहाँ पुगेको छ त्यहाँसम्म गजल लेखन र गजल अध्ययन गर्ने काममा व्यापकता आएको छ । नेपाल भित्र गजलको विस्तारको लागि विभिन्न संस्थाहरू खोलेर एकल र संयुक्त गजलसङ्ग्रहरू प्रकाशन भैरहेका छन् । एफ एम हरूले गजललाई महत्व दिएर प्रशारण गरेकाछन् । जसको फलस्वरूप गजको प्रगति दिन प्रतिदिन बढ्दो क्रममा छ । जति गजल लेखन र प्रकाशन बढ्दो क्रममा छ त्यति नेपाली साहित्यमा समालोचनाको कमि भने टड्कारो रूपमा देखा परेको छ ा गजलमा पनि विवेचनाको कमी छ भन्दा अतियुक्ति नहोला । यस समयका गजलकार र उनका कृतिहरू समावेश गर्न यो सानो लेखमा सम्भव भएन तर गजल उत्सवमा सहभागी भएका गजलकार र तिनका गजल कृतिहरू समाबेश भने तल गरिएको छ ? यहाँ म भने मूल लेखलाई नै संछिप्तिकरणमा नै गइ रहेको छु ।

समकालीन नेपाली गजलको पाठकीय प्रवृत्ति

शिवजीले कालक्रमिक बिभजन पछि समकालीन नेपाली गजलको पाठकीय प्रबृतिमा प्रकाश पार्नु भएको छ । बास्तवमा आज नेपाली गजलको प्रकाशनक्रम र गजललाई विस्तार गर्ने क्रम जुनरूपमा अघि बढेको छ त्यसको गणना त्यति सजिलो छैन । जीवन र जगतलाई गजलले पक्ष्याएको छ र नेपाली साहित्यमा गजल स्थापितभै सकेकोछ । बास्तबमा पाठकीय सिधान्त भनेको पाठकीय सचेतताको प्रबृत्ति हो भन्ने शिवजीको भनाइ छ । प्रबृत्तिलाई उपशीर्षक क) परिचर्चा दिएर शिबजी लेख्नु हुन्छ – “यही पुनर्जागरण्कको प्रारम्भ देखि गजलको आन्तरिक बस्तु र बाह्य स्वरूपमा पनि परिवर्तन देखा पर्न थाल्यो ।” ख) समकालीन नेपाली गजलको पाठकीय प्रबृतिमा शिवजी लेख्नु हुन्छ –“पाठकीय सिधान्त भनेको पाठकीय सचेतताको प्रबृति हो ।.भावक या पाठकले जे देख्छ त्यो नै पाठकीय अभिमतको सर्बोसर्बा हो । पाठक अर्काको सिंढी चढेर अर्थको ज्ञान गर्न चाँहादैन । पाठक आँफैमा अर्थबेत्ता बस्तु हो । पाठकीय प्रवृतिका आधारमा नेपाली गजललाई शिवजीले चार किसिमले बर्गीकरण गर्नु भएको छ । १) संरचनागत, २) विषयबस्तुगत, ३) अर्थगत र ४) शैली शिल्पगत ।” माथी भनिएको पाठकीय प्रबृति सम्बन्धमा मेरो बिचारमा बास्तवमा लेखकको अर्थक्षेत्र र कार्यक्षेत्र लेखनसम्म हो । प्रकाशन पछि सबै अधिकार पाठकमा पुग्छ, पाठकले जस्तो बुभ्mछ त्यस्तै अथ्र्याउँछ ।

गजलको संरचनागत प्रबृति – यस संरचनागत प्रबृतिमा हामीले गजलको बनोट कसरी भएको छ । त्यस सम्बन्धमा जानकारी हुन आवश्यक हुन्छ । नेपाली गजलकको संरचना उर्दुका बहरमा या शास्त्रीय छन्दमा लेख्ने गरिन्छ तापनि बहरमुक्त गजलहरू प्नि धेरै लेखिएको पाइन्छ । केही गजलकारको भनाइ के छ भने बहरयुक्त नभै बहरमुक्त गजलको अर्कै स्वाद हुन्छ । जुन स्वाद बहरयुक्तमा हुँदैन तर बहरयुक्त र बहरमुक्त गजल लेखनमा भिन्नता अवश्य छ । गजलकारको प्रस्तुतिकरणले पनि केही हदसम्म फरक पार्दछ जस्तो मलाई लाग्छ । त्यसो हुँदा गजल लेखनलाई तीब्रता दिनै पर्छ र संरचनालाई पनि बचाउनै पर्छ भन्ने मेरो धारणा हो । गजललाई लयात्मक, गायत्मक विद्याको रूपमा लिइन्छ । गजलका प्रत्येक हरफलाई मिसरा भन्ने चलन छ । प्रथम (हरफलाई) मिसरालाई मिसरा ए–उल्ला को नामले बोलाइन्छ भने ,दोस्रो (हरफ)मिसरालाई मिसरा ए–सानी भनिन्छ । यी दुई मिसरा मिलेर एउटा शेरको निर्माण हुन्छ । गजलको पहिलो शेरलाई( (पहिला दुई पंक्तिलाई) मतला भनिन्छ भने अम्तिम शेर(अन्तिम दुई पंक्ति) लाई मकता भनिन्छ । मकतामा गजलकारले आप्mनो नाम जोड्न सक्छ । यसरी नाम जोडेको खण्डमा मक्तालाई तखल्लुस भन्ने गरिन्छ । गजलमा रफिद र काफियाको पनि त्यत्तिकै महन्व हुन्छ । रफिद भन्दा प्रत्येक शेरको अन्तिममा आउने शब्द हो भने काफिया भन्दा रफिद भन्दा पहिला आउने समान स्वरबर्णको अनुताति शब्द हो । गजल लेखनमा रफिद बिना पनि गजल लेखन गर्न सकिन्छ । गजलको वाह्य संरचना उपरोक्त शेर, मिसरा, तखल्लु, मकता काफियाबाट भएको पाइन्छ । शिव ‘प्रणत’ले यस सम्बन्धमा प्रष्टपार्ने कोसिस गर्नु भएको छ । उहाँ लेख्नु हुन्छ –“यसरी बाह्य संरचनाले निश्चित तत्वहरूबाट संरचित गजलमा अन्य विधामा जस्तै आन्तरिक तत्वहरू प्नि रहेका हुन्छन् । कृति भित्रको भाव पूर्णता, अभिव्याक्ति कौशलता, विषयबस्तुको खँदिलो पन, बिम्ब, प्रतिकको प्रयोग, लय, यति, सरलता, भावहरू बीचको तालमेल आदि जस्ता कुराहरू आन्तरिक तत्वका रूपमा रहेका हुन्छन् ।” नेपाली गजलले जति जति ख्याति प्राप्त गर्दै गएको छ त्यति त्यति विविधता अङ्गाल्दै गएको पाइन्छ । आजको गजल प्रणयमा सीमित छैन ।

विषयगत प्रवृति– यस प्रवृतिमा पनि शिव ‘प्रणत’ले पे्रमप्रणय, राजनीतिक भ्रष्टीकरण, सामाजिक विकृति, युगिन यथार्थ, समाजिक असमानता, निराशा, आर्थिक असमनता, संस्कृति मानवतामा उदाहरण सहित यसलाई प्रष्ट्याउने प्रयाश गर्नु भएकोछ ।

अर्थगत प्रबृति– यसमा शिव ‘प्रणत’ले भन्नु हुन्छ–“अर्थ भनेको सम्बन्धित विषयले उपयोग गरेका आशय हो ।” यस अर्थमा हेर्दा आजका गजलले व्यापक क्षेत्रलाई ओगटेको छ जस्तै प्रेम, राष्ट्रियता, युगिन यथार्थता, जीवनवादिता, राजनीतिक भ्रष्टचार, स्वतन्त्रता, पलायन, व्यङ्ंग्यार्थ, प्रबृति, बिद्रोह, सामाजिक जनजीवन,आदि ।

शैलीगत प्रबृति– यसमा पनि शिव ‘प्रणत’ले गजलकारको कस्तो किसिमले तथा कस्तो प्रकारले गजललाई अभिव्याक्त गरेको छ र शैली भनेको भाषामा व्याक्त कला, सौन्दर्य पनि हो भनेका छन् । वास्तवमा शैली भनेको एक किसिमको प्रस्तुतीकरण या व्याक्तता हो । उनले शैलीलाई पनि बर्गिकरण गरेका छन्–“अलङ्कारिक, स्वभाविक, व्याख्यात्मक, प्रतीकात्मक, सूचनात्मक, भावपूर्ण, प्रभावकारी, हास्यव्यंङ्गात्मक, सरल, प्रौढ, चेतनाप्रवाह शैली । हरेक शैलीको व्याख्यागर्दै उदाहरण सहित गजलहरूलाई शैलीगत प्रबृतिमा प्रष्ट्याउने काशिस गर्नु भएको छ । मूल लेखमा शिव ‘प्रणत’ले निष्कर्ष कथनमा पुराना र नयाँ पुस्तामा कतिपय कुराहरमा समिकरण हुन नसकेको कुरा स्वीकार्दै एउटा महत्वपूर्ण विश्लेशणात्मक लेख प्रस्तुत गर्नु भएको छ र यस लेखले गजल लेखन र गजलका विद्यार्थीलाई राम्रो मार्गदर्शन प्रदान गरेको छ भन्ने कुरा यस पंक्तिकारलाई लागेको छ ।

गजल उत्सबमा सहभागी गजल कृति प्रकाशन गरेका गजलकार र तिनका गजल कृतिहरू

अव गजल उत्सबमा सहभागी गजल कृति प्रकाशन गरेका गजलकार र गजल कृतिको नामलाई यहाँ उतार्ने अनुमति चाहान्छु । गजल उत्सवलाई सरसरती अध्ययन गर्दा अथाह सागर तीर्थमानको बर्तमान बिउँझदा, अनुराग अधिकारीको ‘अनुराग’र आदि, अर्जुन पौडेल वाई. बी. आरको मौनताका ती आवाजहरू, कविता, भावना, गजलसङ्ग्रह, अल्पविरामको क्रान्तिकारी हिउँदका पूmलहरू, टुकीको उज्वालो र ईश्वर छन् ÷ईश्वरछैनन् (कृतिहरू प्रकाशन भै सकेका छन् तर विद्या खुलेका छैन), आर आर चौलागाईको विघटनको तयारीमा कथा सहित १० कृतिहरू, आर.के. अदिप्त गिरीको नगरा घम्कनछन आद्,ि आसु श्रेष्ठको उद्वेलित मनहरू, इन्द्रकुमार विकल्पको लालिगुँरास फुल्ने मन, सम्झनाका डोबहरू,मनका खुसीहरू,दुई आत्माको मिलन, सर्बदलीय घर, वैंसका रहरहरू आदि, ईश्वरमणि अधिकारीको हृदयको अलापसहित ३ कृति, ओमप्रसाद घायलको कुरुक्षेत्रको पर्खालभित्र, शोक धूनको बाँकी अंश,(विद्या नखुलेको), कमल पौडेल ‘अथक’को गजेको भोटो र प्रेमको मधुशाला आदि, कृष्ण उदासीको नयन तालैमा, कृष्ण पहारीको बारुदका धुवाँहरू, केशबराज आमोदीको जल तरङ्ग गजल दिपिकाको साथै अरू कृतिहरू प्रकाशन, खगेन्द्र गिरी ‘कोपिला’को डुबे पनि डुब्दैन घाम, राग–बसुन्धरा र अन्य प्रकशनहरू, गणेश जिगमको साम्राज्य आँखै आँखाहरू बाँच्न चाहानेहरू, दुई कृति प्रकाशन भएका तर विद्या नखुलेको, घनश्याम परिश्रमीको यो मौसम, घामको छाहारिमा, जूनुमामा, जून चुहेको रात, राम्रा चाचा, मीठा पापा, गजल सौन्दर्य मीमांस, गजल भूमिकावली आदि, चङ्की श्रेष्ठ ‘अभय’को फल बिनाको शाखा, ज्योती जङ्गलको अक्षरमा तिमी, जनार्दन दाहालको मधुरिमा र उद्वेलित मनहरू, डि आर शर्माको पहाडको झर्ना, दिपक समीको भूगोल भित्र नकोरिएको देश, धीरेन्द्र प्रेमर्षीको समयलाई सलाम, ध्रुब मधिकर्मी, पीडाको जङ्गल, निरज भट्टराईको मेरो भन्नु केही छैन, नुमराज बरालको अर्वाली वन पूmल, भ्रूणहत्या, यस्तो लाग्छ, माटो र पसिना, हिमश्रृङ्खला प्रकाशन भएका तर विद्या नखुलेका कृतिहरू, पुष्प अधिकारी ‘अञ्जली’को मन भित्रको मन, एक अञ्जुली घाम, स्वप्नील नयन, जून पूmलेको बस्ती, प्रकट पंगेनीको प्रणय वेदका रिचाहरू, प्रकाश सायमीका थुप्रै कृतिहरू तर विद्या नखुलेका, बाबुत्रिपाठीको बा, बूँद रानाको रातो मलाई प्यारो, पुष्टकारी, अब किन मान्थिन्, खै गुजी बन्दै छ जिन्दगी आदि, मन क्षेत्री निशब्द हस्ताक्षरका,े जनयुद्ध जारी छ, रमेश श्रेष्ठका नपोतिएका रङ्गहरू चराहरूको पहाड, आमा नदीहरू, रोदी रोएको देशमा,अक्षरको खेत भन्ने कृतिहरू प्रकाशन विद्या नखुलेको, रावतको यस्तो बेलामा,र एकसय एक रहरहरू संयुक्त गजलसङ्ग्रह, रुद्रज्ञावलीको सपना फुल्ने रातहरू, लक्ष्मण थापा मूच्र्छना र पलापला, लेखनाथ काप्mलेका वियाड, सपना, अचार, संघर्ष प्रकाशन तर विद्या नखुलेका, विजयराज ज्ञावलीको जिन्दगीका बिम्बहरू, वियोगी बुढाथोकीको आफन्तका चोटहरू र गजल तिम्रो नाम होइन, विवेकको नदेखिने यौटा दृश्य आदि, शान्तिनारायण श्रेष्ठको स्पन्दन, अनुभूतिको साथै अरू १२ कृतिहरू प्रकाशन, शिव प्रणतको गजलकाव्य शिवराज रेग्मीको मनका तरङहरू, श्रेष्ठ प्रिया पत्थरको आसुको सौगात सहित एकदर्जन कृति प्रकाशित, सदानन्द अभागीको समभोग समाधि, गजल गुटिका, बुढौतिका रहरहरू र अभागकिा गजलहरू ४ गजलसङ्ग्रह समेत २० वटा कृतिहरू प्रकाशन, सरुझक्त साइवर क्याफेमा एक दिन सहित ३५ कृतिहरू प्रकाशन, सुमित गिरी ‘स्मित’को मध्य पश्चिमकै पहिलो नारी एकल गजलसङ्ग्रह स्मित, सूर्यप्रकाश मल्ल ‘सुवास’ को बाँच्नेका पीडाहरू हेमन्ती जोशीको मनहरू जित्न सकेजस्ता गजलकार हरूका गजल कृतिहरू प्रकाशन गरेका गजलकारहरूका गजललाई गजल उत्सबले समेट्न सकेको छ ।

संयुक्त गजलकृति प्रकाशन तथा अरू विद्याका कृतिहरू प्रकाशन गरेका कृतिकारहरूः– यसमा अल्पबिरामका क्रान्तिकारी हिउँका फूलहरू, टुकीको उज्यालो, ईश्वर छन् ÷ ईश्वर छैनन्, असफल गौतमको उपन्यास, आकाश अधिकारीको गीतसङ्ग्रह, आनन्द घिमिरेको संयुक्त कविता सङ्ग्रह र उपन्यास, आनन्दविषम, आर आर चौलागाइका १० वटा कृतिहरू ओमप्रसाद घायलका दुई कृतिहरू, गण्डकीपुत्रको कवितासङ्ग्रह, गोविन्द बहादुरका कविता र बालगीतसङ्ग्रह, चन्द्रमोहन अधिकारीको गीति एल्बम, चिन्तु गिरीका ३ कवितासङ्ग्रह, तीर्थ श्रेष्ठको मुक्तकसङ्ग्रह, तुलसी पाठकको नाटकसङ्ग्रह, दिलिप दोषीको मुक्तकसङ्ग्रहको साथै संयुक्त गजलसङ्गह्र, दुर्गाबहादुर शाह ‘बाबा’को ३ वटा कृतिको साथै थुप्रै सम्मानहरू, देवी त्रिपाठीको कवितासङ्ग्रह, निष्प्रभ सजीको कवितासङ्ग्रह, प्रतिभा शर्माको दुई कृतिहरू, बादल घिमिरे ‘सुरेन्द्र’ राष्ट्रिय संयुक्त गजल सङ्ग्रहको साथै गजल सागरको सम्पादक, बिर्खे अन्जानको संयुक्त गजल र संयुक्त कविता सङ्ग्रह,को साथै थुप्रै पुरस्कारहरू, भरत विवश पौडेलको विविध सङ्ग्रह, भीम रानाभाट २ कृति प्रकाशन, मधु पोख्रेलको तुवाँलो लागेको क्षितिजबाट, पुष्पाञ्जलि आदि, मनोज न्यौपानेका दुई कृतिहरू मिलन समीरको गजल बिम्ब, गजल यात्रा, बाल कविता सङ्ग्रह आदि, रमेशपन्त ‘मिनबन्धु’को सहयात्रा १ संयुक्त यात्रा, राजकुमार के.सी.को गजलबिम्ब, (संयुक्त) ,राजेन्द्र चापागाई ‘ आहात’को त्जभ ऋयििभनभ, आवरण, निबन्धसङ्ग्रह, रामचन्द्र अधिकारीको संगम गीतसङ्ग्रह, रुद्र ‘सन्देश’को मगर भाषाको कवितासङ्ग्रह र गीत गजल, लक्ष्मण तिमिल्सिनाको बाल साहित्य र बाल लेखसङ्ग्रह, बसन्त सायरको गजल गंगा संयुक्त, विवश थापा ‘आँसु’को विवशताका आँसु मुक्तकसङ्ग्रह, विश्वराज रसायलीको शुभ विवाह मुक्तक सङ्ग्रहको साथै थुप्रै संस्थाबाट पुरस्कृत, शंकर गिरीको संयुक्त गजलसङ्ग्रह, शिव पलाँस गीति एल्बम, सप्तक आकर्षण, तिमी आदि, स्वप्नील नीरवको सुप्रिया गजल दीप र गजल यात्रा, सफल घिमिरेको ह्यामलेट, ओमेलो अनुवाद, सविना सुनामको गीति एल्बम्, सरस्वती प्रतीक्षाको यद्यपि प्रश्नहरू,र कठघरा कवितासङ्ग्रह, सरस्वती श्रेष्ठ ‘सरु’को नेपाली गजल नारी हस्ताक्षर(संयुक्त) थुँगा थुँगा जिन्दगानी गीत सञ्चयन, साधना प्रतिक्षाको रगतका दुई रंंग र अतृप्त आकाश कथासङ्ग्रह, सुधा अर्यालको गण्डकी साहित्य पियुस, गजलयात्रा भाग–२ (दुबै संयुकत), सुमन श्रापितको विछोडको वेदना, पूर्णिमाको रात लोकदोहोरी, सोमनाथ लम्सालको नीति कथा सँगालो, हरिहर ‘सविता’को ’कालरात्री (कथासङ्ग्रह), मणि र जानुका शोककाव्य साथै पुष्पपत्र महाकाव्य, हेम बाबु लेखकको मलाई पनि उस्तै उस्तै, तश्नगी गजल, सुदुर्पश्चिममा लोकतान्त्रिक आन्दोलन र २०६२÷२०६३को ऐतिहासिक जनक्रान्ति, सुदुर पश्चिमको गजलयात्रा र गजलयात्रीहरू, अति क्रमित भूमि र मलाई दुखेको कालापानी, हेमा कार्कीको गजल यात्रा र ई समकालीन नेपाली गजल(संयुक्त गजलसङ्ग्रह), आदि गजलहरुलाई समेटेको देखिन्छ ।

कृति प्रकाशन नभएका तर अन्य विद्याका कलमयात्रीहरूका गजलहरू– यस किताबमा समावेश गरिएका व्याक्तिगत विवरणलाई हेर्दा गजलकारहरू जस्का कृति प्रकाशन भएका छैनन् तर गजल लेखनमा पुरस्कार हात पार्न सफल देखिन्छन् तिनिहरूको नामावली पनि यसप्रकार देखिन्छ – अर्जुन अधिकारी, अल्पज्ञानी, एकदत्त लम्साल, कपिल शर्मा ‘सञ्जोग’, एम. पी. आस्था, कपिल अन्जान, कृतिम श्याङ्जाली, गोपाल खनाल, जमुना आर.सी. तारा काप्mले, पवित्रा भण्डारी, प्रकाश ज्ञावली, डम्वर वि.सि. रामेश्वरी पन्त, रुपिन्द्र प्रभावी ‘कटु’(यस गजल उत्सवका सम्पादक र थुप्रै पुरस्कार विजेता), लक्ष्मी थापा, लक्ष्मी पौडेल, वसन्त विवस आचार्य, विकास ढकाल, विपिन मर्म, वलराम पूर्णविराम, विर्सना, रबिन्द्रराज पौडेल, राजिब पनेरु, राजेन्द्र पहाडी (यो पंक्तिकारले जाने अनुसार महिला विरुद्ध हिंसा–एक विवेचना,२०६६, समाजिक सर्बेक्षणका आधारभूत तरिकाहरू,–२०६७, पर्वत साहित्य सङ्गमः संक्षिप्त सिंहावलोकन २०६७, शान्ति नारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन कृतिहरू प्रकाशन भैसकेका र सगुनको प्रधान सम्पादक र अरू पत्रिकाहरूको सम्पादक आदि) गजलको विस्तारमा लागेका गजलकारहरूलाई यसले समावेश गरको छ ।

धेरै नवगजलकारहरू जो पुरस्कार प्राप्त नगरेका र कृति प्रकाशन भएका छैनन्, गजल लेखन र साहित्यिक संस्थाहरूमा आबद्ध देखिन्छन् (लाई गजल उत्सवमा समावेश गरिएका सबै गजलकारहरू सबैलाई समेट्न नसकेकोमा र सबैका सबै व्याक्तिगत विवरणहरू समेत यो सानो लेखमा समावेश गर्न नसकेकोमा क्षमा चाहान्छु), र तिनका गजलहरू अनुकरणीय छन्, सबै गजलकारहरू कुनै न कुनै साहित्यिक संस्था, सम्पादन कार्य तथा पत्रकार र रेडियो कर्मी भै काम गरको यथार्थता गजल उत्सवमा समावेस गरिएको व्याक्तिगत विवरणले प्रष्ट्याएको छ । पश्चिम बैतडी देखि पूर्ब इलामसमेत गरी करिब ३४ जिल्लाका गजलकारहरू यसमा समावेस भएका छन् । गजलहरू धेरै जिल्लाबाट संकलित भएकाले यी गजलहरूमा भाषागत, विषयगत,विविधताहरू पाइन्छन् । गजलहरू वजनदारको साथै आजको सामाजिक परिवेश देशले भोगेको द्वन्द्व, प्राकृतिक सौन्दर्य आदि व्यवहारिक पक्षलाई समेट्न सफल देखिन्छन् । तथा स्थान पूर्बप्रज्ञा देखि लिएर बर्तमान प्रज्ञा समेतको सहभागिता यस गजल उत्सबमा देखिन्छ । सुगन्ध त पूmलमा मात्र हुन्छ सुनमा हुँदैन तर उखानमा भनिने गरिन्छकी सुनमा सुगन्ध भए कस्तो हुँदो हो ? सबै सबै चिजमा पूर्णता कहीं पनि हुँदैन, यस समकालीन नेपाली गजलसङ्कलनमा पनि व्याक्तिगत विवरणले कृतिहरूको विद्या खुल्न सकेको छैन । गजल सन्ध्या पोखराले गजल उत्सवमा नयाँ, पुराना, कृतिवाला र कृति प्रकाशक्रममा रहेका विविधखाले लेखकहरूलाई समाबेस गरी सुन्दर, प्रतिनिधि मूलक, सौलो गजल इतिहासलाई प्रष्टिने गरी प्रकाशनमा ल्याएकोमा सम्पादक रुपिन्द्र प्रभावी ‘कटु’सह सम्पादक प्रकाश ज्ञावली, फडिन्द्र अकिञ्चन व्यवस्थापक मित्रहरू, सम्पूर्ण गजल सन्ध्या, पोखराका बर्तमान पदाधिकारीहरू धन्यवादका पात्र हुनुहुन्छ । आशा छ भविष्यमा यस्तो गहन काममा गजल सन्ध्या पोखराले ७५ बटै जिल्लाका गजलकारहरूलाई समावेश गर्ने छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।