17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल आचार्य प्रभा October 9, 2011, 4:27 pm

दशैंको त्यो रम्झमलाई मनमा लिई हाँस्दैछु म

परदेशमा भए पनि अतितको याद साँच्दैछु म ।

फुले होलान् सयपत्री आँगनमा मुस्काउँदै

यता भने काँडाघारी मनमा पाली बाँच्दैछु म ।

घर आँगन सिगार्न सबै उता ब्यस्त होलान्

यहाँ भने झल्झल्कोको दागसम्म माँस्दैछु म ।

गाउँघरमा च्याब्रुङ्,मादल घन्किएर बज्दैछन् रे

बिदेशमा बिलापको गीत कथी नाँच्दैछु म ।

निधारमा आशिषको टिका सबले टाँस्दै होलान्

प्रवासमा आसुँ झार्दै झुटो आशिष टाँस्दैछु म ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।