रातो टीका निधारमा कान माथि जमरा
कत्ति खुशी यो दशैमा फूल अनि भमरा
लहलह झुलेका छन् धान बाला खेतमा
बगैँचामा फले धेरै स्याऊ अम्बा अमला
कति मीठो सुवास छ मगमग बासना
सयपत्री फक्रे पछि दंगै पर्छ गमला
खुशीयाली चारैतिर दंग छन् है किसान
दु:ख विराम जस्तै हो हुन्न कतै हमला
आनन्दको वर्षा हुन्छ सबै घर घरमा
ऋणै काढे पनि खुशी साहु भन्दा कमरा
बिछोडको अन्त्य हुन्छ परिवार जनमा
भेटघाट गरी बाँड्छन् प्रेममयी मसला
काठमाडौं