17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल विद्याप्रसाद घिमिरे October 13, 2011, 5:42 am

म आउँछु प्रिये ! परेलीभित्र मलाई राख्नु है !

आँगनी छेउ जुही–चमेली लगाई राख्नु है !

साँझमा आए चन्द्र उदाउला मुहार सजाउला

रात प¥यो भने एउटा दियो जलाई राख्नु है !

तिम्रो मनकारी जून–तारा झारी फर्केर आउँदैछ

ऊ आउने बाटो इन्द्रेणी रङ्ग सजाई राख्नु है !

जसले हिजो मनभरि चोट दिएर गएथ्यो

भन्दैछ आज—‘ती घाउहरू लुकाई राख्नु है !’

बितेका दिन सम्झेर मान्छे रोइबस्नु हुन्न रे !

त्यसैले भन्छु त्यो रूने मन बुझाई राख्नु है !

सुखमा हाँस्न, दुःखमा रून आँसु नै चाहिन्छ

दुई–चार थोपा परेलीभित्रै बचाई राख्नु है !

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।