19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

युद्ध-बिम्ब

कविता सुधीर छेत्री October 14, 2011, 7:34 am

1.भागका सिताहरू टिो निहुँमा कागले

बिहानलाई दोहोर्‍याएर

मेरो बलेंसीमा ल्याउँछ सधैं।

2.यो साताभित्र

मेरो आँगनछेउ

रूखको कठीन प्रसवपीडापछि

ससाना कलिला बालिका बनेर हॉंगाका चेप अनि

पाखुराहरू चिरी

केही कोमल पातहरू उम्रेछन्।

आर्य अनुहारभरि दोस्रो विश्वयुद्धका

ताछिएका दागहरू भरेर

कुनै पनि समय अज्ञान दिशातिरबाट

मेरै मुटु ताकेर फ्यॉंकिने

बुलेट पर्खेर उभिरहेछु।

3.बुद्धको निर्वाण

गॉंधीको सत्याग्रह

जिजसको क्षमा अनि

मार्क्सका द्वन्द्वहरू ओडेर सुतेको मेरो ज्ञान

वात्स्यायनको कामासूत्रीय हल्लाले ब्युँझन्छ।

आगो बालेर रातभरि यो गाउँमा

डायोनिसस नॉंच्छ अनि

अपोलोका शिशुहरू पढ्न नपाएर

परिक्षामा सँधै गुल्टिन्छन्।

4.सञ्जयले युद्धको विवृति दिँदा

छछल्किएर पोखिन्छन् बिम्बहरू

धृतराष्ट्रका आँखाहरूबाट।

समयको उखुलाई चपाउँदा

उमेरका रसहरू ओंठभरि, च्यापूभरि

खेरो जॉंदैछ।

5.बगदादको धुँवाले भरिएको आकाशमा

गुड्डड्डड्डी उडाउँदै

शान्ति र क्रान्ति दुवै

अर्को कुरूक्षेत्रको जोक्स भन्दै

हॉंसिबस्छ। हॉंसिबस्छ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।