19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल आनन्द अधिकारी October 16, 2011, 8:26 am

भत्किदा–भत्किदै मैदान भएछु

म त तिम्रो प्रेमको बयान भएछु ।

आँशुले भिजेका परेली उघार्छु

आफ्नै आँगनमा चिहान भएछु ।

नदेखे तिमीलाई पनि रुन्छ मन

पागल–पागल समान भएछु ।

उडेर जाउँ म कहाँ–कहाँसम्म

आँधी बेहरी र तुफान भएछु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।