डाँडा कति यता तरें गाउँ छोडिराखेँ
चिट्ठी लेखेँ, खाममा तिम्रो नाउँ छोडिराखेँ ।।
सम्झनु र बिर्सनु त तिम्रै खुशी अब
जे भए'नी सम्झनालाई ठाऊँ छोडिराखेँ ।।
त्यति बिधी लोभि छैन, फेरि-फेरि लिन आउँला
दुख्नु केही संगै लगेँ घाऊ छोडिराखेँ ।।
चाख्नु अनि मलाई त्यसको भेउ बताउनु
नानी तिम्लाइ जिन्दगी त्यो च्याउ छोडिराखेँ ।।
त्यसै- कसै छेउ लाग्ने सुर कस्यो मनले
नखोज्नु है त्यहाँ त मैले लेउ छोडिराखेँ ।।
डाँडा काटी हिंडे पनि मन नकाटे 'सन्जु'
उसकै गजलभित्र आफ्नो नाउँ छोडिराखेँ ।।
सिटोङ -१, दार्जीलिङ,भारत