18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत डा.रुपक श्रेष्ठ October 16, 2011, 4:35 pm

मैले छुँदा मात्र हो कि यस्तै तिम्रो बानी

जहाँ छोए नि पानी पानी लजमती रानी ।

आँखैमा राख्दा नि मायाले ढाक्दा नि

छोएर शिरैमा देउराली भाक्दा नि

हेर्छु भन्छ्यौ मेरै बाटो आँखा तानी तानी

जहाँ छोए नि पानी पानी लजमती रानी ।

कोमल कोमल फूल चुम्दा ख्यालख्यालैमा

आँखा चिम्ल्यौ भुतुक्क भै चालचालैमा

माफ गर है गल्ती भए जानी नजानी

जहाँ छोए नि पानी पानी लजमती रानी ।

लन्डन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।