बिहानीले
पूर्ण रुपमा आफ्ना पाइला हरु
सुटुक्क टेक्नै नपाई
एका एक गाऊ बाटै
दर्जनका दर्जन युवा जोसहरु
दिनानु दिन अपहरित हुन्छन
एउटा भयानक
बाध्यत्मक पन्जा बाट ..
आफन्त संगको छुटिनुको
तिखो काडा हरु रोपेर मुटु भोरी भोरी
सपनाका अदृस्य
फूलहरु
पहाडहरु
संसारहरु
बोकेर रित्तो झोला भरि भोरी
उनीहरु बढी रहन्छन
चडी रहन्छन
झरी रहन्छन
उकालै -उकालो
तेर्साई- तेर्सो
ओरालै- ओरालो
त्यति नै बेला
बृद मेरी आमा
बाकी रहेको अलि कति
आयुको प्रतिक
थोत्रो चेहेरा सुम्सुम्यौदै
थोपा थोपा आसुका बाछिटाहरुले
मेरो बिदाइका मार्मिक साइरन
बजाई रहेकी छिन एक तमास
यसबेला अनर्थको बिभिसिका बजाउदै
बीच बाटोमा बाटो कति रहेका
कालो बिरालोको मोर्चालाई थिचोलेर
अगाडी बढौ या नबढौ
मेरा सम्पूर्ण अंग अंगहरु
बिल्कुल निस्काय भई रहेका छन्