19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

शासन र भ्रान्ति

कविता बिनम रनपहेँली October 19, 2011, 9:01 am

भोकाएका

अलेकज्याण्डरहरूको आवाज

गुञ्जिन्दैन आजकल,

त्यो बन्द कोठाभित्र

यस बन्द कोठाभित्र के छैन र?

डल्लो परेर बसेको...एक मुट्ठी शब्दहरु ....र

च्यातिएको अर्जी पत्र...सप्पै छ यहाँ।

ढोका भत्काउन समयले...

चम्काएर पठाएको खोलाहरु..

रगतको मुस्लोमा स्वाट्ट परिणत भएर...

उल्टो बग्छ यहाँवाट...

पौडन नजान्ने मसिना बुधुनाहरु.,

रगतको मुस्लो र उसको जीवनको...

प्रतिस्पर्धामा...

सधैं नैँ हारिबस्छ।

युगानुयुग पछि ढोका आफै..

भत्किन्छ...

अचम्म..।

नयाँ होहल्ला मचिन्छ...

गान्धी र हिटलरको शहरमा..

नयाँ शासनको घुईचो चल्छ..

निमुखाहरूको गाउँमा..।।

देशभक्ति गीत..कानैमा..

गुञ्जिरहेको बेला..

अर्कै देशभक्तिको गीत,

फेरि बज्छ।।

"यो देश हाम्रो हो,

हामी जनताका सेवक र

जनता हाम्रो ईश्वर।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।