यो जन्ममा धोका दियौं सानु तिम्रै जित भयो ।
यहाँ मलाई रुवाई छाड्दा तिम्लाई कति हित भयो ।।
कुल्चेउ फूल सानु तिम्ले ओईलिएर झर्छु मत ।
छोडी गयौं तिम्ले मलाई कस्तो झेली प्रित भयो ।।
सबै खुसी लुटियो सानु आँशु उपाहार मलाई दिनु ।
तिम्रो मेरो मायाको सागर रंगमञ्चको गीत् भयो ।।
सम्झनामा राख्नु सानु हामी दुईको कसमलाई ।
अमर भनी ला'को माया छोडी जाने रित भयो ।।
गर्दी ८, माडी, चितवन