झिलिमिली बत्ति बाल्दै आइपुग्यो तिहार
उज्यालो भो चारैतिर घर अनि विहार ।१।
मखमली सयपत्री फूलहरु लहरै
माला बनी सजिदिँदा देखियो नि निखार ।२।
काग मात्रै हैन हेर खिचा पनि पूजियो
गाई गोरु पूजियो लौ वर्षमा एकबार ।३।
धौशी भैली खेल्न थाले आँगनैमा बसेर
कोही गाए कोही नाचे बजाएर गीतार ।४।
लक्ष्मी पूजा आहा हेर औँशीको त्यो साँझमा
मारवाडी अनि दु:खी ब्रत बसे निहार ।५।
हेरचाह आफ्नो गरे राम्रो हुन्छ आफैँले
यही शिक्षा दिने गर्छन् स्वयंपूजी नेवार ।६।
दाजुभाई दिदीबैनी रमाए लौ भेटेर
सप्तरंगी टीकाटाँसे क्या हँशिलो मुहार ।७।
नखेल्नु है जूवा तास रमाइलो चाडमा
नखानु है जथाभावी जाँड रक्सी निगार ।८।
नगरौ है देखासिकी खेलौ धौशी आफैले
परचक्री पस्यो भने हुन्छ आफ्नै बिगार ।९।
काठमाडौं