19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल अमृत सुबेदी गुराँस October 24, 2011, 6:24 am

तिम्रो त्यो मायाले विजोग बनायो

के बनाएन मलाइ सबथोक बनायो ।

तिमी वैंशको उन्मादमा प्यासी प्यासी थियौ

अनि मलाई न निन्द्रा न भोक बनायो ।

मात्र सम्झना खरिद गरि रमाउनु पर्ने

समयले त्यो कस्तो संयोग वनायो ।

भेटिनु पर्छ छुटिनु पर्छ को जानकार थ्यो

त्यसैले हुन सक्छ यहाँ चोक बनायो ।

तनहुँ, हाल-सभागृहचोक पोखरा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।