14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

माधुरीको सातौं खुड्किलो : मुक्तक विशेषाङ्कको खस्रो–मसिनो

कृति/समीक्षा राजेन्द्र पहाडी October 25, 2011, 3:41 am
राजेन्द्र पहाडी
राजेन्द्र पहाडी

माधुरी साहित्य प्रतिष्ठान, कुश्मा, पर्वतले प्रकाशन गर्दै आएको साहित्यिक विविधताको पत्रिका माधुरीको सातौं अङ्क मुक्तकविशेष अङ्कका रुपमा सम्बत् २०६७ साल आश्विन महिनामा लोकार्पित भएको मुक्तक सङ्ग्रह हो । यसका सम्पादिका सरस्वती शर्मा ‘जिज्ञासु’ हुन् । कूल ११४+६ पेजमा सजिएको प्रस्तुत मुक्तक सङ्ग्रहमा जम्माजम्मी ९९ जना स्रष्टा सर्जकहरुका मुक्तकीय सिर्जना अटाएका छन् । भूगोल, जातजाति, लिङ्ग आदिका दृष्टिले समावेशी प्रकृतिका स्रष्टालाई एकै पुस्तकमा सङ्गृहीत गर्ने प्रकाशन संस्था एवम् सम्पादिकाको मेहेनत प्रशंसनीय छ ।

समय सामयिक सापेक्षतामा दृष्टिगोचर गर्दा मुक्तकलाई समकालीन काव्य सिर्जनफा“टको अतिशय रुचाइएको विधा÷उपविधाको रुपमा स्विकारिएको देखिन्छ । भन्न खोजेको कुरा सिनित्त, सजिलै, च्वाट्ट–झ्वाट्ट, चोपिलो र चोटिलो शैलीमा भन्न सकिने भएकाले मुक्तकीय मोहिनी बुझिनसक्नुको बन्दै गएको छ हिजोआज । कुनै पूर्वशर्त या परिचयको आवश्यकता बिना नै छोटो प्रस्तुतिले मनछुने गरी आफ्ना भावना प्रस्तुत गर्न सकिने भएकाले स्वनामधन्य अग्रजदेखि भर्खर बामे सर्दै गरेका अनुज पुस्ताका कवि÷कवयित्रीहरुले मुक्तकलाई स्वच्छन्द रुपबाट पछ्याइरहेको देखिन्छ । मूलतः मुक्तक लयबद्ध भाषिक अभिव्यक्ति हो, जसको भाव–उत्कर्ष अन्तिम हरफमा हुने गर्दछ । एउटा राम्रो मुक्तकमा कविले सम्प्रेषण गर्न चाहेको विषयवस्तुको उठान, विस्तार र समापन यसैभित्र हुने गर्दछ । यसअर्थमा मुक्तकलाई एकश्लोकी प्रभावकारी लघु कविताको रुपमा पनि अथ्र्याउने गरिएको पाइन्छ । जेहोस् मुक्तक लयबद्ध र लघुत्तम भाषिक अभिव्यक्ति भएकाले थाहा पाएर या नपाएर धेरैले आफ्ना कथनीहरुमा मुक्तकीय हरफहरु प्रयोग गरिरहेको सुनिन्छ पनि ।

धवलागिरि अञ्चलको साहित्यिक धरातलमा अन्य विधाजस्तै मुक्तकीय विधाले पनि धेरथोर स्थान पाइआएको वस्तुसत्य हाम्रा अगाडि छ । अञ्चलभित्रका नया“–पुराना विभिन्न साहित्यकारहरुले मुक्तककेन्द्री पुस्तक प्रकाशन गर्ने तथा साहित्यिक प्रकाशनहरुमा मुक्तकले गतिलो स्थान पाइआएको अवस्था पनि छ । अचेल मुक्तक लेख्ने सर्जकहरुको संख्या पनि उल्लेख्य मात्रामा बृद्धि भइरहेको देखिन्छ । छोटो बसाइमा लेख्न सकिने र आफ्ना मनमा जुरेका÷फुरेका भावनाहरुलाई चसक्क छुने गरी लेख्न सकिने भएकाले पनि अचेल मुक्तक प्रतिको चासो र सरोकार बढिरहेको छ । यही उपक्रमलाई पक्डेर माधुरी साहित्य प्रतिष्ठानले मुक्तक विशेषाङ्क निकाल्ने स्तुत्य कर्म गरेकोमा हर्ष महशुष गर्न सकिने ठाउ“ छ भने जिल्लागत हिसाबले कुरा गर्नुपर्दा पर्वत जिल्लाको साहित्यिक पहललाई निरन्तरता दिन यो सङ्ग्रहले पनि उल्लेख्य भूमिका निर्वाह गर्ने प्रशस्त स्थान छ ।

समकालीन नेपाली साहित्यमा मुक्तक सिर्जनामा जुटेका स्रस्टाहरुको संख्या अधिक छ । स्थापित पाका–पुराना हस्तीदेखि नवीन पुस्ताका कवि लेखकसम्मले मुक्तकलाई आफ्नो अभिव्यक्तिको माध्यम बनाइआएको स्थितिलाई अस्वीकार गर्न सकिंदैन । यही लाममा लामबद्ध हुन आइपुगेको छ माधुरीको मुक्तकविशेष विशेषाङ्क । प्रस्तुत मुक्तक विशेषाङ्क विषय, अभिव्यक्ति शैली र सन्दर्भ विविधताले भरिएको छ । यसभित्र राजनीति, मायापिरती, देश, धर्म, जातजाति, स्थान परिचयदेखि संस्कृति र अर्थनीतिका कुरा समेत समेटिएकाछन् । देशले व्यहोरेको खुराफाती प्रकृतिको राजनैतिक उहापोह, सत्तास्वार्थ, पदीय खिचातानी र एकले अर्काको मानमर्दन गर्नमा तल्लिन सामाजिक संस्कृतिलाई उठान गर्न मुक्तककर्मीहरुले आफ्ना शब्दपुञ्जहरु खर्चिएका छन् । यस सङ्ग्रहमा सङ्गृहीत मुक्तकहरुको अन्तरवस्तुमा हार्दिक प्रेमको उच्छवास, अनुरागको प्रेमिल तरङ्ग, व्यक्तिगत स्वार्थ, घात–प्रतिघात, सकारात्मक सोचको मनोभावना, समाज सुधारका सुन्दर परिकल्पना आदि इत्यादिको समिश्रण भेट्न सकिन्छ ।

मुक्तक विधाका अग्रणी व्यक्तित्व स्व. भिमनिधि तिवारी देखि पर्वत जिल्ला कारागारको बन्दीगृहमा रहेका भिम परियारसम्मका रचनाले स्थान पाएको यो सङ्ग्रहमा देशप्रेम र जनप्रेम प्रतिको भक्तिभाव र आदरभाव भएका प्रसस्तै मुक्तकहरु छन् । मुक्तक दोहोरीले समेत स्थान पाएको यस सङ्ग्रहभित्र संख्यात्मक तथा गुणात्मक दृष्टिले मुक्तकहरुको उछिनपाछिन भेट्न सकिन्छ । केही मुक्तकहरुले समयमा संविधान नबनेकोमा चिन्ता अभिव्यक्त गरेका छन् भने कतिले चिसापन्थी प्रशासकहरुको उछितो काडेका छन् । धेरैजशो मुक्तकले सामाजिक असुरक्षा, अभाव, अन्याय, अनुशासनको कमी, अतिसार, अन्यौल र अराजकता बढेकोमा मन दुखाएका छन् । लोकतन्त्रको नाममा अल्पसंख्यकहरुले बहुसंख्यक माथि लादेको कुशासनको विरोध गरिएको छ मुक्तकहरुमा । केही मुक्तक घुमाउरो शैलीमा आफ्ना कुरा राखिरहेको देखिन्छ भने कतिले सिधा ढंगले कथित सवल भनिएकाहरुले दुर्वलहरुमाथि मच्चाएको दमन र मनपरीतन्त्रप्रति असन्तुष्टि जाहेर गरेका छन् ।

कतिपय मुक्तकले ‘सर्वे भवन्तु सुखिनः’ को आदर्शलाई उजिल्याएका छन् भने कतिपयले बिग्रदो राजनैतिक÷आर्थिक संस्कारको विपक्षमा हु“कार छेडेका छन् । पतनोन्मुख मानवीय चरित्रप्रति नाराजगी प्रकट गर्नेदेखि उत्तरोत्तर समृद्धि र सम्भावनाका विपुल फेहरिस्त प्रस्तुत गर्न मुक्तकहरुले भरमग्दुर प्रयत्न गरेका छन् । सिद्धहस्त मुक्तककारहरुले आफ्नो अनुभवजन्य विषयमा मुक्तकबाट बाणी दिएका छन् भने नव–पुस्ताका स्रष्टाहरुले पनि आफ्नै परिवेश अनुकुलका विषयमा मुक्तक रचना गरेका छन् । वास्तवमा साहित्यको अहम महत्तानै उसले समाजलाई के कति दिशानिर्देश ग¥यो र आफूभित्र समाजको चित्र उतार्न सक्यो भन्ने पनि हो । समाजोपयोगी रचनाले तिनको आयुलाई परिसीमित गर्दछ । समयको आवाजलाई मुखरित गर्न हिच्किचाउने साहित्य बेकारको मनोरञ्जन सिवाय अरुथोक हुन सक्दैन । तसर्थ साहित्यले हामी रहेबसेको समाजलाई उधिन्न, छिमल्न र सत्यतथ्य खोजीखन्तर गर्न जरुरी छ । यो दिशामा माधुरीको सातौं अङ्कभित्र अटेका सर्जकहरु सर्तक भएको अनुमान गर्न सकिन्छ ।

अब्बल मुक्तकहरुले जीवन सिकाउ“छन्, गाउ“ पढाउ“छन्, सुखका सपना देख्छन्, दुःखका कारण खोतल्छन् र अनन्त सम्भावनाको दैलौ घरक्क खोल्छन् । वास्तवमा सिक्नु र सिकाउनु चानचुने कुरा हु“दै होइन । सधैं र सबैका लागि सिकाइको तारतम्मे मिलाउनु झन् कठिन कुरा हो । तैपनि मिठा, चोटिला, खिरिला र भावगाम्भिर्यले भरिएका मुक्तकले जीवनपर्यन्त सिकाइ रहन सक्छन् भन्न सकिन्छ । चोटिला, खिरिला र तिख्खर रचनाले मानव समाजलाई सभ्य, भव्य र सुन्दर बनाउन सिकाइरहन्छन् । घच्घचाइरहन सक्छन् । यसो किन हुन्छ भने निरन्तरको सिकाइमा व्यक्तिलाई दैनिक जीवनमा आइपर्ने भोगाइहरुस“गै सिकाउन सजिलो हुन्छ । विजयको चुचुरोमा पुग्न चाहनेले प्रथम आधारशिविरबाटै यात्रा थाल्नुपर्ने सत्यलाई बुझाउन पनि मेहेनत गर्नुपर्ने बेला हो यो । अतिशय नकारात्मक र घोरमुखो प्रवृत्ति हावी भइरहेको वर्तमान समयमा मुक्तकका माध्यमबाट सकारात्मक चिन्तनको पोको फुकाउन सहज बनाउनु पर्ने छ । यस अर्थमा मुक्तक जति रसमय, जीवनमय र झरल हुन्छन्, त्यति तिनको सम्प्रेषणीयता उचाइमा पुग्दछ । पाठकको आवश्यकता, इच्छा, चाहना, रुचि, गति अनुसारका मुक्तक कालजयी हुन पुग्दछन् ।

यस विशेषाङ्कमा अटेका थुप्रै मुक्तकहरुले नेपाली समाजको गरिबीको एउटा सिंगो तस्वीरलाई पस्केका छन् । सार र अतिसारले पिरोलिएको समाजलाई मुक्ती दिलाउने यत्न रचनाका माध्यमबाट गरिनु बन्दनीय कुरा हो । समाज कसरी वर्गीय, जातीय, भाषिक, लिङ्गीय र वैचारिक आधारमा खण्डित छ भन्ने तथ्यको अन्तर–कुन्तर खोजी खन्तरी गर्न मुक्तकका भावहरु सल्बलाएका देखिन्छन् । धनी र हुनेखानेहरुको बिगबिगी र चहीचही बढिरहेको नेपाली समाजमा आज पनि गरिबहरु ज्ञान र मनोवृत्तिमा समेत गरिब छन् । त्यसैले उनीहरुलाई ज्ञान, सीप, अभिवृत्ति प्रदान गर्नुपर्छ भन्ने सन्देश मुक्तकहरुले दिएका छन् । सीमान्तकृत, उपेक्षित, उत्पिडित र पछाडि पारिएका वर्गका आवाजहरुलाई यथोचित उठान गरेका मुक्तकले श्रमजीविहरुलाई अन्यायका विरुद्ध समवेत् आवाज बुलन्द गर्न जागृत गरेको प्रष्टै बुझिन्छ । यसभित्रका कतिपय मुक्तकले शान्ति, भाइचारा, असल चरित्र निर्माण, सहिष्णुता, कार्यमूलक इमान्दारिता, पेशा व्यवसाय जस्ता विषयलाई पनि विषय बनाएका छन् ।

पाका, पुराना, अनुभवी तथा अनेकौं हण्डर ठक्करबाट खारिएका अग्रणी मुक्तककारहरुका मुक्तकदेखि कनिष्ठ तप्काका भर्खर लेखनीमा बामे सर्दै गरेका नव–सिकारु मुक्तकप्रेमीका रचना समेत समावेश गरिएको यो विशेषाङ्क विशेष समयको विशेष समावेशी सङ्ग्रहका रुपमा रहने विश्वास गर्न सकिन्छ । तथापि मुक्तकका नाममा समाविष्ट सबै रचनाहरु मुक्तक बन्न नसकेको भेउ सजिलै पाउन सकिन्छ । मुक्तकीय रचना विधानलाई वेवास्ता गरिएका, गजललाई भा“चभु“च पारिएका र ‘सङ्ग्रहमा पारिहालौं, भोली जे त पर्ला’ भन्ने मनशायले हतारमा कोरिएका सृजनाहरु मुक्तकजस्ता बन्न नसकेको गुह्य बुज्रुक पाठकले थाहा पाइहाल्ने अवस्था पनि छ विशेषाङ्कभित्र । साहित्यिक प्रकाशनहरुका लागि सम्पादक बन्नु ठट्टाको विषय हु“दो रहेनछ भन्ने तथ्यलाई केही रचनाहरुले छर्लङ्ग पारेका छन् । सङ्ग्रहभित्र कतिपय ठाउ“मा बेस्वादिला वैयत्तिक प्रचार सामग्रीले स्थान पाउ“दा पुस्तककै भार हल्का हुन पुगेको मेसो पाउ“दा विज्ञ पाठकले दा“तमा ढुङ्गो लागेको दर्द महशुष ग¥यो भने अन्यथा मान्नु पर्दैन ।

विशेषाङ्कभित्र थुप्रै राम्रा कुरा छन् भने केही सच्चाउनु पर्ने, मिलाउनु पर्ने र केही आगामी दिनमा दोहो¥याउन नहुने विषय पनि अवश्य छन् । सङ्ग्रहलाई मोटामोटी रुपमा मननीय र पठनीय छ भनी निचोड निकाल्दा अन्यथा हु“दैन पनि । किनभने पर्वत जिल्लाभित्र लामोसमयदेखि मुक्तकका लागि केही ठोस काम हुन नसकेकै अवस्थामा यत्तिको सङ्ग्रह प्रकाशन हुनु जाति कुरा हो । ‘नेपाली मुक्तकको प्रवृत्ति’ विषयमै विद्यावारिधी गर्नुभएका डा. मुरारी पराजुलीको ‘नेपाली मुक्तकका आकार–प्रकारहरु’ विषयक आलेखले विशेषाङ्कको वजन बढाएको छ भने स्वनामधन्य कहलिएका स्रष्टाहरु वियोगी बुढाथोकी, खगेन्द्र गिरी ‘कोपिला’ र पुष्प अधिकारी ‘अञ्जली’ स“गका अन्तरङ्ग अन्तरवार्ताहरुले विविध विषयका खुराकहरु पाठकका हातमा पुगेको पाइन्छ । माधुरीकै छैठौं अङ्कका रुपमा रहेको कविता विशेषाङ्कको साङ्गोपाङ्गो चियाउनु भएका साहित्यकार नारायणप्रसाद ढकालको मेहेनतले उक्त अङ्क हातमा नपरेका पाठकहरुलाई सो विशेषाङ्कका बारेमा दृष्टिगोचर गर्न सहयोग पु¥याउ“छ । यसरी माधुरीको सातौं अङ्कले समग्र मुक्तक साहित्यको सरसर्ती सिंहावलोकन गर्ने प्रयत्न गरेको छ ।

समग्रमा माधुरीको सातौं अङ्कले पाठकहरुलाई मुक्तकीय मधुरस स–सम्मान अगाडि राखिदिएको छ । मुक्तकलाई आ–आफ्नै दृष्टिबिन्दुबाट प्रगेल्ने, ग्रहण गर्ने, त्यसबाट सिक्ने र आफ्नो जीवनमा एकाकार गराउने छुट पाठकलाई छ“दै छ । वस्तुतः हरेक सिर्जनामा कसी लगाउने अन्तिम सरोकारवाला भनेका पाठकहरु नै हुन् । तसर्थ माधुरीको प्रस्तुत अङ्कको साङ्गोपाङ्गोलाई निर्णयमा पु¥याउने जिम्मेवारी बुजु्रक पाठकमै रहने निश्चित छ । सबैतिरबाट वाद, प्रतिवाद र सम्बादको प्रणाली स्थापित गर्ने जमर्को गर्ने हो भने मुक्तकीय परम्पराको विगत, वर्तमान र आगतलाई सुस्वादु बनाउन कठिन छैन । अस्तु ः

कुश्मा, पर्वत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।