हजार पल्ट मरेर जिएको मजा बेग्लै छ
हाँसो बाँडेर आँसु पिएको मजा बेग्लै छ
निर्दोष माया र विश्वासको बदला
कसैले धोकैधोका दिएको मजा बेग्लै छ
टुक्रा पारी गए मुटु छातीभित्र बस्नेले
जानी नजानी यो मन सिएको मजा बेग्लै छ
कहाँ छ र सस्तो जिन्दगानी हाम्रो
त्यसैले त यो जुनी लिएको मजा बेग्लै छ
बनाउन अरुलाई तिखा र तेजिला
लिही बनेर आफू खिएको मजा बेग्लै छ
अर्घाखाँची