अति चर्चित अति धरोहर
पढदा खेरी अति मनोहर
लक्ष्मीको त्यो पागल कविता
यथार्थको हो यो व्यङ्गरमिता
पढ्दा पाइन्छ सरलता
जान्छ बग्दै भाबुकता
भरिन जान्छ हृदय ताल
बालक रक्षक सालनाल
उनलाई पागल भनिएकोमा
रमाउँछन् कवि मस्त जूनमा
गर्छन् उनी वयाङ्ग विशाल–
“जरुर साथी म पागल !
यस्तै छ मेरो हाल !”
उनको पागलपन छ अनौठोको
संसारिक जीवन छ अनुभूतिको
आप्mनो पनमा अंकुशहाल्दा
हावादारी पनलाई उनले छल्दा
आदर्शवादी पनलाई त्याग्दा
यर्थाथताको धरालत राम्रो हुन्छ
ससनाको पनि महान महत्व हुन्छ
त्यसैले उनी शब्दलाई देख्छन्
हेर्न छाडी दृश्यलाई सुन्छन्
स्वादत उनले वास्नालाई लिन्छन्
आकाशभन्दा पातला कुरालाई छुन्छन्
आप्mनै शब्दमा यसरी बोल्छन्–
“म शब्दलाई देख्दछु् !
दृश्यलाई सुन्दछु !
वास्नालाई स्वाद लिन्छु !
आकाशभन्दा पातला कुरालाई छुन्छु् !
“जसको अस्तित्व लोक मान्दैन
जसको आकार संसार जान्दैन”
कथनलाई हेर्दा अचम्म लाग्छ
अन्तरआत्मामै अस्तित्व जाग्छ
सत्यको अघि असत्य भाग्छ
नैतिकताले सगरमाथा नाघ्छ
वास्तवमा
सत्यतथ्य बोली बोल्दा
नेत्रज्योति सवल बन्दा
शब्दभाव बुझी पढिन्छ
यथार्थ के हो मर्म बुझिन्छ
भिन्न छ लक्ष्मीको शक्ति अति
अन्याय अत्यचारीमा छैन भक्ति
त्यसैले उनले शब्दलाई देख्छन्
शब्दशब्दमा रही सत्यलाई लेख्छन्
सुन्छन् उनले दृश्यलाई
अस्तित्वभाव दह्रो समाई
लिन्छन् स्वाद वास्नाबाट
उनीबाहेक अरूको छैन आँट
त्यसवेला देशमा अंधेरी रात
आज पनि हेर के फरक छ
बोल्यो भने गोमनले डस्छ
हिजोका शक्ति राणा थिए
त्यस पछि प्रजातन्त्र आयो
त्यसले पनि बाटो समायो
राजतन्त्रले पञ्चायत ल्यायो
निरंकुशताले उधुम मच्चायो
राजाको गुनगान केहिले गर्थे
अन्धोपनको जयजयकार हुन्थ्यो
स्वतन्त्र अभिव्याक्ति हनन् थियो
केही बोल्दा अराष्ट्रिय हुन्थ्यो
जनताले खोजे आप्mनो हक
प्रयोग भयो कुटिल विवेक
सुधारिएको पञ्चायत आयो
होलोपनका राजा बनायो
जनताले छाडेनन् आप्mनो हक
जनजनमा फुक्यो आप्mनो धक
छयालीस सालले जन्म लियो
प्रजातन्त्र आयो तर अल्झेछ सियो
त्यहाँ पनि रहेछन् राजा मियो
ज्ञानेले रोजे महेन्द्र पथ
जनताले रोजे विद्रोही पथ
आखिर जनता विजयी भए
पुष्पबृष्टि भयो बाटैबाट
राजतन्त्र पुग्यो मशानघाट
देशमा हेर गणतन्त्र छायो
नयाँ नेपालको नारा जन्मायो
तव पनि जनताले के नै पाए
आजका शक्ति भाँड भए
हिजो केवल उनको पूजा
धेरै भए आजका देवता
कठीन छ पूजा गर्न अवता
उनको पूजा भन्दा जे जस्तो छ
यिनको पूजा झनै जटिल छ
सत्यतथ्य केलाई हेर्दा
दृष्टि चारैतिर छर्दा
यिनमा धेरै कुटिलता छ
दुदर्शा देशले भोगेको छ
अव पुनः लक्ष्मीमा फर्कौ
यथार्थ पथमा अवश्य सर्कौ
कस्को शक्क्ति छ शून्य छुने
उनै थिए सही धरातल हुने
तवपो सकिन्छ आत्मालाई छुन
सुधापानले आत्मालाई धुन
पातलो पनमा अकाश जस्तो
मानव जीवन नठान सस्तो
अमूल्यको मूल्य हुन्छ कहाँ
अमरत्व प्राप्ति हुन्छ जहाँ
मलाई लाग्यो वास्तविकता के त
वास्तविकता छर्लङ्ग छ त
आँफैमा नै प्रश्न जाग्छ
सही उत्तर मनले माग्छ
शब्दलाई लेखिन्छ नै
शब्दलाई बोलिन्छ नै
शब्दलाई पढिन्छ नै
पढ्दा शब्द देख्नै पर्छ
दृश्यलाई पनि हेर्नै पर्छ
किन यस्तो भैरहन्छ
खुलदुली मनमा रहिरहन्छ
हो त दृश्यलाई तव सुनिन्छ
भावनामा दृश्य बोलेको हुन्छ
तव हुन्छ ,हेर दृश्यको श्रवण
अन्तरकर्णले लिन्छ मनमा भ्रमण
दृश्यशक्ति प्रदान नेत्रले गर्छ
प्रतिविम्व सहजै त्यसमा सर्छ
महाकविलाई दृश्यले बोलायो
भावनामा उनलाई डुलायो
उनले सुने तथ्य सत्य
प्रकृति प्रेम उनमा नित्य
व्युँझाई उनमा नित्य थियो
भावना पथले साथ दियो
दृश्यलाई देख्नु थियो
अन्तरचच्छु जन्म लियो
यही उनमा महानता थियो
डुबें उनी कल्पनामा
बग्न थाले भावनामा
मनन् चिन्तन् अनि भयो
आँप्mनै व्यथा खुला रह्यो
यो प्रकृया लागु त्यतिबेला हुन्छ
अन्याय अत्याचारले संसार धुन्छ
जतिवेला दृश्य अदृश्य भाषी
भन्न सुन्न जान्थे काँसी
शासक थिए मिथ्याचारी
कर्मकर्तु व्यभिचारी
उनको धर्म मिथ्याभाषी
विवेकहीन त्यो अभिलाषी
बग्छ मन अर्कैतिर
जसरी बग्छ नयन निर
बन्छ जति वेला अन्धो समाज
महासामन्तहरू बन्छन् बाज
जिउँदा लास माथी गर्छन राज
छिनेको हुन्छ
बोल्ने लेख्ने, हेर्ने, सुन्ने अधिकार
धोकाउँछ उसल,े
मिथ्यावादी पाठ बारंबार
आँखा आप्mनो भए पनि
हेर्ने दृष्टि हुन्छ उसको
मुख आप्mनो भए पनि
भजन किर्तन हुन्छ उसको
बोलाई पनि हुन्छ उसको
वासनालाई सुध्न कहाँ पाउनु
दुर्गन्ध सुध्न किन धाउनु
आकाङ्क्षापन मगमगिका
वासनालाई सुध्न धकधकिका
बाध्यता थियो स्वादलिनु
यथार्थ थियो त्यहाँ स्वाददिनु
हुन सक्छ भावना र अनुभूति धेरै गहिरो
तनमन जनमा जान्छ पहिरो
बन्न पथ्र्यो कुहिरोको काग
कस्ले देख्ने मनको बाग
यस्तै हो
आकाश भन्दा पातला कुरा
महाकविले सुन्दै छुन्छन् धुरा
अन्तरभावनालाई केलाइ हेर्दा
अस्तित्वको वोधको बीज छर्दा
उमारशक्तिकी धनी जननी हेर्दा
संसारको छ आप्mनै पर्दा
लोकले न्वारान् गर्नु पर्दा
स्वीकार्यता हुन सक्छ
अङ्गीकृत नहुन सक्छ
तर उनले आकाश भन्दा
पातला कुरा छुन्छन्
लोकले अस्तित्व मान्दैन भन्छन्
हो त आकार को छ यो संसार
अदृश्य छ निराकार
मान्नु नमाम्नु आप्mनै निहित
हुनसक्छ सबै भावना सहित
हो त संसार यस्तै छ
विवेक यहाँ कहाँ छ
सबैले खोज्ने हो आकार
आकार छन् अनेक प्रकार
निराकारको अनुभूतिमा
भावना बोल्छ यहाँ साकार
आकार÷ निराकार भवनाका
प्रयोगात्मक साधनाका
धेरै धेरै छन् हेर प्रकार
अन्तरचच्छु सबल हुन्छ–
देख्नलाई हरेक आकार
हो त निराकारमा रमाउनेले
हावामा महल बनाउनेले
आकार खोज्नु व्यर्थ हुन्छ
हावाकै महल त्यसले धुन्छ
होला आकारमा रम्नेहरूको लागि
निराकारको भावना मनमा जागी
सच्चाइको पहल गर्नु पर्दा
भावना सँगै अघि सर्दा
ध्ोरै प्रश्नबाची कुरा बन्छन्
यिनैले सत्य तथ्य उत्तर खोज्छन्
यथार्थताको भोगाइमा रम्नेहरू
क्षणिक आनन्दमा जम्नेहरू
अनन्त अस्तित्वको कस्ले सुझाउने
अस्तित्वतत्व कसले बुझाउने
अनि त्यो समय त्यस्तै थियो
आप्mनो आप्mनो आकार लियो
सबको भोगाइ सबको सोचाइ आकारवादी
लक्ष्मीको भोगाई लक्ष्मीको सोचाई निराकारवादी
भ्याकुताको संसार भनेको हो पोखरी
त्यसैमा रमाइ छलाङ्ग मार्छ घरी घरी
पोखरीमा जब कसैले रजाइँ चलाउँछ
ट्वार ट्वार उसले आवाजे सङ्गीत भर्छ
विश्व ÷ ब्रह्माण्डलाई देख्न दिदैन र देख्न सक्दैन
त्यती बेला दृश्य अवलोकन गर्नं मिल्दैन÷ पढ्न मिल्दैन
÷ लेख्न मिल्दैन भने दृश्यलाई
सुन्नु शिवाए के नै रहन्छ र ?
वास्नालाई सुघ्नमिल्दैन भने,
त्यहाँ त स्वाद नै लिनुपर्छ
जागृत संसार निर्माणमा
मीठो स्वाद दिनै पर्छ
हो त कसैले जानी जानी
श्रीखण्डलाई पलास भन्यो भने
श्रीखण्डको पाठ घोकाइको कुनै अर्थ रहँदैन
पाचनशक्ति क्षिण हुँदा पाचन क्रिया हुन सक्दैन
महाकविको कविता एक
शब्द शब्दको भाव अनेक
मैले भने आकाश भन्दा पातला कुरालाई सुन्छु”
तर महाकवि भन्छन् –
“आकाश भन्दा पातला कुरालाई छुन्छु”
हुन सक्छ भावना हो, मैले भने
आप्mना मनका भावना धुन्छु
मलाइ कसो कसो लाग्छ
मेरो मनले तिनै शब्द ताक्छ
आकाश भनेको निराकार
निराकारको के को आकार
न पातलो न बाक्लो
नसमात्न सकिन्छ न छुन नै
धुने इच्छ्या जाग्यो भने कहाँ सक्ने धुन नै
कसैको निराकारमा रम्ने शक्ति होला
त्यो केवल भानामा बग्ने होला खोला
हुन सक्ला निराकारको अनुभूति मात्र
अवश्य भावनामा छुन सक्ने होला पात्र
छोएको अनुभूति हुन सक्छ
भनाले भावना धुन सक्छ
यथार्थतामा हेर सबै हैन
“जसको अस्तित्व लोक मान्दैन
जसको आकार संसार जान्दैन ”
अस्तित्वको वोधरहित,
भावनाको हीनतासहित
लोकमा अस्तित्वको ज्ञानकर्ता
कहाँ जान्नु आकार÷ निराकारको यथार्थता
सबैले संसार कसरी जान्नु
भावना महान कसरी ठान्नु
केवल हो अनुभूति
मात्र हो अनुभूति
यो समय यस्तै यस्तै थियो
समयले आप्mनै आप्mनै बाटो लियो
त्यसो हुँदा
समयले उनलाई साथ दिएन
महानताको बीजले जमिन लिएन
यथार्थताको बीजाङ्कुरण हुन सकेन
सवल बृक्षको आकार लिएन
अस्तित्वविहीन पारिदिने समाज
त्यस्तै थियो हेर कामकाज
ती नै हरूले सवल चलाए राज
अस्तित्वलाई मान्यता दिंदा
लक्ष्मीले आप्mनो आकार लिंदा
अरूको सक्षमताले लिन्थ्यो विदा
त्यसैले उनी तिरस्किृत थिए
वास्तवमा उनी बिकसित थिए
उनी एक ज्ञान विज्ञान थिए
त्यसमा एउटा अनौठो छाया
ईश्वरीय तत्त्वले दिन्थ्यो माया
साहित्यिक धरोहरको विशाल काया
यस धर्तीमा,उनमा अमिट माया
आदर्शको चक्रव्यूहमा रम्नेहरूले
यथार्थतालाई सधै त्याग्नेहरूले
सत्यताबाट भाग्नेहरूले
यस संसारलाई विचारोस् कसोरी
निस्वार्थ भावलाई स्वीकारोस् कसोरी
यो सबै दर्शाइ दिन्छ ज्ञानले
चमत्कार पारिदिन्छ विज्ञानले
त्यसैले उनी ज्ञानी थिए
यथार्थ हो, उनी वैज्ञानीक थिए
माने देवता नमाने ढुङ्गो
कसी लागाए लाग्छ टुङ्गो
हो मान्यतामा ढुङ्गो देवता बन्छ
निराकारले आकार लिन्छ
मौनतामा दर्शन दिन्छ
आत्मा सन्तोष यसले धान्छ
आज सबैले पूजने ढुङ्गै नै हो
मार्ग फरक फरकमात्र यो हो
नाम फरक फरक मात्र नै हो
अबुझको प्रतिफलमा
धर्मकलह विश्वजगतमा
वास्तबमा आज संसारमा सबैले
ढुङ्गा पूजिरहेका अलग अलग पनले
आत्म सन्तोषको लागि
त्यसैमा सबै हुन्छन् भागी
ढुङ्गा बोल्दैन तर पूजा पाइरहेको हुन्छ
मानिसले यो पनि जान्दछ
ढुङ्गा बोल्दैन, तर पूजागर्न छोड्दैन
ढुङ्गा–अघि नतमस्तक नभै मन मान्दैन
ऊ आकारमा रम्छ र निराकार खोज्छ
अनि निराकारबाट आकार खोज्छ
सायद यो कसैलाई थाहा छैन
थाहा छ तर ऊ भन्दैन
कस्तो अचमम छ यो संसार
सबैले ढुङ्गा पुज्छन् लगातार
आत्मामा परमात्मा छ कोही भन्छन्
मनलाई नै मन्दिर ठान्छन्
कसैको आशा परम गति
छोडी हिड्छन् बर्तमान जति
कविले ढुङ्गामा फूल देख्छन्
यसैमा उनी कविता लेख्छन्
हो ढुङ्गामा पनि फूल फुल्छ
त्यसैमा हेर भँवरा डुल्छ
कहिले पूmल फुल्न सक्ला
आन्तरिक दृश्यले हेर्न सक्दा
हो ढुङ्गाको पनि दिल हुन्छ
ढुङ्गाको पनि कान हुन्छ
ढुङ्गाको पनि नाक हुन्छ
साँच्ची ढुङ्गाको पनि आँखा हुन्छ
यी सबै सबै यथार्थता
केवल हो,अनुभूतिमात्र
यो सिर्जनाको दृश्य हो
चट्टान टुक्रिन्छ
बालुवा पाँगो र चिम्टेकण बन्छन्
पुन यिनै दबिंदा चट्टानको निर्माण
पत्याइओस् या नपत्याइओस्
पाषण कोमल हुन सक्छ
मानवमा मानवताको दिल भए
तिनलाई अवश्य छुन सक्छ
पाषण बन्छ कोमल
यही बन्छ अनमोल
हो त कोइलाको खानीमा
हीराको हुन्छ बास
भावना हो मानवको–
पाहन बन्छ कपास
यही छ कविको भावशान
“ कोमल पाषण,
चाँदनीमा,
स्वर्गको जादुगर्नी मतिर हाँस्दा,
पत्रिएर, नर्मिएर, झल्किएर,
बल्किएर उठ्छन् मूक पागलझै
फूलझै एक किसिमका चकोर फूल !”
चकोर चाँदनीको सम्बन्ध
अनन्त अनन्त छ यो अन्तरङ्ग
भावनाको बगाइ मानव मनबाट,
सक्षम बन्छ हेर तन तनबाट
चकोरचाँदनीमा लिप्त हुन्छ,
ऊ प्रेम ध्वनी सुन्छ,
अनि
चाँदनीको सितल रोशनीमा
सुधारसको मगमगीमा
कविचकोर नाच्न थाल्छन्
नाचमा स्वर्गकी जादुगर्नी रमाउँछिन्
मस्तपनमा सर्माउँछिन्
मुसुक्क तिनी मुस्काउँछिन्
्त्यो दृश्यलाई उनले देख्छन्
शान्त भावमा कविता लेख्छन्
उनको तन पुष्पगुच्छा बन्छ
पत्रदललाई एक एक गन्छ
अङ्गप्रत्याङ्ग श्रृङ्गार छर्छ
पदचाल अघि बढ्छ
बन्छन् उनी भावविहोल
अन्तर आत्मा रमाउँदा तन बन्छ खोल
अनुभूति रम्यछटामा
हुन जान्छ अनमोल
उनका मनका चकोर पूmल
नौनी जस्तो मूलायम हुन्छ
कोइला भित्र हीरासरी
ज्वाजल्यभै झल्किन थाल्छ
अन्तर आत्मामा स्थानलिन
बलकबलक बल्किन थाल्छ
अनुपम चाँदनीको आकाश गङ्गा
सुधापूर्ण मनभाव
बन्न जान्छ अति चङ्गा
प्रकृति देवी सजिएर
स्वर्गकी परी रूप धर्छिन्
जादुगर्नी मुस्कान भर्छिन्
महाकविको शब्द अड्छ
प्रकृति छटा पागल बन्छ
मूकपागल पनको अनुभूतिहुन्छ
चकोर–पूmल पत्रिई नर्मिई
बल्किई अन्तस्करण सजिलै छुन्छ
मूकभाषाको गीत भजनमा
अन्तरआत्मा तड्पिदामा
उठ्न जान्छ प्रीतिकोशूल
उनमा फुट््छ प्रीतिको मूल
मूलरूपी प्रकृतिकी रानी
समाउन जान्छिन् उनलाई तानी
उनको लहडी मनले गाउँछ
हुन्छ कविको मन अन्तरङ्ग
बहकिन थाल्छन् उनैसँग–
”म बोल्दछु तिनसँग , जस्तो बोल्दछन् ती मसँग
एक भाषा, साथी !
जे लेखिन्न, छापिन्न,बोलिन्न,
बुझाइन्न, सुनाइन्न !
जुनेली गंगाकिनार छाल आउँछ तिनको भाषा
साथी ! छालछाल
जरुर साथी म पागल
यस्तै छ मेरो हाल !”
एकाग्रताको यस्तै चाल
मूक भाषा कसले सुन्ला
अन्तर मनमा कसले गुन्ला
हुन सक्छन् बकुल्ला ध्यानी
अन्तरलापका महाज्ञानी
सुन्नसक्छन् मूकभाषा
अज्ञानीपथमा हुन्छ तमासा
सहीसत्य आदानप्रदान
प्रकृति सन्देश मिल्छ महान
पूर्णचन्द्रको शीतलतामा
जूनेलीगंगा किनारमा
सितलो लहर लहराउँदा
मनमा आनन्द फहराउँदा्
छालभै बग्छ मूकबार्तालाप
रमणमा झुल्छन् छैन विलाप
मूक भाषा हो तर भाव हुन्छ
जे छुन्छ त्यहाँ यथार्थले छुन्छ
नलेखाइ÷नबोलाइ÷ नप्रकाशन नै हुन्छ
नबुझाइन्छ, नसुनाइन्छ
तर अवश्य बुझिन्छ, अवश्य सुनिन्छ
अवश्य हुन्छ भावनाको त्यहाँ आदान प्रदान
प्रकृतिप्रदत्त महान, ग्रहण गर्ने, यो हो बरदान
लाग्छ त्यो अनुपम भाषा
बोल्छन् कवि त्यस्तै बोली
जस्तो बोल्छन् ती बोली
तिनको भाषाको आवाज कस्तो
जुनेली गंगाकिनारमा
आउने त्यो छाल जस्तो
जूनेली रातमा, पूर्ण चन्द्रको साथमा
कलकल भाषा बोलीरहेका ती छालहरू
उज्यालो जीवनको सन्देश स्वरहरू
जाउँ गंगा किनारमा
एक पूर्णचन्द्र रजनिमा
ग¥यौं छालसँग बार्ता
कस्तो मिल्छ अनुभूति
कस्तो रैछ तिनको गति
अनिमात्र खुल्छ मति
मलाई लाग्छ
त्यो अनुपम भाषा बुझन
प्रकृतिसँग आँफै कुद्न
आँफै लहर बन्नुपर्छ
छालसँग बुर्कुसि मार्नै पर्छ
त्यो एक क्षण अनुभूति जन्य
बन्न जान्छ धन्य धन्य ?
हावाले त्यहाँ प्रीति गाँस्छ
चुम्बन लिइ मस्त हाँस्छ
आप्mनै स्वर सङ्गीतमा
पवन गीत गाउँदै जान्छ
पुल्कायमान लहरहरू
भावविभोर बन्दै जान्छन्
तिनले पनि सङ्गीत छाड्दै
बारुले कम्मर भाँच्न थाल्छन्
कहिले ताण्डव लहर चल्छ
कहिले मन्द गति लिन्छ
शक्तिवेगको धरातल हुन्छ
त्यसले पनि किनारा चुम्छ
धर्तीमै उभिएर धर्तीसँग,
संघर्षमा हुन्छ वार्तालाप
मौनताको बार्तालापमा
पुन फर्कि आप्mनै ठाउँमा
लागछन् गन्तव्यको बिदाइमा
हुनसक्छ प्रेमालिङ्गन बिदाइमा
मन्दभावमा लहरिन सक्छन्
अन्तरद्वन्द चर्किएमा
धर्तिकाकणहरू चोइटिन सक्छन्
जे जे जति कर्मकर्तु गरिए ÷भए पनि
लहरको विलय भने हुन जान्छ मूलधारमा
संसार अडेको छ यही आधारमा
भावनाका बगाई बग्दै जान्छन्
भावैभाको सागर बन्छन्
त्यहाँ अनेकौ लहर चल्छन्
त्यैले यो पागल कविताको यर्थाथता
बुभ्mन कठिन छ, बुझाउन कठिन छ
कविको भावानाको बगाई अथाह छ
बग्दै जान्छ बग्दै जान्छ क्षितिज जस्तो बन्दै
सारैसारको भावै भावको समुद्र बन्दै
कसले कहाँ बुझन सक्छ र यस्तो अनन्त
अयित मार्मिक बन्न जान्छ भावनाको वेदान्त
नापिन्छ समुद्रको गहिराई
सकिदैन नाप्न मनको गहिराई
यस्तै हो भवनाको गहिराई
तुलना गर्नुपर्छ तुल्यसँग
हीरा र कोइलाको हैन
हीरा हीरा बीचको तुलना
कोइला कोइला बीचको तुलना
बाहिरी संसार र भित्री संसारको तुलना
कहाँ हुन्छ अकवरी सुन भनेरमात्र
सुनमा कसी लाउनै पर्छ
तुल्य तुल्यको मापनको मूल्य हुन्छ
तुल्य अतुल्यको मापन किन र के को लागि ?
हेरक शब्द शब्द यहाँ तुल्य तुल्य छन्
यहाँ शब्द शब्दको अर्थ अमूल्य अमूल्य छन्
त्यसैले बुभ्mन र बुझाउन कठिन छ
अमृततुल्य यी भावले अमरत्व गरी छाड्छ
भनिन्छ विश्वासको भरमा संसार अडेको छ
सत्यहीनताको प्रभाव धेरै धेरै संसारमा परेको छ
सत्यताको प्रभाव संसारमा छ अभाव
रम्यतामा रम्नेले चाखि हिड्छन् कवाफ
हो चाहना आप्mनो आप्mनो हुन्छ
साबुनले होस् तथा हिजो साबुन नबन्दा
खरानीले भए पनि मैला कपडा धुनेले धुन्छ
फरक यत्ति हो, आवश्यक्ताको आपूर्तिमा
परक फरक कर्मको प्रयोग व्यवहारमा
मानव जीवन चाहनाले भरिएको छ
चाहना हुनुपर्छ, चाहनाले आप्mनो मात्र भलो हैन
अर्काको कुभलोको पनि कामना गर्न हुँदैन
कसैले कसैको अस्तित्व मेटाउन चाहान्छन्
त्यो असम्भव, अस्तित्व र सहअस्तित्व सँगै हुन्छन्
श्रीखण्ड टुक्रिन सक्छ सुगन्ध हट्दैन
जति पोले पनि वासना फैलाउन छोड्दैन
कोही चतुर होला वाचाल होला
तर धेरै बोल्दैमा बाठो
थोरै बोल्दैमा लाटो
यथार्थमा कहिलै हुँदैन
केवल अन्तस्करणको प्रस्तुतीमात्र हो
मानव अन्तरस्वभाव
प्रकट हुने भनेको मुखबाट हो
कम बोल्ने पनि अन्तरकर्मले,
स्वविवेकले हुन्छन् बाठा
बाठा पनि आवरणले, कुकर्मले
गर्दा हुन्छन् लाटा
यस्तै छ संसार प्रकृतिसँग रम्ने हुन्छन् हनोहार
सत्यताको आवरणमा भावनाको हुन्छ विहार
सफलता भनेको सुकर्ममा सफल
असफल भनेको कुृकर्ममा असफल
मानवमा हुनुहुन्न विवेक सून्य बिचार
सहीसत्य मार्ग खोज्दा
मिल्न सक्छ आकार
अति गहिराइको सागर डुवाइमा
ढुङ्गा डुब्छ साल साल
“तिमी चतुर छौ वाचाल !
तिम्रो शुद्ध गणितशूत्र, हरहमेसा चलिरहेको छ
मेरो गणितमा एकबाट एक झिक
एकै बाँकि रहन्छ !”
कविको भावना यस्तै यस्तै कहन्छ
मानव स्वभाव न हो अन्तर मनमा रहन्छ
ऊ चतुर हुनसक्छ
ऊ वाचाल हुनसक्छ,
ऊ मूक हुनसक्छ ÷ ऊ सांकेतिक हुन सक्छ
शुद्ध गणितीय सुत्रमा एकमा एक झिक्दा सून्य हुन्छ
ठीक हो जहाँ आकार रहँदैन
हिसाब केलाई राख्न पर्दैन
कथन छ – यो ब्रमाण्ड हो
जहाँबाट आउँछ त्यही जान्छ
कसैको कथन छ –सांसारिक जीवनमा
आत्मा मनन गर्ने हरूमा
आखिर भावना हो रहने आत्मामा
जति झिके पनि त हुन्छ अवशेष
यहिनै होे मानव जीवनको विशेष
त्यहाँ निराकारको श्रृष्टि हुन्छ
तर महाकविको गणितको सुत्र फरक छ
एकमा एक भिक्दा एकै वाँकी रहन्छ
उनको कथनमा आकाररहित सृजना हैन
यहाँ त जति झिक्दै जाऊ,त्यति नै रहन्छ
ज्ञानको अथाह सागरमा जति खर्च ग¥यो
त्यति नै थपिँदै जान्छ ÷ खर्चिने बस्तु हैन
शब्द शब्दको अर्थ अनेक
प्रयोग गर्नु पर्छ विवेक
मानौ लक्ष्मीबाट लक्ष्मी झिके शून्य हुन्छ त
त्यहाँ शून्यता रहदैन
लक्ष्मी सिर्जना हो, सिर्जित भै सक्यो
जस्ले जे खोजे पाएनन्
किनकी लक्ष्मी रासायनिक विज्ञान हैन
लक्ष्मी भनेको भौतिक विज्ञान हो
त्यहाँ त रहने भनेको लक्ष्मी नै हो
पाहन जति फुटाल
खण्डितको गुणमा पाहनै हो
मानौ लक्ष्मी रासायनिक गुण हो
भौतिक हैन तब पनि
ऊ अणु–परमाणु भै सक्यो
ऊ केन्द्रित भैसक्यो
लक्ष्मीबाट लक्ष्मी झिकिदैन
उसको अस्तित्व मेटाउन खोजे मेटिदैन
लक्ष्मीको गणितबाट झिक्दा एक
शून्य रहदैन बाँच्छ एक
ऊ इन्द्रिय हो,
पाँचो होइन छैटौं हो
“तिमी पाचौं इन्द्रियले काम गर्छौ
म छैटौंले !
तिम्रो गिदी छ साथी
मेरो मुटु ! ”
मान्यतामा दश इन्द्रिय लिइएको छ
ज्ञानइन्द्रियमा आँखा कान, नाक जिब्रो र छाला
शरीरको ज्ञान कर्ममा हुन्छ यिनको बोलावाला
कर्म इन्द्रियमा वाक, पाणी, पाद, वायु र उपस्थ
कर्मशक्ति यिनकै भक्ति हुन्छ यिनको मस्त
यिनलाई छाडी उनको कर्म छैटौंमा छ निहित
कसौ गरी न्वारन् गरौं भनि इन्द्रियजीत
कठिन छ नाम दिन इन्द्रियातीत
इन्द्रियग्राम भन्दा माथी छैटौंले गर्ने काम
मन हुनसक्छ यहाँ छैटौं इन्द्रियको नाम
भावनाको बहकाही हो या यथार्थको सान
ईश्वर तत्त्व बुझे पछि मानिस बन्छ महान
सबको हुन्छ गिदी अरे, उनको हुन्छ मुटु
यसको अर्थ खोज्दै जाँदा मन कुटुकुटु
मूर्त होला सोचाई कोहीको
संवेदनशील छ कोहीको
कोहीको होलान् भौतिकवादी
कोहिको होलान् अध्यात्मवादी
भौतिक छ यो संसार तर खोजी गर्छ ज्ञान
आत्मा परमात्मामा आलिङ्गनमा सुन्दर बन्छ तन
आत्मज्ञान ज्योतिपुञ्ज प्रकाशिलो मन
मूर्तसोचाई माथी उठी संवेदनशीलता उनमा
आप्mना आप्mना हुन्छन् सोचाई
अनि हुन्छन् आप्mना आफना भोगाई
सफल यात्रा सबको बनोस् यही हुन्छ रोजाई
हुन सक्ला असाधारण व्याक्तित्वमा
छैटो इन्द्रियको अङ्कुरण
निश्चय पनि गिदी र मुटुको कर्म भिन्न छ
मुटुले शरीरमा रक्त प्रवाह गर्छ
मुटु सम्वेदनशील हुन्छ
अनि प्रेम र कोमलताको प्रतिक
गिदीले सम्पूर्ण शरीरलाई परिचालन गर्छ
प्राणीमा कर्मइन्द्रिय र ज्ञानइन्द्रियले
अआप्mनो काम गरेका हुन्छन्
त्यसमा पनि सम्वेदनशीलतामा फरक
मुटु हुनु÷ मुटु नहुनु, गिदी हुनु ÷गिदी नहुनु
अवश्य मानव संवेदनशीलताको भावना हो
मन र आत्माको सम्बन्ध
यी दुबै बीचको अन्तरङ्ग
आत्मा र परमात्माको सम्बन्ध
आदि आदिमा अवश्य फरक छ प्रबन्ध
संसारिक प्रकृति र प्रबृतिमा फरक हुन्छ
मानव मानव बीच प्रकृति र प्रबृतिमा फरक हुन्छ
लक्ष्मीको प्रकृति र प्रबृतिमा फरक छ–
उनको हेराइ आन्तरिक छ
उनले हरेक चिजमा मानवता पाउँछन्
त्यसैले उनि पाकृतिमा धाउँछन्
“तिमीले गुलाफलाई गुलाफसिवाय देख्न सक्दैनौ
म उसमा हेलेन र पद्यिनी पाउँछु, ”
गुलाफलाई गुलाफमात्र देख्नु
अस्वभाविक हैन
आवरणको कथामात्र लेख्नु हो
बाहिरी दृश्यमात्र हो
बाहिरी दृश्यमा पनि गुलाफ पूmलमात्र छैन
त्यहाँ त काँडा पनि हुन्छन्
ती काँडा किन भुलिन्छन्
किनकि पूmलको सुन्दरताले ढाकिदियो
गुलाफको पूmल कसैले खोज्छ भने
काँडाको कोपाइ सहनै पर्छ
आवरणमात्रको हेराइले
अन्तरसुन्दरता देखिदैन
क्षणिक तृप्ति भए पनि
दीगो तृप्ति भेटिदैन
त्यसो हुँदा अन्तरसुन्दरता हेर्नु पर्दा
अन्तरचच्छु खुल्नैपर्छ
गुलाफलाई प्रणयसुधाले सिँचेको हुन्छ
कति सुन्दर छ त्यो गुलाफ
सुन्दरताकी रानी नाचेकी हुन्छिन्
यो एउटा प्रतिविम्व हो सुन्दरताको
सेतो गुलाफ, रातो गुलाफ,
आप्mनै आप्mनै सौन्दर्यका प्रतिक
महाकविकी देख्ने हेलेन र पद्मिनी,
कसैले तेसैमा दमयन्ती, मेनका र उर्वशी देख्छन्
कसैले डायना र मोनालिसा देख्छन्
सही सत्य त सुन्दरता हो
अन्तर मनको भोगाई हो
प्रेमरूपको प्रकटता हो
मोनालिसामा के नै छ र
एउटा चित्रकारको कमाल त हो
चित्रकारको मन उसमा डुब्यो
आवरणमा उसले सजायो
यो संसार पीर हाँसोले भरिएको छ
त्यो चित्रमा पनि चित्रकारले यिनै चिज गाँसकोछ–
मुस्कान भित्र चिन्ता अनि चिन्ता भित्र खुसी
स्वभाविक हो दृष्टि र दृष्टिकोणमा फरक
हेराइ ÷देखाइ ÷लेखाइ÷बोलाइ ÷चलाइमा फरक
सौन्दर्य, यौवन, माधुर्य, लज्जा र विद्याले पूर्णता
जीवनमा, आवश्यक हुन् सौन्दर्यका निपुणता
सुन्दरता र कोमलता उनको यथार्थता रे
बगाइमा तरलता रे लयमा रमाउने रे
अरू सबै सबै प्रकटीकरणका गद्य रे
त्यहाँ न लय नै छ न छन्द नै
हो यो उनको कथन
गर्नु पर्छ मनन–
“तिमी बलिया गद्य छौ ं
म तरल पद्य छु ”
वास्तवमा कविलेले यहाँ आँफू सौन्दर्यबोधक,
अरूलाई बलियो रूपमा आख्यानबोधक सम्झन्छन्
सरल र तरल भावनाले सबैको मन छुन्छ
पद्यमा सुन्दरता हुन्छ नविनता हुन्छ
सौन्दर्यको अभिव्याक्तिमा
ऊ हुन्छ सधैं अग्रस्थानमा
उसमा छन्द लय र गायन हुन्छ
कवि स्वयम्मा आप्mै काव्य हुन्
कविता र गद्य हुन्
गद्यभित्र पनि उनी पद्य हुन्
सौन्दर्यतामा पद्य स्थान हो
अनि सबै गद्य अनि सबै गद्य
कठोरै कठोरताको संसार
बनेको छ पृथ्वीको भार
उनी बन्छन् भाबुक र उदार
यस्तै यस्तै छ उनको सार
“तिमी जम्दछौ म पग्लन्छु
तिमी सङ्लन्छौ जब म धमिलो बन्छु
र ठीक त्यसैको उल्टो
तिम्रो संसार ठोस छ
मेरो वाफ
तिम्रो बाक्लो, मेरो पातलो ”
कठोरता र तरलता, संक्रिणता र विस्तारता
महाकविमा र अरूमा भावनात्मक हुन्छ भिन्नता
कठोरताले भरिएको संसारमा आवश्यक छ तरलता
तर आज सबैै जमिरहेका छन्, हराएको छ मानवता
धमिलिएको वातावरणमा कहाँ हुन्छ महानता
यथार्थताको कसौटिमा प्रकट छ भाबुकता
पल पलमा दिएका छन् भावनात्मक निरन्तरता
सही संसारमा जिउन कठीन ÷ ठोस छ
त्यागि कविको वाफको संसार छ
त्यहाँ तरलता छ सरलता छ
यथार्थको कसौटिमा महाकविमा छ
“तिमी ढुङ्गालाई बस्तु ठान्छौ,
ठोस कठोरता तिम्रो यथार्थता छ
म सपनालाई समात्न खोज्छु ”
हुनता ढुङ्गा बस्तु हो एक
प्रयोग गरौं आप्mनो विवेक
यो हो कठोरताको हीरा मोती
कानमा लगाए चुडिन्छ लोती
मिल्छ हीरा मोती कसैलाई बेख
त्यो बन्दैन पवित्र नेग
कविलाई प्राप्त काँडाको बेख
बन्छ कठोर यात्राको पवित्र नेग
संसारमा यथार्थतामा रम्नेहरू थोरै हुन्छन्
किनकि कस्तो मानव कठोरताको
पर्खाल बन्ने हरक्षण विवसताको
संसार सबै आप्mनै ठान्ने
प्रभूसत्ताको महल धान्ने
मानवतामा कञ्जुस्याँई
गर्दै जाने बल मिच्याइँ
यस्ता चिजमा प्रवलता
अति दरिद्रताको स्वभावमा
कवि देख्छन् निर्बलता
कठोरताको सीमा रेखा
कसै गरी मेटिदैन
धूर्तताको अग्रगमन
शुद्धतामा रेखिदैन
हरेक क्षेत्र, हरेक कर्म
तरलताको भावनामा
कवि मन पग्लिन्छ नै
सर्बाधिकार बितरणमा
सूर्य किरण झल्किन्छ नै
त्यसो हुँदा उनी भन्छन् –
तिमी जम्छौ म पग्लन्छु
पापी क्रोधी दुराचारी
अन्याय र अत्याचारी
निमक हराम, घुसखोरी
वातावरण धमिलिंदो हुँदा
सङ्लनका जो छन् भागीदारी
तिनको दृश्य अवलोकनमा
धमिलो पना चढ्छ कवि–मनमा
स्वच्छ भाव, न्यायरूप,
कवि मनले पूजा गर्छ
छाया पर्दा अकर्मण्य अधर्मिको
धमिलिन्छ मन उनको
देशका शासक भौतिक बादी,
तिनको कर्म निरंकुशता
आवरणमा कठोरता
भित्री कर्म कलंकित
दुष्कर्मका हरचिज जब
कबि देखन थाल्छन्
उनको मनमा चैन छैन
त्यसैले उनी वाफ बन्छन्
सरलतामा भावुक हुन्छन्
यो हो उनको उदारता
बन्न जान्छ महानता
तर सपना भनेको कल्पना हो
कल्पनालाई समात्नु भनेको
कठीन उपलब्धि प्राप्तगर्नुृ हो
यो पनि भावनात्मक यथार्थता हो
“तिमी ढुङ्गालाई बस्तु ठान्छौ”
बास्तबमा, आवरणमा ढुङ्गा बस्तु नै हो
यसमा निर्माण लुकेको छ
आवरणमा मानिस झुकेको छ
ढुङ्गा पनि टुक्रिदामा अति सूक्ष्मकण बन्छ
अति साह्रो दबिदामा पुन चट्टान बन्छ
मानवीय दृष्टिकोणमा
यसको भाव अलग हुन्छ
सहजता, सरलता, कोमलता
मानव कल्याण लोप हुन्छ
निर्मम यात्राको सजाईमा
उदेश्य हीन त्यो रमणमा
कर्म प्राप्ति क्षिण हुन्छ
कठोरताको भोगाइमा
सपना समाउने सोचाइमा
सफलताको ज्योति बल्छ
कुमार्गको यात्रालाई
सजिलेरी यसले छल्छ
कविको धारणा अति फरक
सर्बकल्याणमा प्रत्ययपरक
उनी भन्छन् –
“जस्तो तिमी , त्यो चिसो, मीठो, अक्षर काटेको
पान्ढिकीको बाटुलो सत्यलाई !
मेरो छ बेज काँढाको साथी
तिम्रो सुनको र हीराको !
तिमी पाहाडलाई लाटा भन्दछौ
म भन्छु वाचाल”
यी सबै भावनाका यथार्थताहरू
मानव स्वभाव अचम्मको तर्कनाहरू
कसैले त्यो चिसो, मीठो, अक्षर काटेकाहरू
पान्ढिकीको बाटुलो सत्यताहरू
सत्य सम्झन्छन् तर
महाकविको बेज भने काँढाको छ
अरूको हीरा र सुनको भावनामा हुन सक्छ
पहाडलाई कसैले लाटा सम्झुन् तर
महाकविले भने वाचाल सम्झन्छन्
गम्भिरतामा÷ अटलतामा रहँदा,
लाटो कसरी हुन्छ र ?
यो बुझाइ, सम्झाइ, र हेराइको
दृष्टिकोणमा ÷भावनामा फरक हो !
भनिन्छ संसार एउटा चक्र हो
सत्यतामा घुमीरहने चक्र
पानी ढिकीको चक्का जस्तै बाटुलो
तर
संसारमा कहाँ मिल्छ त्यो सत्यता
संसारमा त छन्
थरि थरिका विलाशिताले भरिपूर्ण
पेटमा राख्छन् जसले चूर्ण
हत्या गर्छन् सत्य–भ्रूण
तिन्कै भएको छ पुरै संसार
शक्ति वाहनका छन् निराकार
यहाँ कटुसत्यको छ हा हा कार
यिनका भागी सबै हुन् नरकङ्काल
कवि बचेका छन् यहाँ ँहेर बाल बाल
“जरुर साथी !
मेरो एक नशा ढीलो छ
यस्तै छ मेरो हाल !”
नशा ढीलो हुँदा उनी गर्छन् कमाल
अटमस्स भयो भने के नै त्यसमा रहन्छ ?
के जीवत्वको रातो रातो रगत त्यहाँ बहन्छ ?
सफा रगत प्रवाहमा तरङ्गी छ सार
प्रत्येक शब्द शब्दबाट निस्केको छ प्रहार–
“म माघको ठन्डीमा
ताराको सेतो प्राथमिक राप तापेर
बसिरहेको थिएँ,
दुनियाँले मलाई तरङ्गी भने”
हेरौ माघको ठण्डी,कति चिसोपना
शरीरले खोजी रहेको न्यानो पना
कहाँ पाउनु त्यो चिसै चिसोको बिकासमा
त्यो न्यानो आनन्दित पनाको उज्यालो राप
या देशको माग न्यानो र उज्यालो पथ
देशले भोगेको ताराको प्रकाश
महाकविले पनि त भोगेको ताराको राप
ताराको रापमा शरीरले पाएको न्यानो ताप
तापको रापले कति नै न्यानोपना दिए होला र
समय चक्र र देशले पाएको न्यानोपनामा
उदेक लाग्दो अवस्था भावनामा बगाइ
यथार्थको सोचाइमा डुबीरहँदा,
उनलाई तरङ्गी बनाइयो
साच्चि उनलाई तरङ्गी बनाइयो
हो यो दुनिया यस्तै यस्तै छ
सूर्यको न्यानो रापमा रमेको दुनिया
माघको ठन्डीमा ताराको
रापको महसूस कसरी गर्नु
तरंगी जीवनको अनुभूतिमा
दुनियाले जस्तो देखे÷बुझे भोगे
त्यस्तै त्यस्तै भने
किनकी दुनिया पनि त तरंगी छ
देशको यथार्थता गुद्रदो हेर दिन दिन
“भस्मेश्रबाट फर्कदा सात दिन
टोह्लाएको देखेर
भूत लागेको भने !”
मष्तिष्कमा गाडिएको संस्कारको नतिजा
भूत, पीचास, बोक्सी, मसान
आदि आदिले डसेको हुनसक्छ
देवता लागेको हुन सक्छ
तर यथार्थतामा केवल संस्कार हो
संस्कारको गाढा रूप सु÷कु संस्कार
त्यसैको प्रभाव हो भूतलागेको
टोलाउनु नै के ही हो
किन र के को लागि टोलाइयो
मौनतामा किन विलाइयो
यो देशका कुशासनको सासनाले
जन्माएको कु – भावनाले
महाकविको मनै टोलायो
यसैको भूतले उनलाई सतायो
हुनसक्थ्यो टोलाईमा
देशको मनन् चिन्तन्हरू
निमार्ण–परिकल्पनाका भावहरू
बढ्दो संसार, स्थिर नेपाल
प्रभावित यी कुप्रभावका संस्कारहरू
अंकुरित मूना मनका प्रकट हुने बिचारहरू
मनन् चिन्तन् गरिएर टोलाइएका पलहरू
सासनाका असरले जनभावका लहरहरू
टोलाईहरू अल्लि फरक फरक थिए
देश निमार्णका भस्मेश्वरले
निम्त्याइएका भूत थिए
विविधता कारण बन्यो
टोलाउने साधन बन्यो
आवरणको दृष्टिकोणमा
अन्तरदृष्टि विहीनतामा
सम्झाइमा भूत लाग्योे
यै भूतको कारक तत्त्व
पागल कविताको ठूलो अस्तित्व
पागल कविताको यात्रा रेशमा
नजर पुग्छ कविजीको
तुषारो बज्रित सुन्दरी केशमा
“एक सुन्दरीको केशमा
समयका तुषाराको
पहिला छिर्का परेको देखेर
म तीन दिन रुँदा,
मेरो आत्मालाई बुद्धले छुँदा
मलाई छटाएको भने !
मैले वसन्तको पहिलो कोकिल सुनेर
नाचेको देख्दा,
बहुला भने !”
सुन्दरीको केशमा तुषारो पर्दा
तुषाराका वुँद वुँदले मोतिको रूपलिँदा
किन रुने, त्यहाँ त सुन्दरताले छाएको हुन्छ
जे होस् हाँसो र रोदन सुख र दुखमा
सँगसँगै हिडेका हुन्छन्
जे होस् भावनामा बग्दा
नयन रसाउन सक्छ
मुख मुस्काउन सक्छ
परेली झर्न सक्छ
ओठमा करेठी पर्न सक्छ
दाँतबाट पसिना झर्न सक्छ
सुन्दरीको केशमा तुषारो पर्न सक्छ
चाँदिको चम्कनमा सूर्यको प्रकाश पर्छ
भावुक आत्मा पग्लिन्छ
असर आँखामा पर्छ नयन बर्षन्छन्
तर महाकविका नयन तीन दिन रसाए
उनलाई बुद्धत्वले छोएको थियो
बुझनेले बुझेनन् उनलाई छटाएको भने
यसरी नै बसन्तको पहिलो कोकिलको
सुरिलो स्वरमा महाकवि नाच्दा
कविको भावनालाई नबुभ्mनेले बौलायो भने
यस्तै हो संसार,
संसारिकले संसार बुभ्mन नसके पछि
भावनामा बग्नेले भावनामा स्वतन्त्र बग्दा
पागल÷छटाएको ÷बहुला आदि आदि नाम पाइन्छ
यस्तो पनि त हुन सक्छ
सुन्दरतालाई देख्न नसक्ने
कालो केशमा कालो नजरको
तुषरापातले थिच्दा
त्यसैमा कसैको कालोदृष्टि पर्दा
शान्तिसुरक्षामा तुषारो पर्दा
सुन्दरतामा अडिने ती कालानजरहरू
सुन्दरता नै बिगार्ने नियतिले सताउँदा
मन पग्लनु स्वभाविक हुन्छ
सुन्दरतालाई बचाउन चाहानेको आँसु झर्छ
आप्mनै छातीमा बज्रपरेको भान हुन्छ
सुन्दरीमा परेको तुषारोको आक्रमण
असह्य, अमानवीय, अशोभनीय आदि आदि हुनसक्छ
मानौ ती सुन्दरी नेपाल आमा हुन्
तिनमा कसैको अतिक्रमणको पहिलो छिर्का पर्दा
देशका शासकको आँखा नपर्दा
कविमन छुन सक्छ ,
नयनबर्षा हुन सक्छ
तीनदिन आँसु झर्न सक्छ
बुद्धत्वले छुन सक्छ
आज पनि हे¥यो भने
हत्याहिंसा चलेकै छ
कालापानी,सुस्ता पनि
अतिक्रमित भएकै छ
राष्ट्रप्रेमी जनताको
आँसुधारा बगेकै छ
बुद्धभाव सुद्धभाव
आज छ नि कता कता
लुछाचुणी भागबण्डा
दलहरू खोज्दै हिड्छन्
असह्ययो व्यवहारमा
जनता आँसु छर्दै हिड्छन्
महाकवि तीन दिन रुँदा
बुद्धत्वले उनलाई छुँदा
संसारिकव्यथाले उनलाई सताउँदा
एकाग्रतामा पुग्न जाँदा
नयनजल तप्किन्छ नै
मनको बाँध भत्किन्छ नै
बुद्धभाव नबुझ्नेले
अन्यव्यथा नसुन्नेले
छटाएको भन्दछन् नै
आँपूm महान् ठान्दछन् नै
उनको भक्ति गवाएर
औंसिलाई पूर्णिमा भनाएर
आदर्शवान जनाएर
आनन्दित महल सजाएर
उनको दिन बित्छ तर
महाकवि औंसीलाई औंसी देख्छन्
आप्mनो व्यथा आँफैं भन्छन्
“एक सुनसान औंसीले मलाई निसासा भएर
म प्रलय–वेदनाले उफ्रें !
मूर्खहरूले मलाई त्यस बेला ठिँगुरा हालेर राखे !”
पूर्ण चन्द्रमा चकोरसँग रमाउनेलाई
गुलाफमा पद्मिनी र हेलेन देख्नेलाई
सुनसान औंसीले सताउँछ
पूर्णचन्द्र अभावमा
उनमा आउँछ निसासा पन ,
ज्योतिको त्यो प्रकाश खोज्दै
प्रलय वेदनाले उनलाई छुन्छ
अनि प्रलय–वेदनाले उनलाई छुँदा
उनी उफ्रन्छन्, कस्ले सोच्नु
अन्धकारमा पिल्सिएको अन्तर वेदना
मनोविज्ञानको कमिले होला
महाकवि ठिँगुरामा पर्नुप¥यो
अनि तुफानसँग गीत गाउन थाल्नु भयो–
भनिन्छ उनी पाक्षिके थिए
अन्धेरी रातमा निसासिने,
उजलो रातमा नृत्यगर्ने
किनकि उनको चाहना
प्रकाशमय थियो,
राष्ट्र निर्माणको लागि
विकसमा अग्रसरताको लागि
कालो रातको चाहाना, हुनु हुँदैन
प्रकाशमय र विकासमय भाव छोड्न हुँदैन
उनको धारणामा प्रकाशमय, बिकासमय देश
यस्तो उज्यालोमा उनको मनमयुर नाच्थ्यो
यस्तो उज्यालोमा उनको अन्तर आत्मा हाँस्थ्यो
तर अप्mसोस समय त्यस्तो थिएन
देशमा अन्धकारले छायो
प्रकाशले साथ दिएन
औंसीको त्यो निसासिलो र कालो रात
चारैतिर, न्याय, अधिकार, त्याग, मानवता
आदि आदिमा कालै कालोले घेरिएकाले
कविमा प्रलयकारी वेदनाको अनुभूति हुन्छ
उनी निसासिन्छन्,
प्रलयकारी वेदनाले करउँछन्
उनको भावना, अवधारणाको
स्वागत ठिंगुराले गरिन्छ, ठिंगुराले
राँची पठाउछन् बुज्रुकहरूले
“म तुफानसँग एक दिन गीत गाउन थालेको थिएँ,
मलाई बुज्रुगहरूले,
राँची पठाइदिए !
म आफुलाई एक दिन मरेको सम्झेर,
लम्पसार थिएँ,
एक साथीले बेसरी चिमटिदिए
र भने, “ए पागल, तेरो मासु अझ मरेको छैन !”
यस्ता कुरा भए साल, साल !
पागल छु साथी !
यस्तै छ मेरो हाल !”
तुफानसँग गीत गाउँदा, राँची पठाउनु
मरेको संझेर लम्पसार, पर्दा कसैले चिमोट्नु
ए पागल तेरो मासु मरेको छैन भन्नु
कस्तो विडम्बना,
महाकविले पागल भएको बोली नस्वकिार्नु
हुनसक्छ भावनाको बगाइलाई
कसैले पागल सम्झला
सून्यताको सोचाइमा
आँफै मरेको सम्झनु
कसैले मासु मरेको छैन भन्नु
कस्तो सोचाइ, कस्तो यथार्थता
लाग्छ कवि कविता हो,
कविता भावनाको बगाइ हो
भावनामा डुब्दाको यथार्थता
जे सम्झो त्यही हो,
वुद्ध, वुद्धत्व, तरङ्गी,
छटाएको, बहुला आदि आदि
तर तुफानसँग गाउनु
तुफानसँग रमाउनु
आप्mनो भावना जोगाउनु
उनको महानता हो महानता
तर भावनाको कदरमा
उनलाई बौलाहा बनाइयो
उपचार गर्न राँची पठाइयो
अस्तित्ववोध खोज्दा, मरणतुल्य ठान्दा
यही अनुभूतिलिई लम्पसारको बेला
साथी कुनै खेल्छन् त्यहाँ अचम्मको खेला
साथीले चिमोटेर भन्न थाल्छन् हेर
मासु तेरो म¥या छैन, बाँच्नुपर्छ धेर
भावनाको विश्लेषणमा के को सरोकार
यस्तै यस्तै थियो त्यसबेलाको विकार
उनी भन्छन् –
“यस्ता कुरा भए साल साल
पागलछु साथी
यस्तै छ मेरो हाल ”
“मैले नवाबको मदिरालाई खुन भनेको छु,
“छिमेकी रन्डीलाई लास भनेको छु !
”राजालाई गरिब,
“सिकन्दरलाई मैले गाली दिएको छु !”
बास्तवमा जनताको खुन–पसिना
जनताले सहन्छन् घाम असिना
त्यही खुनको असुली
बन्छ नवावको मदिरा
सहित हो अभिव्यक्ति
असत्य छैन एक रति
त्यसको सेवन रक्त समान
गर्ने सबै हुन्छन् वेइमान
चाकडी र चाप्लुसिमा राख्नेहरू सान
चलाउँछन् रजाइँ र भन्छन् आँपूm महान
त्यस्तो भरी मधुप्याला जनताको खुन
त्यसैमा त मिश्रण छ जनताको नून
जनताका बनेका छन् यिनै पीडादायी घुन
जीउँदोलास माथीको गमन त हो बेश्या गमन
शुद्ध आचरणको भोगाइमा
रन्डी जति सुन्दर भए पनि
केबल एक लास हो केवल लास
जहाँ क्ष्णिक भोग हैन,
त्यो ता हो महा रोग
सही सत्यको
भावनाले अन्तेष्टि गर्दछ
अनि रन्डी गर्छे नाचगान,
तान्छे सबको ध्यान
यौवनको मस्त क्रिडा,
जान सक्छ ज्यान
त्यहाँ हुन्छ देह व्यपार
जीविकाको हो त्यो आधार
त्यस्तो रमण कहाँ बन्छ ?
जीवत्वको सार
यस्तो गमन गर्नेहरू,
बन्न जान्छन्, पूmँडो
त्यो भन्दा त सुद्ध हुन्छ
कुँडे अनि कुँडो
सबलता रतिरङ्ग सुधारस पान
आनन्दमा तृप्ति प्राप्ति,
आनन्दका दातृ
कहाँ तिनी बन्न सक्ने,
मन मन्दिरका देवान
कसरीपो गनिने हुन्
मानिसमा सरिफ
यस्तै कर्मा गर्दैजाने
राजा बन्छन् गरिब
किनकि
परआर्जनमा निर्भर रहने
सबै भूगोल आप्mनै सम्झने
जनतालाई रैति सम्झने
जनताको पसिनामा रम्ने
महासामन्त कहलाउने
सम्पनतामा रमण गर्ने
मानवतामा जव मान्छे बन्न जान्छ हरिप
यस्तो कर्म गर्दै जाँदा मानिस बन्छ गरीब
सिकन्दर एक लडाकु जमानाको
जसको चाहना विश्व विजयको
मानव रगतमा धेरै होली खेलेको
वास्तवमा मानवको रगत बगाइमा
गरेको विजय के विजय
त्यस्ताको मौखिक गुणगान गरे पनि
अन्तर आत्माले त गाली नै दिन्छ
महाकवि गर्ने गर्छन् प्रकृतिलाई रमण (प्यारो)
त्यसो हुँदा हरेक चिजमा नेत्र गर्छन् गमन
महाकवि हेर्नजान्छन् महात्माको लिन
कर्मकर्तु अवलोकनमा पैदा हुन्छ घिन
“महात्मा भनाउँदाको निन्दा गरेको छु !
नगण्य व्यक्तिलाई, तर,
सातौं आसमानसम्म,
तारिफको पुलमा चढाएको छु,”
महान आचरणले मानिस महात्मा बन्छ
आचरणहीनतामा मानिस निन्दाको पात्र बन्छ
तर मानव मानव हो त्यो नगण्य होस वा गण्य
मानवतावादी महाकविले दीनदःुखीमा ईश्वर देखे
नगण्य व्याक्तिमा व्याक्तित्व र आचरण देखे
आद्रहरूको चहराई रहेको घाउमा
मल्हम लगाऊ भन्दै कविता लेखे
महात्ममा महात्म्य पाउन सकेन्
आदरता बदलियो घृणामा
संसार तड्पिदो छ पीडामा
नगण्य व्याक्ति थिए सही मानव
ठूलाठालुमा देखियो व्यवहार दानव
सही मानवको तारिफ लेखे
आसमानमा तारिफ पुगेको देखे
बास्तवमा भगवानको भनाइ छ–
“म कहीं भए दीन दुःखीमा छु ”
महाकविको भावना बग्दै जाँदा
मानवीय यथार्थताको मूल्याङ्कन तोक्छ
गहिराइ–ज्ञानको अध्ययन जोख्छ
पढौं हामिले उनकै भाव
कस्तो रहेछ उनको लगाव
“तिम्रा महापण्डित, मेरा महामूर्ख !
तिम्रो स्वर्ग, मेरो नरक !
तिम्रो सुन, मेरो फलाम !
साथी ! तिम्रो धर्म मेरो पाप !”
मानव जीवनमा आप्mनो आप्mनो परिभाषा
त्यसैमा झुण्डिएको हुन्छ मानिसको अभिलाषा
पण्डित शब्द नै अति गहन छ
महा जोड्दा झनै विशाल छ
यो हुन सक्छ शास्त्र ज्ञाता
यो हुन सक्छ शास्त्र बेत्ता
सत् असत्को परिभाषित
विद्वतामा राम्रै स्थापित
बेद अनि पुराणज्ञाता
व्यहारमा ल्याउने समता
सबै सबै चिजमा हुन्नन् पूर्णता
कसैको होला महापण्डित
उसको विवेकमा पूर्ण अखण्डित
अर्काको विवेकमा हुन्छ विखण्डित
कही महामूर्ख खसोखास
महल देखि झोपडीमा बास
झुण्डिएको छ आसै आस
तन छोडी उड्छ सास
त्यो हो सत्य खसोखास
अविवेकिको हुन्छ जो महापण्डित
विवेकिले ठान्छ महामूर्ख
कसैले भन्ला यो हो स्वर्ग
कसैले भन्ला यो हो नर्क
स्वर्ग–नर्क, एउटा तर्क
स्वर्ग–नर्क अनुभूति हो
स्वर्ग–नर्र्क परिकल्पना हो
स्वर्गशब्द सुखको संसार
जहाँ के ही दुःख छैन
काम क्रोध मोह छैन
अन्याय अत्याचार छैन
यस्तो पूर्णता कहाँ पाउनु
दुष्कर्ममा हुन्छ नर्क धाउनु
मानव चाहना सुखको कामना
गर्नुपर्छ दुःखको सामना
किनकि मानिस यस्तो कर्मको भोगी
गर्दैन धर्म बन्दछ ढोंगी
जानी नजानी बन्दछ दोषी
भन्नत भन्छन्–
“नमरी स्वर्ग देखिदैन”
म त भन्छु–
स्वर्ग देख्ने हैन मरे पछि,
जीउँदै हेरौं स्वर्ग नर्क,
गर्नु पर्छ अनेक तर्क वितर्क
किनकि स्वर्गको पहिचान कस्ले ग¥यो
अबलम्बी पथ कसले ध¥यो
स्वर्गको अर्थ नाना थरी
मानिस तडपिन्छ जिन्दगी भरी
मोक्षको खोजी मानिस गर्छ
स्वर्ग प्राप्तिको कामना धर्छ
कोही भन्छन् –
यज्ञगर, त्यसको फललाई स्वर्गठान
कोही भन्छन् –
माता पिताको सेवा गर
स्वर्गको स्थान सुरक्षित गर
कोही भन्छन्– गर गुरू सेवा
त्यसले दिन्छ स्वर्गको मेवा
बास्तवमा घर नै हो स्वर्ग
मानवले स्वर्ग बनाउन चाहे
यसरीनै घर नै हो नरक
मानवले नरक बनाउन चाहे
कोही भन्छन्–
“अहिंसा परमो धर्म”
कोहीले थाल्छन् पशुबलीकोकर्म
कही भनिन्छ –
“परोपकार पूण्याय
पापाय परपीडनम्”
जेहोस् धर्म र कर्मको अनुभूति
सुख र दुखको अनुभूति
जिउँदै स्वर्ग भोग्नु पर्छ
जिउँदै वैतरणी तर्नु पर्छ
मूल्याङ्कन गर्नु महानता हो
मानव स्वभाबमा कस्तो मूल्याङ्कन
आप्mनो जति सुन अरूको जति फलाम
तर महाकविले मूल्याङ्कन यथार्थ परक
दुधको दुध पानीको पानी
त्यहाँ छैन कुनै फरक
जहाँ तिमी आफूलाई चलाक सम्झन्छौ,
उहाँ म देख्दछु तिमीलाई बिलकुल लाटा !
तिम्रो उन्नति, मेरो अवनति,
यस्तै छ मोलमोलाइको उलटपुलट,
साथी !
तिम्रो विश्व, मेरो बाल !
जरुर साथी ! म बिलकुल चन्द्राहत छु
चन्द्राहत,
यस्तै छ मेरो हाल !
अचम्मको छ यो धारणा
सलल बगेको छ यो भावना
हेर्दा उलट पुलट देखिन्छ
साहित्यमा सत्यतथ्य लेखिन्छ
बास्तवमा दकुरी राखेर छिटो
धेरै बोलेर बाठो, कहाँ हुन्छ र ?
जीवनको बोध हुनु आवश्यक छ
बन्नुभन्द आँफै मपाई
कोही भनोस् हजुर तपाइँ
त्यहाँ हुन्छ कर्म बोध
हट्न जान्छ प्रतिशोध
कस्तो संसाररूपी ज्ञानहीन
कुकर्म बढ्दो दिन दिन
अन्याय अत्याचार बढदो क्षण
बिर्सिदिने सबै तारा गण
यिनै कर्म बिकास मान्ने
आप्mनो कर्म चलाक ठान्ने
कसोगरी ठान्ने चलाक
महाकवि गर्छन् तलाक
दुर्गतिको हुन्छ उन्नती जब
सुगतिको हुन्छ अवनति तब
द्वन्द–प्रतिद्वन्दको मोलाई
बन्छ उलटपुलटको बोलाई
अशुद्ध विश्वको जो छ ज्ञाता
महाकविको टुट्छ नाता
विश्व भन्नु हैन माटो मात्र
ब्रहमाण्ड भरीका अड्छन् पात्र
त्यसो हुँदा उनी भन्छन्–
“तिम्रो विश्व, मेरो बाल”
तुल्ययोग्य छैन सवाल
अल्पज्ञानीको देख्ने विशाल
ज्ञानी ठान्छन् अतिबाल
किनकी
साहित्य समाजको दर्पण हो
कविता समाजको प्रतिविम्वहो
यो हो सांसारिक मोल मोलाइको पाटो
जति चलाख सम्झे सम्झौं
केही पक्ष हुन्छ लाटो
विश्व सबै आप्mनो नसम्झौ
यहाँ उपभोग गर्ने असंख्य छन् असंख्य
“म अन्धालाई दुनियाँको अगुवा देख्दछु,
गुफातपस्वीलाई भगुवा देख्दछु,
मिथ्याका मञ्च चढेकालाई
काला नटुवा देख्दछु !
विफललाई सफल देख्दछु !
प्रगतिलाई अगति देख्दछु !
या हुँला मै ऐँचाताना !
या हुँला मै दीवाना !
साथी ! मै दीवाना !”
अन्धालाई दुनियाँको अगुवा
गुफा तपस्वीलाई भगुवा
मिथ्याका मञ्च चढेकालाई काला नटुवा
विफललाई सफल प्रगतिलाई अगति
महा कविको धारण बगेको छ
यो दुनिया अन्धो छ
उसमा मादक्ता चढ्दो छसलसल्ती
त्यसैले अन्धो संसारको अगुवा बन्दोछ
मिथ्या मञ्च हो यो संसार
बनेका छन् अति नटुवा भार
विफल नै सफलताको हो जननी
विश्व रङ्गमञ्चमा उफ्रेका सफल ठानी ठानी
तपस्वी हुन अवश्यै भगुवा
कर्मसंसार देखि बनेका डरुवा
कहाँ उत्थान खोई मानवतावाद
त्यसैले बनेको छ प्रगति अगती
महाकवि बने ऐँचाताना
ठीकै भन्छन् ती हुन् दीवाना
नेतृत्वमा कवि भन्छन् –
“निर्लज्ज नेतृत्वको नीरस रसनाको
रन्डीको नाच हेर !
जनअधिकारको डँडाल्नोको भाँच हेर !”
यथार्थको कसौटीमा
निर्लज्ज नेतृत्वको नीरसपनमा
जनअधिकार खोसिएकोे त्यहाँ
रण्डीनृत्य देखिने शासकमहा
पिञ्जराको सुगा थिए जनता
मानवतावाद थियो कता कता
छापा थियो भँगेरा टाउके
कालो मिथ्याले भर्थे लाउके
महाकविको विवेक वीरले
ललकार्दथ्यो उनको दिललाई
हुनजान्थे राता गोलझैं गाला
बोल्ने हकमा मुखमा ताला
सही सत्य पढौं उनकै बोली
हृदयका एक एक पाना खोली
जब भँगेरटाउके छापाको कालो मिथ्याले
मेरो विवेक–वीरलाई
जाली झुटले ललकार्छ,
तब हुन्छन् मेरा गाला राता साथी !
सल्केका गोलझैं राता !
हो छापाको यथार्थ बिकासको मार्ग
सुद्धताको आवश्यकता,
सत्यतथ्य शन्देसको
आवश्यक्तालाई त्यागिन्छ,
झुटको संसार निर्माण हुन्छ
बिकासको बाटो रोकिन्छ
विवेकशील व्याक्तिको विवेक वीरले ललकार्छ
असह्यताले राता गाला बन्न जान्छन्
जीवनशैलीमा अवरोध ठान्छन्
“जब निमुखा दुनियाँ कालो जहर पिउँदछ,
पिउँछ कानले,
र अमृत भनिठानेर,
र मेरा आँखाअगाडि साथी !
तब हुन्छन् ठाडा मेरा रौं, रौं
गर्गनका सर्पकेशझैं, मेरा जिस्क्याइएका
रौं, रौं ! जब बाघले मृग खान आँटेको देख्छु, साथी !
या ठूलो माछाले सानो ,
तब मेरा मकाएका हड्डीमा पनि दधीचिको आत्माको,
भयङ्कर बल पसेर, बोल्न खोज्दछ, साथी !
स्वर्गबाट चटयाङ परेको दिनझैं”
कस्तौ जहर पिलाई,
मुखले पोख्ने अनि कानबाट पिउन लगाउने
भन्नेले अमृत भन्ने ÷पिउनेले अमृत मान्ने
त्यो पनि यथार्थ ज्ञातालाई जिस्क्याउँदै
त्यतिवेलाको स्वाभीमानीका रौं अवश्य ठडिन्छन्
भवना अवश्य मोडिन्छन्
देशको अवस्था आज पनि त यस्तैछ
आज पनि त कालो जहरलाई अमृत भनिन्छ
त्यसको असर जस्तो परोस् त्यसलाई पिलाइन्छ
आज पनि त संसारमा मस्य कानुन पाइन्छ
बाघले मृग खाएकै छ र
सानो माछालाई ठूलो माछाले
बोल्नेको आवाज हावामा उड्छ
बारुदको गोला छातीमा फुट्छ
शक्तिको चक्का शरीरमा गुड्छ
संसार आज पनि त कालै छ
हेर्दा हेर्दै सफेद झुट बोलिन्छ
त्यागको संसार हराएकै छ
कविताले सबै प्रष्ट्याएकै छ
त्यती वेला स्वाभीमानी व्याक्तित्वमा
दधीचिको बल आउन सक्छ
दधीचिको त्याग पलाउन सक्छ
स्वर्गको चट्याङको आभास मिल्न सक्छ
दधिचिको त्यागउनमा थियो
नेपाली साहित्यले उच्चाई लियो
कविको बह सकिएको छैन,
उनको कथन असत्य छैन
कविको सत्यता यहाँ बग्दैछ –
“जब मानवले मानवलाई मानव ठान्दैन, साथी !
तब कडकडाउँछन् मेरा बत्तीसदन्ते बङ्गारा,
दुवै !
जस्तो भीमसेनका दाँत !
अनि,
प्रकोपको लाललाल आँखाका डल्ला,
फनक्क घुमाएर एक डबलले, म
यो अमानवको मानवजगत्लाई,
एक आगोको लप्काले झैं हेर्दछु, साथी !
उफ्रिन्छन् मेरा कलपुर्जा,
खलबल ! खलबल !
तुफान हुन्छ मेरो सास !
विकृत हुन्छ मेरो चेहरा !
बन्दछ मेरो दिमाग, साथी !
बडवानलझैं बडवनलझैं !
म वन खाने आगोझैं बहुला हुन्छु !
बहुला, साथी !
काँचै निलुँझैं विश्वविशाल !
जरुर, साथी !”
मानवले मानवलाई मानव
जव सम्झन छाड्छ
तव मानवीय संसारको अन्त्य हुन्छ
दानवीय संसारको उदय हुन्छ
जब जब आउँछ असह्यताको अवस्था
मानबमा उत्पन्न हुन्छ क्रोधाग्नि
कडकडाउन थाल्छन् स्वाभीमानीका
बत्तीसदन्ते बङ्गरा,
जस्तै भिमसेनका दाँत भएर
क्रोधअसह्य अवस्थामा
मानिस बडबडाउन थाल्छ
मानिस मानिसै भएर होला
महादेवका तीन नेत्रले हेर्ने
क्षमता उसमा छैन,
नत्र भष्म पाथ्र्यो होला
मानव कलपूर्जाहरू उफ्रिन थाल्छन्
सासले तुफानरूप लिन्छ
चेहेरमा बिकृति पन आउँछ
दिमाग बन्छ बडवानल
घनघोर वनको आयो बौलाउँदा झै
मानव बौलाउन थाल्छ, बौलाउन थाल्छ ।
असह्य अमानवीय वातावरणमा
सत्यताको दीयोमा हावा लाग्न थाल्छ
दियो निभ्दैन,
ऊ प्रज्ज्वलित भएर अन्धकार चिर्न थाल्छ
यो संसारमा अडिग त केवल सत्य नै हो
महाकवि के हुन् त उनकै शब्दमा–
“म सुन्दर–चकोर, असुन्दर–फोर !
कोमल–क्रूर
चिडिया, स्वर्गाग्नि–चोर
तुफानपुत्र !
पागल ज्वालामुखीको उद्गार
भयङ्कर व्यक्तित्वपाल !
जरुर, साथी !
सन्के मगज छु, सन्के !
यस्तै छ मेरो हाल !”
कस्तो तुलना हुन सक्ला
भावना मनमा कस्तो बग्ला
सुन्दर दृष्टिमा सही चकोर
कुदृष्टिमा असुन्दर–फोर
तुलनामा कस्तो अतुल्यता
उनको मनको विशालता
जाने देवता नजाने ढुङ्गो,
धन हुँदा हुँदै मान्छे बन्छ बुङ्गो
बास्तवमा चकोरको सुन्दरता
चाँदनीको सुधापन
जव ज्वाजल्य भएर उर्लन्छ
मनमयुरको लय झन्कार भै कुर्लन्छ
आकाश गंगाको मनोहर रूपले
छु्ने छैन प्रचण्ड धुपले
लक्ष्मीमा कोमल भावछ हैनन् क्रुर
कठोरतामा भाग्ने दुर
स्वतन्त्र रूपमा रमण गर्ने
अन्तरभावमा विचरण गर्ने
लक्ष्मी हुन् ती सुन्दर चकोर
कोयली कण्ठ गुन्जिन्छ स्वर
इनै स्वरको लहरमा सबै बन्छन् विभोर
उनको मनको क्षमतामा
बन्न सक्ने स्वर्गाग्निचोर
स्वर्गाग्निलाई चोरी गरी,
त्यसको प्रकाश विश्वमा छरी,
यो विश्वलाई भलमल्ल पार्ने
उनको थियो अठोठ
उनको इच्छ्या ठूलै थियो
उनको मनमा सारासंसार समेटियो
साहित्य धारा बगाईबगाई
साहित्य शक्ति निर्माण गराई,
नेपाल सहित विश्वभरी
प्रकाश अग्नि छरी छरी
साहित्यदीप, सूर्यपुञ्ज
प््राकाश मय पारिएर दिव्यताले भरिपुर
साहित्यको धरोहरमा
सगरमाथाको जस्तै सानमा
लक्ष्मी बने पवन पुत्र
काव्यलीलामा प्रयोग छन् अनेक शूत्र
रापाग्निलाई गर्दै दहन
तिरस्कारलाई गर्दै सहन
बिकृतिमा गर्दै प्रहार
कवित्व शक्ति बन्यो आधार
उनको रूप थियो अति साकार
दुष्ट भ्रष्ट अन्याय र अत्याचारी
उनका तिरस्कृत बने भारी
त्यसैले त उनी भन्छन् –
म त तुफान पुत्रसरी,
आप्mनो क्षमता प्रभावकारी
म हुँ हेर ज्ञानको भकारी
त्यसैले बिकृति त स्वीकार्य छैन
अविवेकको ग्रहण छैन
ज्वालामुखीको साच्ैच उद्गार
उनी पनि यहाँ हेर्दा,
ज्वालामुखीका साभार
जब जब पृथ्वीमा
चापको मात्रा बढ्दै जान्छ
तब तब ज्वालामुखी
विष्फोटनको बाटो खोज्छ
असह्य त्यो वेदनामा
उसको तन पागल बन्छ
अल्लि कमजोर पायो भने
पृथ्वीलाई त्यहीँं तोडछ
अनि त्यहाँ लाभा छर्छ
कविको यो कवितामा
ज्वालामुखी देखा पर्छ
असह्य त्यो घाऊहरू
अति पीडादाई बन्दै जान्छन्
ज्वालामुखी धारण गर्छन्
विष्फोटनकोस्वरूप लिन्छन्
एक एक शब्द ओक्लिंदै
बिकृतिको पर्दाफासमा
यिनले पनि लाभा छर्छ
कलम यस्तै यस्तै हुन्छ
कहिले ज्वालामुखी बन्छ
कहिले भूइँचालाको रूपधर्छ
कहिले क्रान्तिको विगुल फुक्छ
शासक बर्ग हल्लाई दिन्छ
व्यवस्थालाई भत्काइ दिन्छ
निर्माणको कुरा गर्दा
यसले, सुन्दर समाज निर्माण गर्छ
पागल कविताको हरेक शब्द शब्द
विकृतिलाई घोचेका छन्
शासकको अन्धो पनलाई
सुलीभित्र उनेका छन्
एर्थाथको कसौटीमा
एथार्थ नै पोखेका छन्
यो त एउटा अथाह ज्ञान सागर
मैले भनेको छु बारंबार
यस्तै छ यो संसार