मकैको पात बजाउनु खोल्सीपारि म कुर्दै छु
सुस्त सुस्त सुस्ताउनु खोल्सीपारि म कुर्दै छु ।१।
बाधाहरू धेरै होलान्, थाहा पाए कुरा काट्लान्
सजक हुनु नडराउनु खोल्सीपारि म कुर्दै छु ।२।
ढोकाबाट ननिस्कनु, कुकुर भुके हल्ला हुन्छ
झ्यालैबाट निस्की आउनु खोल्सीपारि म कुर्दै छु ।३।
फेरि आमा बाबु रोलान्, छोरी हराई भन्दै खोज्लान्
चिठीबाटै सम्झाउनु खोल्सीपारि म कुर्दै छु ।४।
दुई चार दिन हो, त्याँडी स्वीकार हुन्छ सानु
तिमी आँसु नबगाउनु खोल्सीपारि म कुर्दै छु ।५।
गोरखा