19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

राजधानीको नौटङ्की

कविता राजेन्द्र पहाडी November 8, 2011, 10:19 am
राजेन्द्र पहाडी
राजेन्द्र पहाडी

काठमाण्डौको कालो सडकलाई

सात फन्का मारेर

काकाकुल चिच्चाए“ म

तर शहर सुने नसुनेझैं

चुपचाप बस्यो

उत्तानो फर्केर

म तिर फर्केर पिच्च थुक्यो

कालो धु“वाको मुस्लो... अनि

साथमा एक पसर अविश्वास ।

गाउ“मा प्राविधिक स्कुल खोल्ने

लहड झोलाभरी खा“देर

भीरखोले गाउ“बाट

अलिकति आशा

अलिकति शंका

अलिकति जोश र होश बोकेर

केन्द्र झरेको म

मन्त्रीको ओठे जवाफबाट झसङ्ग भए“

उनी भन्दै थिए–

पार्टी च्यानलबाट सिफरिस आउनु प¥यो

काम हुन दाम चाहिन्छ

दाम भए माम पाइन्छ

देशभन्दा पार्टी ठूलो

जनताभन्दा नेता ठूलो

तसर्थ, भरपर्दो नेताको

सहमती नआई फाइल अघि बढ्दैन

फाइल नै नभए काम पनि बन्दैन

मन्त्री महोदय सुझाइ रहे मलाई

नया“ नेपालमा पार्टी अहम् हुन्छ

दलको सिफारिस सबैतिर चल्छ

पार्टी...पार्टी...पार्टी...

काम नबन्ने निधो भएसी

म चुपचाप गाउ“ फर्के

उही हलो, कोदालो, ह“सिया, खुर्पेटो

आदि...इत्यादि...

मेरो विद्यालयका विद्यार्थी सम्झे...

देश उल्ट्याउने

देश सुल्ट्याउने

नेताका भाषण मेरा किचमिरा कान वरीपरी

झ्याउकीरी बासिरहे ।

धारेहात लगाएर लोकतन्त्र सराप्नेहरु

आजको सा“झ पनि हर्षका दीप बाल्नेछन्

किनकि, सपनाको व्यापार गर्नेहरु

आजकल दैनन्दिन स्खलित बन्दै गएकाछन्

स्वत्व गुमाइरहेछन्

अविश्वास बढाइरहेछन्

देश प्रजातन्त्र चहराइरहेछ त्यसरी नै...

जसरी राजधानी धा“जा फाटिरहेछ

क्षण–प्रतिक्षण मौन नगरबधु बनेर

राजधानी अचेल नौटङ्कीमा मस्त छ ।।

कुश्मा, पर्वत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।