19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

चेलीहरूलाई सन्देश

कविता मोहन सिटौला November 10, 2011, 10:12 pm
मोहन सिटौला
मोहन सिटौला

धर्ती, व्योम र तारका रवि,शशी, ग्रहादि पिण्डैहरू

महाकाश र अन्तरिक्ष विपुलै, आकाशगङ्गाहरू

मट्टी, अग्नि, समीर, तेज, जलधीे, आकाश, प्रकाशका

सारा तत्व मिलेर नीतनव भै चल्दोछ सृष्टि कथा

हाम्रो जीवन यो विशाल भवमा हेमप्रभासार हो

नित्यै स्निग्ध भएर बग्छ सरिता यो सागरै–सार हो

हावा भर्छ खलाँति यो जिवनमा यो वायु–ब्यालून हो

नशा, माशु र हड्डी अड्डि दरिला, जालो छ विश्वै अहो !

सारा जीव, विशाल, सूक्ष्म, रूपका चल्छन् महाकालमा

मान्छे हो पशुझैं समान भवमा यी जन्ममा, मृत्युमा

मान्छे तैपनि भिन्न हुन्छ दिलले, दिमाग, संस्कारले

उच्चो चिन्तनले, सदा प्रगतिले, सेवा र कल्याणले

सुधाले वसुधा भरेर दिलले सत्पे्रम, सद्भावले

कलाका र सुकल्पना जगतमा, सुचिन्तना मार्गले

सत्ता सिर्जनको महान महिमा अहो ! अविनाशी हो

‘माटो हो हुनता तथापि’ विपुलै चैतन्यको खेल हो

छैनन् राक्षस, भूत, दानव कतै ती ईशका आकृति

मान्छेको चल, सोच, कर्मफलले बन्छन् विविधाकृति

मान्छे गिर्छ अनन्त खाडलमुनी दुष्कार्यले, भूmटले

स्वर्गै गुम्छ मिठो सफा धरणिमा चरित्रहिन् पापले

मान्छे उठ्छ उचाइका चलनले, सञ्चेतका योगले

महात्मा र मनीष, ईश, सब ती बन्छन् महान् कार्यले

मान्छेको दिल, चित्त, कार्य जगमा उच्चाईको संस्कृति

उच्चो सोच र जीवनी जगतमा सन्मानवैका कृति

सारा व्यापक गोलका सवजना, समाज सन्मानले

नाना हार्दिक भावले मृदुमयी माता, पिता, वन्धुले

गर्छौं ज्ञापन यो वधाई खुसिले, बोल्छौं आशिर्वादले

भावै भाव स्वभाव भित्री भवको भाषा भरी भेलले

चेली हे ! तिमी बढ्दछ््यौ सहजले, कौमार्यले, वैंशले

शिक्षा, सङ्गित, नृत्य, वंशी दिलको मृदङ्गका तालले

शालीनी, सुषमा, सुवासिनी अहा ! मोती तिमी प्रातकी

मोहीनी कल–कान्ति हे विपिनकी ! हौ चाँदनी रातकी !

मालीनी महिमा मनोहर मिठा माधुर्य सन्मानकी

सफा कञ्चन चित्तकी, वचनकी, आदर्श अम्लानकी

माया मोहन मानकी मधुमती, श्रद्धामयी जानकी

बालाका सुकला लिला सजलकी हौ धारिणी सृष्टिकी

पढ्दैछ््यौ अनि बढ्दछ््यौ जिवनमा समुन्नति नित्य होस्

सच्चाई दिल, सोचमा, चलनमा उच्चाई नित्यै रहोस्

तिम्रो जीवन नित्य पूmलसरी भै सुष्मा र सौन्दर्यमा

फुल्दै जीवन चालमा चलिरहोस् डुल्दै नयाँ बागमा

आफ्ना ईच्छा सदैव पूर्णत बनुन् नानी समुदायकी

हाम्रो ईज्जत मान, ज्ञान, गरिमा, सगर्व सन्मानकी !

शिक्षा, तालिम, दीक्षितै सव भई, सुसङ्गतैमा रही

गर्नु पर्छ भलाइका कृति–कला सन्र्मागमा नै वही

युनीभर्सिटि एक साधन बढो प्रकाशको पुञ्ज हो

शिक्षा,संगत सङ्गितै नवनितै सरस्वतीको स्थलो

नयाँ चिन्तन चक्षु दिन्छ त्यसले सन्देश दूरान्तको

जादू भर्छ अभ्यासले जीवनमा, चरित्रमा योग हो

नानी ! वास्तव जीवनी जगतमा हो पाठशाला ठूलो

कैल्यै पूर्ण हुँदैन शिक्षण, कला अनन्त क्षेत्रै छ यो

केही प्राप्त गरेर ज्ञान र सिपै मान्छे व्यवसायमा

लाग्छन् जीवनका मिठा र नमिठा संघर्षका मार्गमा

त्यो आफ्नै खुस हो यथा समयको जे हुन्छ प्रवाहमा

आफ्नो वंशि सुनेर भित्र दिलको चल्नु त्यसै चालमा

आफ्ना दुःख र हर्षका क्षणहरू मिलाउँदै तालमा

बग्नु, उड्नु र बूढनू समुहमा, कैले एकान्तैमहाँ

तिम्रो सुन्दर चञ्चले छविछटा छर्दै डुलोस् सौरभ

तिम्रो शील स्वभाव, मान, महिमा फुल्दै बढोस् गौरव

नानी ! सान र मान, ज्ञान भरदै सुशीलता सिक्नु है !

शिल्पी ! सीप सिकेर जीवनकला, सुसिर्जना खिप्नु है !

तिम्रो चञ्चलता, सुकोमल लता लावण्यले पुष्पित

छर्दै बाग भरी सुवर्ण कणिका, पराग सौगन्धित

पूmलोस् वैंश विनम्रका चलनले दिलै भरी छालले

फलोस् प्रेम छछल्किंदै रहरमा तरङ्गका तालले

धड्क्योस् त्यो नव यौवनी मुटु सदा मृदङ्गका नादले

गुञ्ज्योस् है नव सङ्गितै जिवनको विणामयी मादले

गम्क्योस् नृत्य अदृश्य–दृश्य तहका बान्की मिठा चालले

आउन् हेर्न उदेकले परिहरू, नाचुन्् , रमुन् मेलले

वंशी हो सब सृष्टि यो मुरली हो, मृदङ्ग हो, गीत हो

प्रेमै हो जिवनी सफा सुदिलको आनन्दको जीत हो ।

तुन्नू जीवन यो विशाल जटिलो बुनौट हो तानको

गुन्नू मानसमा बुनिन्छ जगमा यो सृष्टिको सान हो

बुन्नू स्वप्न, सुकल्पना लहरले, उड्नू खुला पङ्खले

सुन्नू भित्रि र बाहिरी समझले ध्वनी मिठा धूनले

उन्नू विप्न भरी नवीन कविता सन्देशले, शैलिले

चुन्नू जीवनको नवीननितको कला स्वयं प्रेमले

छान्नू चङ्ख भएर उच्च गिरिको, आकांक्ष आकाशको

जान्नू गूढ रहस्य सत्य गहिरो धर्ती प्रयोग्शाल हो

आफ्नै जीवन नै प्रयोग गरदै सुबोध, सम्वेदना

भोग्दै सूक्ष्म, विशाल चेतचपला टिप्नू रसिला कणा

खेल्छन् राग र रागिणी मुटु भरी झङ्कार तारै गरी

फुल्छन् प्रेम अनन्त माद–वयले बजाउँदै बाँसुरी

डुल्छन् गीत बजाउँदै पवनले अनन्तको बाँसुरी

खुल्छन् जीवनका रहस्य रमिता यो जीवनी बाँसुरी

प्रेमै हो रसरङ्ग जीवन भरी यो सृष्टिको सार हो

कृष्णैकृष्ण लिलामयी छ जगतै अपार वंशी अहो !

यात्री ! मार्ग बुझेर नित्य भवमा सन्मार्गमा हिंड्नु है !

धात्री ! धीर भएर भार सहँदै धर्ती भई ज्यूनु है !

दात्री हे ! मुदु कल्पबृक्षसरि भै दानी सदा बन्नु है !

मात्री ! मानवको जितेर मननै मायाँमयी बन्नु है !

सुपात्री वसुधा ! सुधामय बनी कल्याणकारी हुँदै

स्वर्गै झार अपार पार जिवनी वसुन्धरामा सँधै

बग्छ््यौ हिर्दय भित्र हे जलनिधी ! भावै भरी चम्किला

उड्छ््यौ पङ्ख चलाई स्वच्छ वयका सुकल्पना रङ्गिला

हे माहेस्वरि ! सुक्त, वेद, कखरा, माहेस्वराणी तिमी

गायत्री ! तिमि वेद, काव्य, सुकला, श्रीपुञ्ज हौ ज्ञानकी

सावित्री ! कटु काल रोकि रहने श्रीपुञ्ज हौ ध्यानकी

पवित्रा ! तिमि स्वच्छ छ््यौ शरिरकी, स्वच्छन्द छ््यौ चित्तकी

सारा निर्भयता छरेर खुसीले निर्बिघ्नछ््यौ ढुक्ककी

मानीनी मृदु कामिनी सुदिलकी, सौजन्य हौ सुक्खकी

चम्क्योस् त्यो परिवेस वेस गरिमा व्याप्तै भई मोतिर्झैं

गम्क्योस् जीवन–जङ्ग शान्त महिमा छर्दै नयाँ ज्योतिझै

ंकल्पिन्छन् मनका तरङ्ग छरिता छिटा मिठा रागका

चुम्छन् पुष्प सबै दिशाविदिशका पराग ती बागका

बन्देवी तिमीलाई रक्षण गरुन्, देवै समूदायका

दायाँ हुन् रवि–चन्द्रमा सहजमा सन्मित्र मन्भित्रका

नित्यै जङ्गलले सुमङ्गल गरुन्, समाजका देवले

प्रकृती अनि संस्कृति मिलीजुली आफन्ति हुन् स्नेहले

तिम्रो स्वच्छ सहृदयी सुदिल त्यो सक्ुखी, सदा शान्त होस्

काया कञ्चन होस्, सोचाई दिनहूँ संस्कारले दीप्त होस्

धर्ती नित्य प्रयोग–पाण्डव ठुलो स्वधर्मको, कर्मको

कालाकण्टकजन्य ताण्डवहरू दिन्छन् पिडा मर्मको

पाखण्डीहरूका ती जाल रचना तोडेर साफै गरी

हुर्काऊ र उठाऊ सत्य विपना, सम्वेदना बेस्सरी

फड्का मार्छ पराक्रमी मनुजले सन्देश बोकी नयाँ

नित्यै साँटिरहन्छ रूप रँगनै फैलाइ आभा नयाँ

मान्छेको जुनि हो महासमरको, संघर्षको, सोचको

कायाकल्प नयाँ बनाई रहने, सँधै नयाँ खोजको

गाउँछन् लयकार, नर्तकहरू नाच्छन् महामञ्चमा

खोच्छन् सत्य सँधै ती शोधकहरू, ती शास्त्रवेत्ता यहाँ

उडाई मुदु कल्पना, रसभरी , रङ्गै भरी चम्किला

ढाक्दै जीवनमा पिताम्बर नयाँ छाँयाछवी बान्किला

ल्याउँछन्, मधु भृङ्गझैं जगतमा तपस्वी, द्रष्टाहरू

पोख्छन् काव्य, कलारसै भुवनमा स्वच्छन्द स्रष्टाहरू

ऋणी हुन्छ मनुष्य जन्मसितनै भन्छन् मिमांसीहरू

तिर्नु पर्छ ती ऋण जीवन भरी भन्छन् महात्माहरू

ऋणी हुन्छ भनिन्छ मानव यहाँँ त्यो जन्मको रीण रे

देवै रीण र पितृरीण–जननी, आचार्यको रीण रे

मात्रीरीण अरू गनिन्छ त भने चारैवटा नै भए

गर्नु पर्छ पराक्रमै धरतिमा – कालैजयी कार्य हो

घट््छन् धेर सवै मनुष्यहरूका सद्कार्यका कामले

छिन्छन् कोही पराक्रमी पुरुष औ विरङ्गना नारीले

त्यस्मा, यो जिवनी छ एक अवसर् यो क्षेत्र हो युद्धको

कल्याणी वसुधा हुँदा, मनुजले युद्धै गरुन् शान्तिको

जेजस्तो जसरी गरे पनि कुरा यौटै कुरा सत्य होः

गर्नुपर्छ पराक्रमै मनुजले ः अन्याय औ झूटको

झाँको झार्नु अवश्य पर्छ नहटी, पाखण्ड औ लूटको

यदुवा नव्य कुरा गरेर दुनियाँलाई भलो, हीतको

सेवा भाव र नव्य क्षेत्र, सुपथै देखाऊ कल्याणको

ऐतीहासिक नव्य घुम्ति गरने सोचाइ, फड्काहरू

पार्छन् डोब नमेटिने समयले, पराक्रमी जन्हरू

स्वाभीमान, स्वदेशमान, ‘वसुधा–कुटुम्बकम्’ मन्त्र हुन्

स्वसन्मान र राष्ट्र, विश्व–गरिमा ताजा महातन्त्र हुन्

पूर्वी, पश्चिमका, सवै समयका सन्दीर्घ सिद्धान्त हुन्

वलीदान, मृत्युञ्जयी जिवनका प्रतिज्ञ, सत्कार्य हुन्

मान्छेको महिमा महान मुटुका आदर्शका मूल हुन्

यिन्मा चित्त दिनु, दिएनत भने सारै ठूला भूल हुन्

ढल्नु हुन्न कदापि काफर हुँदै, निराशले ढाकिंदा

गल्नु हुन्न कदापि भार थपिंदा, आपत्तिले छेकिंदा

चल्नु नम्र भएर, फुल्नु सुषमा, खुल्नु सदा ज्ञानि भै

बल्नु जीवनमा र फल्नु यशमा मृत्युञ्जयी मानि भै

शब्दै हो, ध्वनि हो अकाश, अवनी, ब्रह्माण्डको, सृष्टिको

भाषा हो जगमा, मनुष्य भरको सुस्पष्ट सन्देशको

भाषा तैपनि हुन्छ चीजबिजको, पन्छी, पशू, मत्श्यको

कीरा, कङ्कड, भित्ति, बृक्ष, कुशुमै, झोला र सुट्केसको

भावैभाव छ , आशयै सतहमा, गम्भीरमा, गूढमा

सारा चेतन औ अचेत सबको छ ‘विश्वभाषा’ यहाँ

सारा यी अति सूक्ष्म खेल, चलले बन्छन् सहभागी नै

सूक्ष्मै बोध लिएर आशय बुझे सम्वेदितै मर्मले

सारा भन्न के सक्नु ? सीमित सबै अल्पज्ञ, विनम्रले,

भक्तीभाव–सुभाषितै भय नभै, विश्वासले, ज्ञानले

खट्नू दृढ भएर आत्मबलले , अठोटले, आँटले

चल्ने जीवन यो क्रमै समयले ढल्ने छ यो जिन्दगी

ढल्ला सृष्टि कहाँ ? यहाँँ विपुलमा, खुल्छन् नयाँ सन्तती !

तिमी दीप्त रहौ सवै समयमा नयाँ, पुराना सँगी

सुखी हौ नव, भव्य मार्ग भवमा सौभाग्यकी हे ! छवि !

अस्टिन्, टेक्सस्

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।