18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत दीपेन्द्र के.सी. November 11, 2011, 4:24 pm

हिडिरहेछु अँधेरी रातमा

दिएर तिमीलाई उजेली

वास तिम्रो पराई घरमा

भुलिदैन यो सास रहुञ्जेली ।

भत्काइगयौ कल्पनाको घर

अरुको लहलहैमा लागेर

मिल्यो होला धेरै तिमीलाई

लिइ सर्वस्व छेउ मेरो त्यागेर ।

खाली साथ, रित्तो अँगालो

ओरालीमा म एक्लै झर्दा

चिरियो मुटु यसै

सिंउदो तिम्रो अर्कैले भर्दा ।

सिन्दूरकै कसम आज

प्रीत मेरो अर्कैको पेवा भो

जोडी छुटयो, प्रीत टुुटयो

यो दुःखी एक्लो परेवा भो ।।

ओस्टण्डे, वेल्जियम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।