पुरानै त्यो चौतारीमा पर्ख शान्ति अब
घरको कुरा मिल्न ला’छ फर्क शान्ति अब
जेठाजु र जेठानीले जरै खने भन्थ्यौ
कति गर्नु झगडा नझर्क शान्ति अब
प्रचण्ड र बाबुराम दाइ धेरै नरम भा’छन्
नहोस् हिंसा सत्यबिज छर्क शान्ति अब
झलनाथ र सुशिल दा’को बोली सुध्रेको छ
भाउजुहरु यस्तै हुन् नचर्क शान्ति अब
थाहै त छ छिमेकीको चाला तिम्लाई पनि
छिट्टै थालै मिल्नुपर्ने तर्क शान्ति अब
बुटवल–११, कालिकानगर