17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कशिश उर्दू गजलसङ्ग्रह अध्ययन गर्दा

कृति/समीक्षा सदानन्द अभागी November 15, 2011, 7:38 am
सदानन्द अभागी
सदानन्द अभागी

अशफाक ‘संघर्ष ताबिश‘सँग मेरो भेटघाट भएको छ छैन थाहा छैन तर उहाँले लेख्नु भएको कशिश उर्दू गजलसङ्ग्रह भने, उहाँले नै समीक्षाको लागि हार्दिक अनुरोध भनि सम्झना गरेको, मेरो हातमा छ र मैले अध्ययन गर्दै छु । उर्दूको ज्ञाता नभए पनि दोहो¥याइ तेहे¥याई पढि रहेको छु र तनवीर (रोशनी) पाइरहेको छु । संक्षेपमा भन्नु पर्दा यो गजलसङ्ग्रह जस्ले पढ्छ उसले जगलले जुन आनन्द प्रदान गर्ने त्यो आनन्दको अनुभूति अवश्य गर्दछ भन्ने लाग्दछ । कशिशको आवरणको अधिल्लो पृष्ठ, प्राकृतिक सौन्दर्यमा उभिएको एक मानिसलाई दुई नेत्र ज्योतिले रोशनी छरिरहेका छन् भने आवरणको पछिल्लो पृष्ठमा युवा साहित्यकार अशफाक संघर्ष ताविश को काव्यात्मक परिचय शीर्षक दिएर नयाँ नेपाल साहित्यिक पत्रिकाका सम्पादक आनन्द मायालुले लामो कवितामा अशफाकको परिचय गराउनु भएको छ । आनन्द गिरीले कृतिकारको परिचयको सिलसिलामा लेखिएका अन्तिम हरफ यस प्रकार छन् –

“यह लेखक देश ही नहीं विदेश में ही नाम कमायेगा

देश नेपाल का नाम दुनिया में चमकायेगा”

यस गजलसङ्ग्रहको सम्बन्धमा मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठान वाँके शाखाका अध्यक्ष कृष्ण गिरी ‘मधुवनले लेख्नु हुन्छ –“नेपालगंजको उर्दूगजल साहित्यको परम्परा निकै नै जीवन्त, समृद्ध र गौरवशाली रहेको छ । यस शाखाले यस पटक त्यही परंपरालाई जोगाउन कम्मर कसेर लागेका युवा प्रतिभा अशफाक ‘संघर्ष ताविश को‘ गजलसङ्ग्रह प्रकाशित गरेर नेपालगंजको उर्दूगजलको इतिहासलाई जोगाउने सानो प्रयत्न गरेको हो ।” कशिश गजलसङ्ग्रहको प्रकाशन मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठान, वाँके शाखाले गरेको छ। यसरी देशका विभिन्न भाषाका गजलकारहरूको प्रतिभालाई उजागार गरेर वाँके शाखाले अति प्रशंसनीय कामगरेकोमा सर्बप्रथम वाँके शाखा र त्यसका सम्पूर्ण पदाधिकारीहरू धन्यवादका पात्र हुनुहुन्छ । यस्ता सारगर्भित कामले गजलको उत्थानमात्र नभै नेपाली साहित्यलाई पनि टेवा मिल्छ ।

यस गजल सङ्ग्रहमा के छ त भन्ने सत्यतथ्यमा मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठान नेपालगञ्जका केन्द्रिय –उपाध्यक्ष प्रकाश राजापुरीले भूमिका शीर्षक दिएर लेख्नुहुन्छ –“उनका गजलमा हुस्नको निखार छ प्रणयका कुराहरू छन्, प्रेम दर्शन, युगवोध, पनि छ साथै भाषा, शिल्पशैली पनि छ ।”

मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठान नेपालगञ्ज बाँकेका अध्यक्ष अब्त्तदुल तलिफ ‘शौक‘ लेख्नु हुन्छ –इस उम्रमे जो कुछ उन्होने लिखा है इस लायक है की उसे सराहा जाए, , इनके कलाम मे ईसे उसकी तारिफ कि जाए इनके कलममे अभि जिन्दगीके तर्जुबातत भले न हो मगर दिल की उसमे शायरान शौक और बाक पनका अन्दाज भर पुर है ।” अशाफाकलाई शुभ कामना शीर्षक दिएर पूर्ब सदस्य ने.रा. प्रा. प. सनत रेग्मी लेख्नु हुन्छ – “उनको साहित्यिक अभिरुचि, निबन्ध, र गजल कारिताले उनको साहित्यिक व्यक्तित्वको बिकासबाट म साह्रै प्रभावित भएको थिएँ” भन्दै यो गजलसङ्ग्रह प्रकाशन हुन लागेकोमा खुसी प्रकट गर्नु भएको छ । सरिता लोक भारती संस्थान सुल्तान पुरका भारतके अध्यक्ष÷ सम्पादक कृष्णामणि चतुर्वेदी ‘मैत्रेय‘ ले शुभाषी शीर्षक दिएर लेख्नु हुन्छ –कृति कशिश गजल सङ्ग्रह में लोकप्रिय रचनायें संग्रहीत हैं ............ कृति की कतिपय रचनायें यथार्थके निकर्ष पर आरुढ प्रतित होती हैं, भाषा में प्रवाह भी है ।” शुभेच्छाका दुई शब्द शीर्षक दिएर नेपाल भारत संयुक्त पत्रकार म œच , सम्पादक –जनमत अर्ध साप्ताहिकका संयोजक पूर्ण लाल चुके लेख्नु हुन्छ – “कल्पनाको महासागरमा डुबुल्की मार्नु भन्दा यस्तै वास्तविकतामा आधारित हाम्रा जीवनका भोगाई, सामाजिक विसंगतिलाई आप्mनो लेखनीबाट उजागर गर्दै सकारात्मक सन्देश दिन सक्यौं भने अहिलेको हाम्रो मुलुकमा फैलिरहेको नेपाली–नेपाली बीचको कटुता वैमनश्यता न्यूनिकरण भई आपसी समझदारी मेलमिलाप र सामाजिक सद्भाव अभिबृद्धि अनि समृद्धशाली र एकताबद्ध,विशाल नेपालको जग अझ मजबूत पार्न नेपाली साहित्यकाररुको ठूलो योगदान हुने थियो ।” उहाँको पोखाईमा ताबिशका गजलहहरू बास्तबिकतामा आधारित छन् । यो भनाईलाई गजलको अध्ययनगर्दा प्रमाणित गर्दछ । शुभ – कामना शीर्षक दिएर बरिष्ठ गजलकार खगेन्द्र गिरी ‘कोपिलॉले नेपालगञ्जको गजल साहित्यको पुरानो रौनक हराएकोमा अशफाक जस्ता युवकहरूको सकृयताले त्यो रौनक फर्केर आउने आशा पलाएको महसूस गर्नु हुन्छ । शुभ – कामनाका शीर्षकमा बरिष्ठ गजलकार पुष्प अधिकारी ‘अञ्जली‘ लेख्नु हुन्छ –“साहित्य समयको शक्तिशाली आवाज हो । यसबाट युग निर्माण हुन्छ ।............युग आवाज बोल्ने उत्साही स्रष्टा अशफाकको युगीन प्रयासलाई हामी सबैले सम्झनै पर्दछ ।” शुभ –कामना शीर्षक दिएर अवधी सांस्कृतिक प्रतिष्ठान केन्द्रिय समिति नेपालगञ्जका केन्द्रिय अध्यक्ष बिष्णुलाल कुमाल –प्रजापतिले लेख्नु हुन्छ –“......अधिकांश कार्यक्रममा उर्दू गजल कविता, मुक्तक बराबर प्रस्तुत करतय कार्यक्रमके गरिमा बढाबा गबा हय” भन्दै उर्दू गजलसङ्ग्रह प्रकाशनमा पूर्ण सफलताको शुभकामना प्रस्तुत गर्नु भएको छ । शुभ –कामना शीर्षकमा बागेश्वरी असल शासन क्लब (बास) नेपालगंज उपशाखाका अध्यक्ष एस. शेष. बब्लुशेषले लेख्नु हुन्छ – “......... नयाँ पन ल्याउने र बर्तमान २१औं शताब्दीमा हरेकमा जोश जाँगर ल्याउने यस सङ्ग्रहले महत्वपूर्ण भूमिका खेल्ने छ भन्ने अपेक्षा पनि गरेको छु । कृतिकारको सारलाई केलाउँदा पनि उनले आज हाम्रो देश रोएको, मुर्झाएको, कालो बादलबाट घ्रिएको र पानी बिनाको माछा जस्तो तड्पिरहेको छ । हत्या हिंसा अराजकता भेदभाव, उत्पीडन, विमति, उचनीच, सम्पन्न, बिपन्नका बीच ठूलो खाडल देखिएको हाम्रो नेपाली समाजमा घटिरहेका घटनालाई देखेर मर्म स्पर्शी पीडा वेदना र प्रेम मिलन, बिछोडका अक्षरहरूबाट सच्चा साहित्यकारहरूले साहित्य सिङ्गार्ने भएकाले उनले पनि साहित्यमा समर्पित भएको अभिव्यक्ति दिएका छन् । वास्तवमा उन्ले यहाँ प्रस्तुत गर्न लागेको भावना र गजल अध्ययन गर्दा निस्कने निचोड पनि यही नै देखिएको छ ।

गजल एउटा काव्यको रूप हो । यो काव्यले जीवन र जगतलाईं जोडेर कोमलता र हर्दिकतालाई र लयात्मकतालाई अङ्गालेर अर्थपूर्ण प्रस्तुती गरेको हुन्छ । गजलका शेरहरूले । गजलको संरचनामा मिसरा(मिसरा ए उला पहिलो पंक्ति र दोस्रो पक्तिलाई मिसराए सानी) ,मतला शेर आशफाकका गजलहरूमा एकवटा गजलमा मात्र चार शेरबाट बनेको छ भने अरु पाँच देखि आठ सम्मका शेरहरूको संरचना पाइन्छ शेरहरू दरबिला बनेका छन् जस्तै

दिलो दिमाग पे छाई बहार होली की

नजर–नजर मे समाई बहार होली की

होली मिलन पृष्ठ १

यो होलीपर्वमा लेखिउको गजल हो । होलिको बहार दिल र दिमागमा छाएको छ र यसले नजर नजथरलाइृ समाएको छ।

गजलमा विविधता छ ् सुन्दरतामा लेखिएको गजलको एक शेरलाइइ लिएर हेरौं

शर्मा के चाँद छुप गया वादल की तीरनी में

देखा जो हुश्न तेरा दुनिया की रोशनी में

उस बेवफा को .... पृष्ठ २

आजभोली मानबको व्यवहार कस्तो छ त –

लोगों को बेबकूफ बनाते है आजकल

चोहेरे बदल–बदल के यो आते हैं आजकल

ऐब मिनाते हैं पृष्ठ ४२

राष्ट्र भक्तिमा लेखिएको गजलको उदाहरण –

मिट गया जो भी देश पर ताबिस

बाँकी उसका बकार रहेता है

देश पर ताबिस पृष्ठ ४३

गजलले भ्रष्टचार, राष्ट्रभक्ति, धर्म, छिमेकी मित्रराष्ट्र भारत र नेपाल सम्बन्ध लगायत विविध पक्षलाई समेट्न सफल देखिन्छ । गजल उर्दूमा लेखिएको हुनाले मीठा मीठा गजल भए पनि यो पंक्तिकारलाई बुभ्mन कठिन भएको यथार्थता भने लुकाउन चाहान्न तर पनि गजलले पठनीय्, लयात्मक, गायत्मक, कोमलभाव, समाजिक आदर्शलाई समेट्न कोशिस गरिएको छ । विविध खाले गजलको प्रयोग भएको भएता पनि प्रणयमा प्रवलता भने अवश्य देखिन्छ जो स्वभाविक पनि हो् ।

गजलको संरचनालाई हेर्दा शेरको निर्माण हुनलाई मिसरा ए उल्ला (पहिलो पङ्क्ति) र मिसरा ए सानी(दोस्रो पङक्ति) को आवश्यक हुन्छ । शेर गजलको आधारस्तम्भ हो । गजलको पहिलो शेरलाई मतला भनिन्छ । गजलको अन्तिम शेरलाई मकता भनिन्छ । मतलाका दुबै पङ्क्तिमा रफिद र काफिया हुन्छ भने मकतामा गजलकारले आप्mनो नाम या उपनाम जोडेको पाइन्छ । यस्तो जोडिएको नाम या उपनामलाई तखल्लुस भनिन्छ । कशिशमा हामिले तखल्लुस प्रयोग गरिएका नगरिएका दुबै मकताहरू पाउँछम् –

उसूल सच्चे निभाकर के हिन्द से ताबिश

फिरंगियों को निकाला महात्मा गान्धी ने

( तखल्लुस जोडिएको)

मेरे दिल की वही तमन्ना है

दम मेरा निक्ले तेरी बाहों मे

( तखल्लुस नजोडिएको)

रफिद भनेको काफिया पछि आउने शब्द या शब्द समूह हो । यो मतलाको दुबै पङ्क्तिमा र त्यस पछिका शेरका दोस्रो पङ्क्तिमा प्रयोग हुन्छ । गजलमा रफिद को प्रयोग हुनै पर्छ भन्ने छैन तर प्रयोग गरियो भने यो अपरिबर्तनीय हुन्छ ।

अशफाकका गजलमा दुबै किसिमका रफिदसहित र रफिदरहितका शेरहरु पाउँछौं –

रफिदरहितका शेरहरु –

जो गुल सदा मिट्ते हैं सच्चाइके राहों में

वो पूmल महक्ते है इश्लाम के गुलशन में

पृष्ठ २५

रफिदसहित –

कभी जो पहले था संसार वो संसार नहीं

हाले गम पुछने वाला कोई गमखुवार नही

पृष्ठ ३३

काफिया

यो गजलको मतलामा र त्यस पछिका हरेक दोस्रो पङ्क्तिमा रफिद भन्दा पहिला आउने शब्द या स्वर काफिया हुन्छ । गजल लेखनमा गजलकारले यसमा निकै ध्यान दिनु पर्दछ । “एउटा बन्द खाम”मा ललिजन रावलले लेख्नु हुन्छ–“ काफियाका शब्द परिवर्तन हुन्छन् तर स्वर कहिलै परिवर्तन हुँदैनन् .............नेपाली गजलको प्राथमिक कालमा धेरै गजलकारहरू काफियाका सवालमा अति कमजोर छन् । कुरा, छुरा, चुरा, शब्दहरूसँगै केरा, छोरा, जस्ता स्वरान्तर भएका शब्दहरू काफिया बन्न सक्दैनन् । काफियाका सवालमा पूर्ण काफिया, आँशिक काफिया, या एकाक्षरी काफिया जे नाम दिए पनि गजलकारले काफियाको स्वर चिन्न सक्नु पर्दछ ।” अत कशिशमा पनि काफियामा ध्यान दिनु पर्ने आभास मिलेको छ । काशिश एउटा सुन्दर उर्दु गजलसङ्ग्रह हो । यो पठन योग्य छ र यसमा आजको संसारमा आवश्यक सबै प्रकारको धारणालाई प्रष्ट्याउने प्रयास गरिएको छ । त्यसको लागि गजलकार अशफाक ‘संघर्ष ताविश’को साथै मध्यपश्चिमाञ्चलगजल प्रतिष्ठान बाँके शाखा धन्यवादका पात्र बन्न पुगेका छन् ।

धन्यवाद !

नवलपरासी, कावास्वती, १ शान्तिचोक

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।