हरेक हरेक विहान
चियाको गिलासमा माया फिटेर
विहानी
मलाई खुवाउथी
उज्यालो भएको हैन
मंजन र ब्रश हातमा थमाएर
वाथमतिर अघि पठाउथी
कितावका चाङ् देखाएर
“भोलि“ सम्झाउथी
अर्धनिन्द्रित आङ् तन्काएर
म निस्तब्ध पहाड
एक आज्ञाकारी विद्यार्थी झैं
केही खुम्चिन्थें र माया पिउथें
तन्किन्थें र कितावमा घोरिन्थें
त्यहीं मलजलले त
ठू...लो हुनु थियो
आज विहानी हराएकी छे कतै
शून्यै शून्यताको व्याप्ती...
राजनीतिक व्या“साहरुले निले कि मेरी मायालु
रत्नपार्कमा प्रहरी र आज्दोलनकारीका
लाठी मुङ्ग््री र ढुङ्गा लागेर मरि कि
या निरङ्कुशहरुको पोल्टामा परि
या सङ्घीय गोली लाग्यो
तराइ या पहाडतिर हिड्दा हिड्दै
वा चट्टानहरुले चिरिईन् र मिल्काईन्
वा बौद्धिक स्वा“ठहरुले चपाएर निले
जेहोस यहा“ पूर्व Ôितिज ब्यूझेको छैन अझै
सगरमाथाको शीर टल्केको छैन
जे होस जेसुकै होस
म भने
यो रित्तिएको काखमा माया मागिरहेछु
बिर्सिएर पुन प्राप्त गरेको
मीठो प्रीति मागिरहेछु
म मेरी हराएकी विहानी खोजिरहे छु
म मेरी हराएकी विहानी खोजिरहे छु ।