19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कति खेर

कविता मणिराज सिंह November 21, 2011, 10:58 pm

तिम्रो आँखाको डिलमा

टलपलाएका ती आँसुले

बगाएर

कति खेर मेरा रहरहरू

वाफभैmँ उडेर अनन्त समयसँगै विलाए

मलाई

पत्तै भएन ।

तिमीले मन खोलेर

दुःख साटेको बेला

मरूभूमिमा लाम लागेर उभिएका सिउँडीका फूलझैँ

धपक्क बलेका मेरा चाहनाहरू

तिम्रो स्नेहको न्यानोपनमा

पग्लेर

कति खेर

बालुवामा हराइसकेछ

मलाई

पत्तै भएन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।