बोल्न लेख्न दिएकै छु धेरै दागा नधर है
तातो खबर दिन्छु भन्दै मेरै पछि नपर है।
मैले जति माया धेरै भन अरु कसले दिन्छ
मायामा नै मात्तिएर अन्त्य कतै नसर है।
माग्न जति मागिसक्यौ दिने अब मेरो पालो
अधिकारकै कुरा भए साह्रै भर चाहिँ नपर है।
खुशी मान्ने दिन हो यो हाँसी मज्जा गर बरू
बल्लतल्ल भेट हुँदा आँखा मलाई नतर है।
आश्वासनको चौतारीमा पर्खियौ होला यति दिन
सपनीमा बोलें होला आशैआशमा नमर है।
दुखिया छ पेशै तिम्रो के गर्छौ र 'राउत' भाई
राता-हरिया थाप बरु दुश्मनी ठ्याक्कै नगर है
सिक्किम