तिमी गयौ, आकासको जुनै हरायो
मनमा बज्ने बाँसुरीको धुनै हरायो ।
तिम्रो न्यानो साथ पाँउदा, मुटु बेकार थियो,
त्यहि मुटु बोकि गयौ, शरीरको खुनै हरायो ।
आँशु बग्न पनि आँखा भित्र रसै चाँहिदो रहेछ,
फुस्रा आँखा बोकी बाँच्छु, त्यसैले त रुनै हरायो ।
तिमी हुँदा सम्म सानो लाग्थ्यो आकास–धर्ती,
तिमीले हात छोडे पछि संसारको छेउ–कुनै हरायो ।