लाश कुल्ची हिंडेको त्यो, बाटो बोल्छ अब!
संगिन धार रोपिएको, खाटो बोल्छ अब!
जूनै जोगी आए पनि, कानै चिर्या रैछ,
धेरै बोल्यौ बाठा हरु, लाटो बोल्छ अब!
निर्धालाई जेल कोची, अपराधी छुटे
जनताको अदालतमा, भाटो बोल्छ अब!
नत दब्यो क्रान्ती हिजो, नत दब्छ भोली,
ज्वालामुखी फुटाउदै, माटो बोल्छ अब!
नँग्रा धस्छ पराईले, सिमनामा सधैं,
टिस्टा देखी काँगडाको, पाटो बोल्छ अब!
बक्लौरी ४ सुनसरी, हाल: कतार शेल कतार