18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत सुनिल सङ्गम November 24, 2011, 4:17 pm

म जहाँ पुगुँ म जहाँ रहुँ

चाहे सुख मिलोस् चाहे दु:ख सहुँ

हे आमा मेरो जगतमा तिमी छौ

यो नशा-नशा रगतमा तिमी छौ

कहाँ भुल्न सक्छु जन्मेको ठाउँ

खेलेको आगन र हुर्केको गाउँ

हे आमा मेरो आँखामा तिमी छौ

यो शब्द-शब्द भाकामा तिमी छौ

कहाँ बाँच्न सक्छु पराई बनी

अजम्बरी माया मुटु मै छ नि

हे आमा मेरो मनमा तिमी छौ

यो आनीबानी पनमा तिमी छौ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।