19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

त्यो छेस्किनीले थुनेको कोठाभित्र

कविता सागरबहादुर साउँद November 24, 2011, 8:30 am

पेटकोट माथि सार्न खोज्छन्

सुरुवाल तल तान्न खोज्छन्

भगवानहरु आजकाल

छातीमा जीवन जोगाउने यन्त्रउपकरण टाँस्दै

तिघ्रा सुम्सुम्याउन खोज्छन्

छाती हल्लाउन खोज्छन्

ईज्जतको दाउमा मौन बस्ने नारीलाई

बलात्कार गर्न खोज्छन्

भगवान आजकालका ।

त्यो मान्छे, जो जिन्दगी बचाउँछ

त्यो मान्छे, जो जीवन रसाउँछ

भगवानै हो ।

मान्छे भगवान काँ रुदै आउँछन्

मरेका आशा बाँच्ने रहरमा आउँछन्

जस्को प्रिय सुभाषैले मात्र पनि

चिहानमा पुगेको जिन्दगी फर्केर आउँछ ।

तर तिनै भगवान आजकाल

कसैका पेटकोट खोल्न थाल्छन्

कसैका ब्लाउज च्यात्न खोज्छन्

गिद्धेदृष्ट्रि लगाउँछन् कसैका अस्मितामा ।

एउटा भाग दुखेको हुन्छ

अर्को भाग हेर्न तम्सिन्छ

त्यो छेस्किनीले थुनेको कोठाभित्र

शुभ्र वस्त्रमा सजिएका भगवानहरु

आफना पिचासी प्यास मेटाउन

कसैका पेटकोट माथि सार्न खोज्छन्

कसैका सुरुवाल तल तान्न खोज्छन् ।

जोगबुडा, डडेल्धुरा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।