19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नेपथ्यका सपनाहरु

कविता राजेन्द्र पहाडी November 25, 2011, 10:24 am
राजेन्द्र पहाडी
राजेन्द्र पहाडी

भगवानस“ग प्रार्थना गरे“ मैले

सक्ने भए मलाई

चिसो आगो देउ,

तातो पानी देउ,

जसमाथि बिरालोझैं रुझेको मन

खलियानको धानझैं ओसिएको तन

सेकाउन सकौं,

तताउन सकौं,

अफशोच,

उसले मलाई

तातो ज्वाला दियो,

फुस्फुसे आश्वासन दियो,

र दियो आर्तका बाजाहरु

जहा“ मैले नया“ बिहानीको

आजाद सपना नचाइरहेछु ।

नैतिकताको भुकम्पले छत्विक्षत

आणविक भट्टीछेउ उभिएर

मैले मानवताको क्षितिज चिहाए“,

विज्ञानको आविष्कार खोतले“,

र देखे“ पत्रैपत्र सुनामीका

अनन्त छालहरुले

मान्छेको अस्मितालाई नङ्ग्याइरहेका

र मेरा कलिला सपना बलात्कृत भएका ।

म किंकर्तव्यविमुढ सोचिरहेछु,

किन लड्छ मान्छे वित्ता र कित्ताका लागि ?

किन रापिन्छ मान्छे फोस्रो उन्माद सा“चेर ?

अस्त्रशस्त्र थुप्राएर भट्टीहरुमा,

जीउ“दा सपनाको सडक जाम गरेर,

किन खोज्छ मान्छे शान्ति हावामा ?

म गम्छु÷म खल्बलिन्छु आफैभित्र,

मनको व्यापारको

असरल्ल पसल ओछ्याएर

अमरत्व कामना गर्ने मान्छे

आज डामिएर मरिरहेछ

आफ्नै विकिरणबाट ।

विछिप्त मनोदशा रोपेर

शुभकामनाको नाममा

खेतभरी ऐ“जेरु फूलाउन

नया“वर्ष पर्खिन्छौं हामी

र गाड्छौं पीडाका शुलहरु,

क्यालेण्डरको व्यापार बढाउन

पर्व, जात्रा र चाड्हरु

महिनैपिच्छे खोपेर कागजमा

यातना शिविर खडा गरिरहेछौं हामी ।

मैले नेपथ्यको डिलमा

ठम्म उभिएर हेरे“,

त्यहा“,.....

न सपना नया“ थियो,

न सिद्धान्त नया“ थियो,

न समय नया“ थियो,

त्यसैले त नया“ सपनाहरुको निर्मम हत्या

भैरहेछ दिनदहाडै यहा“,

र पनि देवताहरु चु“सम्म बोल्न सक्दैनन्

स्वप्न हत्याको बिरुद्ध ।।

कुश्मा, पर्वत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।