14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

आँसुको जीवन

कविता जगत नवोदित December 3, 2011, 2:28 am

आँसु रोयो

रोयो,

धुरुधुरु रोयो

कहिले रन्थनिँदै रोयो

कहिले भक्कानिएर रोयो

रोयो,

आँसु साँच्चै रोयो

विह्वल बन्दै विवश आँसु रोयो

रोएर बाँच्ने

आँसुलाई पनि इच्छा थिएन

वेदना सहेर जिउने

आँसुलाई पनि रहर थिएन

ऊ पनि हाँसोजस्तै बाँच्न चाहन्थ्यो

ऊ पनि खुसी भएर जिउन चाहन्थ्यो

तर

जब मुस्कान नजिक हुन खोज्यो ऊ

त्यो टाढा—टाढा भाग्दै गयो

जब खुसी नजिक पुग्न खोज्यो ऊ

त्यो झन्झन् दूर हुँदै गयो

आँसुले नित्य कर्ममा व्यस्त

घामलाई नियालेर हे¥यो

जूनलाई गहिरिएर हे¥यो

र आफ्नो कर्तव्यलाई सम्झ्यो

हो,

आँसु रुनलाई नै थियो

ऊ चेहरा भिजाउनलाई नै थियो

र फेरि यसरी आँसु

दुःखको भेलसँगै भक्कानिएर रोयो

धुरीलाई घोडा चढ्नेहरुको भीडमा भुइँमै बसेर गर्व गरिरह्यो

बगिरह्यो आँसु

प्रातमा

साँझमा

मध्यदिनमा

र प्रत्येक घाउमा निरन्तर

आज पनि

थुप्रै आँसुहरु

दुखेर माटोभरि बाँचिरहेछन् ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।