18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत विश्वराज अधिकारी December 3, 2011, 4:48 pm
विश्वराज अधिकारी
विश्वराज अधिकारी

फूलको बात गर

सुगन्धको बात गर

तर आज कुरा कुनै

अलिकति खास गर

जुन छरिएको छ चारैतिर

चम्किलो आकाश छ

प्रदिप्त छ मनको कुना कुना

मनलाई मेरो साथ साथ गर

तर आज कुरा कुनै

अलिकति खास गर

मनको आँखामा

आँखाको मनमा

तिम्रो नै छाया छ

यो आँखामा हेरेर

बुझि दिने प्रयास गर

तर आज कुरा कुनै

अलिकति खास गर

सुनसान छ चारै तिर यता उता

अरु आँखाहरुमा भने निदरीको राज छ

रातको यो दोस्रो प्रहरमा पनि तर

यी आँखाहरुमा अनिन्द्रको बास छ

भत्किने पो हो कि मर्यादाको पर्खाल

अलिकति मनमा मेरो त्रास छ

बुझाउँदै छु मनलाई तर

म माथि विश्वास गर

तर आज कुरा कुनै

अलिकति खास गर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।