19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अबोला छु

कविता रुपेश राई December 3, 2011, 8:51 am

गाउँ छक्क पर्छ,

मेरो पढाइमा। यसो

टाउको निकाल्छु; यो

केही होइन।

यसैले ता अबोला छु

समाज र संस्कारभित्र

नियमित टकटक गरेर जाने मेरो आयु।

काम छैन

घरआँगनमा। गुल्चे गर्छ

नियतीले; हुरूक्क

पार्दै फेक मेलमा फ्रडहरू।

बायोडेटा/रिज्युमको

गन्ती छैन। अनलाइन जब, जब सिकर,

नौकरी.कम, शाइन.कम, रोजगार समचारमा

सब्सक्राइबको ता कुरै छैन।

छ, केश झरेको तालुमा साथीको

व्यङ्ग्य; भाग्यमानी पो हुनु हरे!

कामपछिको आवत-जावत

ट्रेनमा कति मिल्दा हुन्। बोलाई हाल्नु

चम्केको भन्ला; म कति संकुचित छु!

क्लकवाइज

आयुको टेनसनमा बल्ला

मिल्यो गुवाहाटी एक्सप्रेसको केबिनमा

एउटी तर भाग्यमानी तालुले गुल्चे खेल्यो।

यसैले ता म अबोला छु

प्रत्येक म्याउँ-म्याउँ र भौ-भौमाझ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।