परिचय
२०६८ साल कार्तिक ८गते महाकवि लक्ष्मी प्रसाद देवकोटाको १०३ औं जन्मजयन्ती, लक्ष्मी–स्मृति साहित्य समाज नवलपरासी कावासोती–१,सूर्योदय प्राथमिक विद्यालयमा धुमधामले मनाइएको थियो । उक्त कार्यक्रममा स्रष्टा सम्मानमा बरिष्ठ, कवि, गजलकार, समालोचक केशवराज आमोदी, पल्लव साहित्य प्रतिष्ठानका अध्यक्ष तथा सम्पादक, गजलकार गोर्खे साइँलो, सामर्थ राष्ट्रिय सप्ताहिकका सम्पादक तथा साहित्यकार, भाषाविद, शिक्षा प्रेमी धनपति कोइराला, कान्तिपुर राष्ट्रिय दैनिकका उपसम्पादक नारायण शर्मा, साहित्यकार नारी स्रष्टा राधा पाण्डे र राजधानी राष्ट्रिय दैनिकका सम्वदाता रामकुमार श्रेष्ठलाई अभिन्न्दित गरिएको थियो । भने लक्ष्मी–स्मृति साहित्य साहित्य समाजकन अध्यक्ष सदानन्द अभागीका तीन कृतिहरू ‘यात्री’ उपन्यास, ‘गजल परिकार’ गजलसङ्ग्रह र ‘अभमगीका मुक्तकहरू’ मुक्तकसङ्ग्रह बरिष्ठ छन्देली कवि तथा गजलकार गोविन्दराज विनोदीले विमोचन गर्नु भएको थियो । कविता बाचनक्रममा भूपेन्द्र शर्मा भट्टराई, विष्णु तिवारी उषा‘ उद्यब बहादुर श्रेष्ठ, प्रभाकर पण्डित, दीपक सोती विजय ज्ञावली हिमलाल चापागाइँ लगायतका दुई दर्जनभन्दा बढी साहित्यकारले आप्mना रचनाहरू पाठ गर्ने काम भएको थियो । उक्त कार्यक्रममा विष्णु तिवारी उषा‘ पनि सहभागी भएकी थिइन् । गजलबाचनको क्रममा ‘उषा’को सुरिलो स्वर गुञ्जीयो, सबैको मन प्रफुल्ल पनि भयो । गजलबाचन पछि यस पंक्तिकारलाई उषाले धुमिल धुमिल सपनाहरू नामक गजलसङ्ग्रह विवेचनार्थ उपहारस्वरूप प्रदान गरिन् । यो गजलङ्ग्रह अध्यन गर्दा धुमिल धुमिल सपनाहरूका धुमिल धुमिल अभिव्यक्तिहरू भन्ने शीर्षकमा मेरा आँखा पुगे । यो शीर्षक दिएर विष्णु तिवारी उषाले एक शेर लेखेर आप्mनो अभिव्याक्तिको थालनी गरेको मैले पाएँ ।
‘सर्बप्रथम कपुरी क सिकाउनु भो आमाले
हात समाई डो¥याई बाटो देखाउनु भो बाबाले’
विष्णु तिवारी उषाको गजल बाँचन गायनकोरूपमा हुँदा उनको प्रशंसा मैले मात्र नभै जसले गजल सुनेको छ सबैले मुक्तकण्ठले गर्दछन् । उनीसँग मेरो लामो परिचय त छैन तर पनि उनी आसाम, भारतमा २०३६/०३/२९,जन्म लिएर कर्मघर र साहित्यिक घर नेपाल बनाइन् । विष्णु तिवारी ‘उषा’को पिताको नाम प्रेमचन्द्र देवकोटा र माताको नाम पूर्णकला देवकोट हो र उनका जेठा बुबा नरपति देवकोटा स्वयम् सायर भएको र उनकै प्रेणामा विष्णुले हिन्दीमा सायर लेख्न थालेको कुरा उनकै अभिव्याक्तिबाट पत्ता लाग्दछ । गजल यात्रा भाग दुई (संयुक्त राष्ट्रिय गजलसङ्ग्रह , २०६५ र र गजल गंगा भाग १(संयुक्त राष्ट्रिय गजलसङ्ग्रह,२०६५मा सहभागी भएकी विष्णुको यो गजलसङ्ग्रह, २०६८, हाम्रो हातमा आइसकेको छ । उनी पल्लव साहित्य प्रतिष्ठान चितवन, हाम्रो मझेरी साहित्य प्रतिष्ठान चितवन, गजलमञ्च चितवन, अनाम मण्डली काठमाण्डौ र नारी साहित्य समाज नवलपरासीकी आजीवन सदस्य हुनुहुन्छ भने गजलसन्ध्या चितवनकी उपाध्यक्ष लगायत पशुपति आमा समूह चितवनकी सचिव, कैलास राष्ट्रिय विविध चितवनको सम्पादन समितिकी सदस्य रहेर काम गरिसक्नु भएको छ ।
उनको साहित्यिक जीवनमा उनका श्रीमान गोकुल तिवारीको अमिट र अगाध सहयोगको कारण नै उनको यो साहित्यिक यात्रा यो उच्चाईमा पुगेको चर्चा स्वयम् कृतिकारको शब्दमा पढ्न पाइन्छ – “......मेरो जीवन सवारीको एउटा पहिया, मेरो विम्ब, मेरो प्रतिक, मेरो अलङ्कार, मेरो शृङ्गार, मेरो संसार, मेरो आदणीय श्रीमान श्री गोकुल तिवारीज्यू जसको साथ र प्रेणाबिना त यो सारा ब्रह्माण्ड नै शून्य र अन्धकार छ । उहाँकै असीम प्रेम, हौसला र साथले गर्दा नै म यो मुकामसम्म आइपुग्न सफल भएँ ।” बास्तवमा सफलताको प्रारम्भ घरबाटै हुन्छ । त्यो सहयोग ‘उषा’ ले प्राप्त गर्न सकेकी छन् र सफलरूपमा साहित्यिक माहौलमा सहभागी भएकी छन् ।
गोर्खेसाइँलोले यस कृतिको प्रकाशकीय लेखेका छन् भने, गोविन्दराज विनोदी र प्रेम विनोद नन्दनको शुभकामना यस कृतिमा समावेश गरिएको छ । केशवराज आमोदीले यो कृतिको ‘धुमिल धुमिल सपना’ को शाब्दिक स्पर्श ः सङ्क्षिप्त विश्लेषण शीर्षक दिएर विवेचना गरिएको छ ।
कृतिगत सङ्क्षिप्त चर्चा
यो गजलसङ्ग्रहमा ९६बटा सजलहरू समाविष्ट गरिएका छन् । गजलहरू ५शेरमा रचिएका, शिष्टभावले भरिएका, विविधता छरिएका, नारीवादी चिन्तन र राष्ट्रप्रेमले ओतप्रोत, प्राकृतिक सौन्दर्यताले पूर्ण, भाषामा सरल, सलल बग्ने खालका, गायत्मक र लयात्मक, सम्बिधान निर्माणको चिन्तन, मक्तामा सुन्दर तखल्लुसको बाहुल्यता, गैरमुसलसल प्रवलता, सुख–दुःख, हाँसो–रोदन, प्रेमप्रणय, हर्ष विस्मात, राज नेताको दायित्वको अवोध, महगी, सामाजिक विकृति–विसङ्गति आदि आदि यथार्थ विवरणले भरिएका छन् गजलहरू ।
नारीवादी चिन्तन र गजलकार ‘उषा’
माथी नै भनिसकिएको छ कि गजलमा विविधता पाइन्छ । यहाँ गजलकारले आप्mनो छुट्टै पहिचान बनाउने कोशिस गरेकी छन् । विष्णु तिवारीको गजलकारितामा खास गरेर नेपाली नारीमा गरिने विभेद, तिरस्कार, नारीहरूबाटै नारीहरूको खुट्टा तान्ने प्रबृति आदिमा उनले तीखो प्रहार गरेकी छन् –
मौका छोपी चौका हान्नेबाट होसियार
नारीलाई खेलौना ठान्नेहरुबाट होसियार
(गजल ८,पृष्ठ ८)
कोही कार्य गर्न लागे पाथी बास्यो भन्छन्
रुढीवादको सनङ्लोले बान्नेबाट होसियार
(गजल ८,पृष्ठ ८)
सामुन्नेमा ठिक पार्दै चिप्लाकुरा गरी
फसाउनलाई खुट्टा तान्नेबाट होसियार
(गजल ८,पृष्ठ ८)
रुढीवादी परम्परा पाउको नै जन्जिर बन्दा
बाध्यता र विवशताले जेलिएको छ मेरो घर
हिन्दु धर्ममा नारी को स्थान कहाँ छ त ?
मान्छौ देवी पार्वती, सीता ,रम्भा, सुलोचना
गर्नै पर्छ सधैंभरि यी देवीका आराधना
पारीजात, भृकुटी हुन् आदर्शका प्रतिमूर्ति
यिनकै उपदेश माने खेर जान्दैन सपना
(गजल ७, पृष्ठ ७)
राष्ट्रियताप्रति विष्णु
नेपाली माटो लुटिदै छ , सत्तामा बस्नेहरू मौन देखिन्छन्, साहित्यकारहरूले, पत्रकारहरूको कमल चलेको चलेकै छ , नेपालीहरूको मन जलेको जलेकै छ ‘उषा’का गजलमा पनि राष्ट्रियताका भावहरू पोखिएका छन्–
देशको भक्ति गर्ने छु माटाको कसम
देशकै लागि मर्ने छु माटोको कसम
(गजल २० ,पृष्ठ २०)
मिच्चिदै छन् सीमा किल्ला लुटिदै छन् अस्मिता
असह्य भई नेपाली मन नचर्केको कहाँ छ र ?
(गजल २३,पृष्ठ २३)
हे माता जननी अर्को जन्म दियौ भने
म तिमै्र कोखमा पर्ने छु माटोको कसम
(गजल २०,पृष्ठ २०)
धर्मसहिष्णुताप्रति विष्णु
नेपालजस्तो विविधताले भरिएको देश,विविध संस्कृति, धर्म निरपेक्षता, विविध धर्मालम्वीहरूको बसाई आदि आदिमा मेलमिलाप र एक धर्मले अर्को धर्मलाई प्रदान गर्ने आदर सत्कारप्रति पनि गजलकारले मिलेर अधि बढ्ने शन्देस दिएकि छन् ‘उषाले’–
हिन्दू मुस्लिम जैन शीख जे भए’नि नेपाली हौ
यी सबै मिलाउँछु भन्छ मभित्रको ज्वालामुखी
(गजल ९०,पृष्ठ ९०)
बर्तमान नेपालको राजनीतिको सत्तालोलुपतामा विष्णुको रोश
बास्तवम आज देशमा सत्तालिप्सामा लागेका राज नेतामा जनताले सहिबाटो अवलम्बनको लागि र संविधान र्मिाणमा जुट्नको लागिआन्दोलन गरे क्रिया गरे, पिण्ड दिए तर राज नेताले संविधान लेख्दिनौ भन्दैनन् तर लेख्दैनन् । ‘उषा’ले राज नेताले राज नीति बुझे मात्र गणतन्त्र जनती हुने अभिव्याक्ति दिएकी छन् ।
खै किन हो कसैले बुझेनन् राजनीति यहाँ
बुझेर संविधान लेखेमा जाती हो गणतन्त्र
(गजल७९,पृष्ठ ७९)
प्रेमप्रणय र विष्णु तिवारी
केशवराज आमोदीको कथन छ –“शृङ्गार शब्द शृङ्ग र आर मिलेर बन्छ । शृङ्गको अर्थ कामोद्रेक वा कामोद्दीपन(यौनेच्छाप्रवल गर्नु) र आरको अर्थ प्राप्ति भन्ने हुन्छ । यौनसुख मिल्नेभावनामा लेखिएको सृजनालाई शृङ्गारिक रसको रचना मानिन्छ । उपनिषद् र स्मृतिलाई छाडेर भन्नु पर्दा आधुनिक मनोविज्ञानले कामोद्दीपनलाई सृष्टिको आदिम भाव मान्दछ ।”सिग्मड फ्रायडले कामेच्छालाई जीवनको मूल प्रविृति मान्दछन् । कितपय प्रगतिवादीहरू राष्ट्रिय चिन्तनको अत्यन्त खाँचो रहेको वेला यसप्रकारको कामातुरताको प्रसङ्गलाई निरर्थक ठान्दछन् ।” बास्तवमा संसारमा जसले जे भने पनि मेरो विचारमा शृङ्गार रस संसारका प्राणीजगतलाई आदिम भाव नै हो र यो साहित्यमा धेरथोर आवश्यक पर्दछ । शृङ्गार रस विनाको साहित्य निरसिलो हुन्छ र राष्ट्रिय चिन्तनको बेला खास राष्ट्रप्रति ÷कुनै कर्ममा त्यागीलाई कर्मवादले (राष्ट्रियताले) छुन्छ र ऊ राष्ट्रप्रति नै समर्पित हुन्छ, त्यहाँ कुनै रसले प्रभाव पार्न कठीन पर्दछ ।
अत विष्णु तिवारीको गजल पनि शृङ्गार रसबाट अलगिन सकेको छैन । यहाँ धेरै गजलहरू प्रेम, मिलन, विछोड,पीडा प्रेममा धोका, प्रेमका विविध पक्षले शृङ्गारिएका पाइन्छन् । केशवराज आमोदीले उनका गजललाई शृङ्गार रसका गजलका दुई भेद (संयोग र विप्रलम्भ)लाई तुलनागर्दै निम्न बमोजिम शेरहरू भूमिकामा प्रस्तुत गरेका छन् –
संयोग शृङ्गारको उदाहरण
तिम्रो माया अलिकति सापट दिनु है
थोरै भए पनि साँच्चै राहत दिनु है
(पृष्ठ ९४, गजल ९४)
म फूल्न चाहान्छु पूmलकै गोधुलीमा
रङ्ग उडेर सादा नहोस् जिन्दगी यो
(पृष्ठ ४९, गजल ४९)
रङ्ग दिने पूmल हुँ म
भवरा बनी डसी हेर पृष्ठ
(१२ गजल १२)
यसरी नै विप्रलम्भ शृङ्गारिक गजलका शेरहरू–
देखिएका सपनाहरू आँखामै हराए पछि
दुखेर फेरि मेरो यो तन रुँदैछ आज
(पृष्ठ ५६ गजल ५६)
समालेर राखेको थे जवानकिो पूmल
मालीको नै आँखा छली गोडी लगेछ
अन्त्यमा
विष्णु तिवारी ‘उषा’का गजल स्तरीय छन् । सरलको साथै भावपूर्ण र अर्थपूर्ण छन् । नारीवादी चिन्तले ओतप्रोत कृतिकार भएको मेरो ठहर छ र गजल साहित्यमा मीठो लयमा गाउन सक्ने शक्ति पनि ‘उषा’मा छ । फाटपूmट काफियाहरू एकरूपताको देखिदैनन् तर पनि गजल पठनीय छन,् अनुकरणीय छन् ।
प्रभातको सूर्यको प्रकाश खोज्छिन् उषा
गोधुलीको बेला भए चन्द्र रोज्छिन् ‘उषा’
प्रकाश विना ‘उषा’कोे रमाउन्न मन
विकासको साराक्रम आँफै बाेिभ्mछन् उषा
शान्तिकामी संसार चाहाना हो उषा
गजलका पंक्ति पंक्तिमा ओजछिन् उषा
विविधता सरलता सामर्थका वाक्य
प्रवलता हराएमा झोजछिन् उषा
हेर राष्ट्र, राष्ट्रियता, देशप्रेमी भाव
झल्काउने गजलमा मोजछिन् उषा
मीठा गजलका पंक्तिहरूबाट नभए पनि माथिका भाव ‘उषा’ प्रति पोख्दै अर्को गजलको प्रतिक्षारत हुँदै सफल जगलकारिताको लागि धन्यवाद दिन चाहान्छु ।