19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

‘बास उठेका चराहरू’ का वासुदेवसँग विचरण गर्दा

कृति/समीक्षा भागवत ढकाल December 6, 2011, 10:48 am

एकदिन साहित्यपे्रमी, समाजसेवी, छिमेकी मित्र गणेश ज्ञवालीजीले एउटा बन्द खाम ल्याएर दिनुभयो । वहाँ निर्वाचन आयोगको जागिरे भएकाले निर्वाचनसम्बन्धी केही सन्देशमूलक कृति होला भनी प्राक्कल्पना बन्यो । खाम खोलेर हेर्दा ‘बास उठेका चराहरू’ कृति फेला पारेँ । कृतिका स्रष्टा थिए वासुदेव गुरागाईं । कृतिलाई सामान्य बाह्य आँखाले नियालेँ र कल्पना गरेँ, मेरो जन्म कहाँ भयो ? म कसरी यहाँ आइपुगेँ ? कसरी यो सहरलाई आफ्नो भत्र थालेँ ? यो कहिलेसम्म ? भोलि कहाँ पुगिने हो ? वास्तवमा बास उठेका चरा त म स्वयं पो हो कि भनी झसङ्ग भएँ । स्रष्टाले मलाई ब्युँझाइ दिए, जगाइ दिए ।

वास्तवमा व्यक्ति स्वतन्त्रतापे्रमी हुन्छ । ऊ कहीँ पनि अटाउँदैन । उसका चाहना र विचार पनि त चराभैmँ स्वच्छन्द र स्वतन्त्र छन् । सधैँ उडिरहन्छन् । सधैँ नयाँ बासको खोजी गरिरहन्छन् । यसैले त व्यक्तिको उत्रति प्रगति पनि सम्भव छ । गाउँबाट सहर, सहरबाट राजधानी, राजधानीबाट विदेश, ... अनन्त यात्रा न हो जीवन । यसर्थ म एक्लो बास उठेको चरा पक्कै होइन । म र मजस्ता कैयन व्यक्ति छन् जो नव नव बासको खोजीमा छन् ।

तर रहरले बास सर्नु र बाध्यताले बसाइ सर्नुमा पक्कै यथेष्ट भित्रता छ । चरी आपूmखुशी बास सर्दै छे वा शिकारीको आक्रमणलाई थेग्न नसकेर ? प्रश्न यहीँनेर जटिल छ । द्वन्द्वकालीन नेपाल र नेपालीको पीडा बोल्छ कृतिको शीर्षक । शालीन भएर पनि कति गम्भीर र मर्मस्पर्शी छ ‘बास उठेका चराहरू’ । यदि तपाईं साँचो मान्छे हो भने पक्कै भत्रु हुनेछ बास कसैको नउठोस् । गाँस कसैको नलुटियोस् । यसै मानवताको अभिव्यक्ति हो— ‘बास उठेका चराहरू’ ।

कवि वासुदेव गुरागाईं वर्तमान पुस्ताका आशलाग्दा स्रष्टा हुन् । कविताबाट प्रारम्भ भएको उनको सिर्जनशील यात्राले ‘स्वागत’ (फुटकर कविता सङ्ग्रह) २०५३, ‘नेता ः चिरञ्जीवी भव’ (हास्य–व्यङ्ग्य काव्य) २०५९, ‘थोते हाँसो’ (हास्य–व्यङ्ग्य सङ्ग्रह) २०६२ र ‘बास उठेका चराहरू’ (फुटकर काव्यिक रचनाहरूको सँगालो) २०६४ कृति प्रदान गरिसकेका छन् । हास्य–व्यङ्ग्य लेखन र काव्य लेखन स्रष्टाका हालसम्मका प्राप्त विधा हुन् । काव्यिक विधाभित्र उनले गद्य र पद्य कविताका अतिरिक्त गीत, भजन र हाइकूमा समेत आफ्नो पहिचान कायम गरिसकेका छन् । हालसम्मको पछिल्लो रचना ‘बास उठेका चराहरू’ मा प्रस्तुतिगत विविधता (गीत, कविता, भजन र हाइकू) पाइन्छ । वास्तवमा शीर्षकले नै ‘बास उठेका चराहरू’ भनेको छ । यसर्थ कोकिल कण्ठमा गुनगुनाउने यावत् वनचरीहरूको प्रतिबिम्बनका रुपमा यहाँ विधाभित्रको उपविधागत विविधता पाइन्छ । चराहरू अनेक भएभैmँ काव्यको प्रस्तुति पनि अनेक हुनु सही र सान्दर्भिक छ । फेरि कवि भावनाले जस्तो कल्पनात्मक उडान भर्छ त्यस्तै स्वरुपमा त्यसलाई जन्माउनु उपयुक्त हुन्छ । यिनै प्रारम्भिक प्राक्कल्पना र पृष्ठभूमिमा यहाँ ‘बास उठेका चराहरू’ कृतिभित्र सरसर्ती विचरण गर्ने प्रयास गरिएको छ ।

छयहत्तरवटा गीत, कविता र भजन रहेको एवं उनन्तीसवटा हाइकू समेटिएको प्रस्तुत कृतिका रचनालाई विधाभित्रको उपविधाका आधारमा समेट्ने हो भने ३८ वटा गद्य संरचनामा आबद्ध कविता, १७ वटा पद्य कविता, १९ वटा गीति लयका रचना र दुईवटा भजनको संयोजनले कृतिलाई विभित्र चराहरूको समन्वयात्मक प्रस्तुति गराएको छ । हाइकूतर्पm भने १३ वटा सामान्य हाइकू र १६ वटा जापान यात्राका हाइकू गरी यसमा पनि विविधता समेट्ने प्रयत्न भएको छ । कृतिभित्रको यसै संरचना र प्रस्तुतिगत विविधतालाई आधार बनाएर कृतिभित्रका रचनालाई चार खण्डमा वर्गीकृत गरी सरसर्ती अध्ययन गरिनेछ । जसअनुसार पहिलो वर्गमा गद्य कविता, दोस्रोमा पद्य कविता, तेस्रोमा गीत र भजन, चौथोमा हाइकू । कृतिभित्रका बहुसङ्ख्यक कविता गद्य संरचनामा रहेकाले गद्य कवितामार्पmत् विवेचना प्रारम्भ गर्नु नै न्यायसंगत होला । हो, कृतिको पहिलो रचना पनि गद्य कविता नै त हो ।

कृतिभित्रको पहिलो रचना हो– ‘हो, यो काठमाडौँ’ । गद्य संरचनामा आबद्ध प्रस्तुत कविताले काठमाडौँभित्रका सामाजिक राजनैतिक विकृतिप्रति व्यङ्ग्य गरेको छ । कवि काठमाडौँलाई ‘खाने खानेको जमघट’ हुने स्थलका रुपमा लिन्छन् । बलि दानले ईश्वरलाई, क्षमादानले न्यायलाई, मतदानले सदाचारलाई भन्दै अनुदानले राष्ट्र र राष्ट्रियता चपाइरहेको प्रति कवि विह्वल छन् । ऐन, नियम र परिपत्रलाई मिच्दै अघि बढ्ने प्रशासनिक विसङ्गतिप्रति पनि कवि दुःखी छन् । गद्य संरचनाका कविताहरूमध्ये दोस्रो हो– ‘स्यालहरू’ । यो प्रतीकात्मक शीर्षक भएको कविता हो । सत्ताको केन्द्रबिन्दु बत्र चाहने तत्कालीन शाही शासकलाई हतभागी सिंहसँग तुलना गर्दै सत्ता नजिक हुन चाहने बाहिरी शक्तिलाई स्यालको एकताको संज्ञा दिइएको प्रस्तुत कविता पनि राजनैतिक व्यङ्ग्यमा आधारित छ । ‘सुरधेनु’ कवितामा ‘स’ वर्णको अत्यधिक प्रयोगबाट श्रुतिसौन्दर्य र साङ्गीतिकचेत स्थापित गरिएको छ, जहाँ राष्ट्र निर्माणको चाहना अभिव्यञ्जित छ । सुनौलो भविष्यको सुस्वप्न बोकेर सुन्दर सुनीति अपनाउन सके सुरधेनु, कल्पवृक्ष र गंगा–जमुना यहीँ जन्मिने सत्यलाई यहाँ उद्घाटन गरिएको छ ।

‘सिंहदरबार ः पजेरोको म्याराथुन’ कवितामा हिजो सिंहदरबार बनाउने होड थियो भने आज प्राप्तिको होडवाजी छ भनी राजनैतिक विकृतिप्रति व्यङ्ग्य गरिएको छ । सिंहदरबारमा हेपाटाइटिस र एड्सको सङ्क्रमण छ भनी पजेरो र सुत्केरी संस्कृतिप्रति कवि तीव्र असन्तुष्टि प्रकट गर्छन् । ‘सर्पहरू’ प्रतीकात्मक रचना हो । तत्कालीन जङ्गलबासी माओवादीलाई सर्प र राजालाई बाघका रुपमा र अन्य सत्तासीन पार्टीलाई सपेराका रुपमा चित्रण गरी बाँच्ने अधिकारको संरक्षणका लागि सबैलाई समेटौँ, विष त्यागेर आउने सर्पलाई अङ्कमाल गरौँ भनी वसुधैव कुटुम्बकम् र मानवताको स्थापनाको चाहना कवितामा अभीष्ट बनेर प्रकट भएको छ । यो निकै कलात्मक अभिव्यञ्जना कौशल भएको ध्वन्यात्मक प्रतीयमान अर्थलाई प्रतिबिम्बन गर्ने कविता वास्तवमै कृतिभित्रको उत्कृष्ट उपस्थिति हो । ‘विज्ञापन’ देश हाँक्न सक्ने नवीन सोच र क्षमता भएको व्यक्तिको विज्ञापन हो, जहाँ कुनै पूर्वशर्त छैन । छ केवल नयाँ ऋतु आविष्कार गर्न सक्ने क्षमता भएको राष्ट्रभक्तको ।

‘विद्यार्थी र गुरुजी’ भित्र शिक्षाभन्दा आन्दोलन र विरोधका लागि गुरु विद्यार्थी सक्रिय रहेकोमा विद्यार्थीले किताब पढ्ने होइन, किताबहरूले विद्यार्थी पढ्न थालेको व्यङ्ग्य व्यञ्जित छ । ‘रात पर्न दिनु हुत्र’ शीर्षक कविताले अज्ञानता, अशिक्षा, चेतनाहीन अवस्थाको प्रतीक ‘रात’ पर्न दिनु हुत्र भत्रे विचार अघि सारेको छ । कवि श्वैरकल्पनाको प्रयोग गरी स्वप्नसंसारमा बन्दुकको नालबाट शान्ति कायम गर्न खोजिएको र यसका लागि कैयन व्यक्तिलाई जथाभावी प्रहार गरी गोलीले सम्झाउन खोजिने हिंस्रक स्वभाव र शासकीय प्रवृत्तिप्रति कवि दुःखी

छन् । यसर्थ अब अर्को ‘रात’ पर्न दिनु हुत्र भत्रे उनको तर्क छ । ‘यात्रा ! खोइ कता कता ?’ भित्र आजका मान्छेको गन्तव्य र कर्तव्यका यात्रामा देखा परेका विसङ्गतिलाई चित्रण गरिएको छ । आमा आफ्नो लाम्टा लुकाउँदै हिँड्नु पर्ने पीडामा छिन् किनकि सन्ततिहरू बाझाबाझ र लुछाचुँडीमा लिप्त छन्, विश्वासको सङ्कट छ, चराहरूले बास छाड्नु पर्ने, यात्रुहरूले बाटो बदल्नु पर्नेसम्मका बाध्यता हामीभित्रकै कलह र हिंसाले जन्मिएको सत्यलाई यहाँ प्रस्तुत गरिएको छ । जीवन बाँचुञ्जेल चाकडी, चाप्लुसी, भनसुनले प्रभाव पारे पनि मृत्युपछिको संसारमा अक्षरशः कानूनको पालना हुने, त्यहाँ कसैप्रति सद्भाव र कुभाव नराखिने, कुनै आफन्त र पराइ नरहने यात्रालाई ‘मृत्यु ः माटोमुनिको यात्रा’ मा उद्घाटन गरिएको छ ।

‘मुस्ताङ ः मुक्तिको दौड’ कवितामा मुक्तिकामी मानवहरूको मुक्तिनाथ यात्रालाई सारवस्तु बनाएर मुस्ताङको भूबनोट, त्यहाँका प्राकृतिक सौन्दर्य र त्यहाँका मान्छेको जीवन पद्धतिलाई चित्रण गरिएको छ । ‘माकुरा, तिमी चोला बदल’ भित्र ती सम्पूर्ण परपीडामा रमाउने, जालो बुनेर अरुलाई फसाउने तथाकथित माकुरा प्रवृत्तिप्रति व्यङ्ग्य गरिएको छ । मानवताहीन संस्कारबाट मुक्त बनी मानवतावादी व्यक्ति बत्र माकुरा प्रवृत्ति त्याग्नै पर्ने सत्य सन्देश यहाँ छ ।

‘बास उठेका चराहरू’ यस कृतिको शीर्ष कविता हो । नेपालीहरू पेशा, व्यवसाय र रोजगारीको खोजीमा मात्र होइन, साहु शोषकको अन्याय र अत्याचार खप्न नसकेर, राज्य र विद्रोहीको द्वन्द्वका कारणबाट आफ्नो बास छाड्न विवश छन् । ती अधिकांश नेपालीको बसाइ सराइको पीडालाई यहाँ चराहरूको प्रतीकका माध्यमबाट प्रस्तुत गरिएको छ । बास उठाउनेले बास उठ्नेको पीडाचाहिँ कहिल्यै बुझ्न सकेनन् । यसै यथार्थलाई यहाँ कलात्मक प्रस्तुति दिइएको छ ।

‘बारुलो र मेरो घर’ कवितामा बारुलालाई प्रतीकात्मक अर्थ दिइएको छ । शान्त, स्निग्ध र प्रशंसित मेरो घर (नेपाल) मा घर छोडेर गएका, बिच्किएका बारुलालाई पुनः घर निर्माणमा आमन्त्रण गरेर राष्ट्र निर्माणका लागि राज्य पक्ष र विद्रोही पक्ष मिल्नु पर्ने कुरा गरिएको छ । ‘बाघहरू लड्डु खाँदैनन्’ कवितामा बाघलाई मानवता विरोधी हिंस्रक शक्तिका रुपमा स्वीकार्दै जहाँ र जस्तो अवस्थामा पनि बाघले लड्डु खाँदैनन् उनीहरू स्वभावैले रक्तपिपासु हुन्छन् भनिएको छ । समाज विरोधी शक्तिलाई यहाँ बाघका रुपमा चित्रण गरिएको छ । ‘वसन्तको आगमनमा’ कविताले प्राकृतिक परिवर्तन जस्तै राजनैतिक परिवर्तनलाई मन मस्तिष्कमा छाएको खुशीलाई मिथ्या भाषणको ताप बाँड्ने नेता र आश्वासनको भारी बोक्ने जनताका माझबाट प्रस्तुत गरिएको छ ।

निजामती सेवा दिवसमा पुरस्कृत ‘पारदर्शी प्रशासन सुशासनको आधार’ कवितामा काली होस् या साली, देउता होस् या सामान्य भिखारी सबैलाई समान व्यवहार गरौँ, कानुनअनुसार देश चलाऔँ, शब्दमा होइन व्यवहारमा सुशासन दिऊँ, आजलाई सार्थक तुल्याऔँ भत्रे निर्देशात्मक सन्देश दिइएको छ । ‘पाँच वर्षको ग्यारेन्टी छ’ कविताले राष्ट्रिय धरातलबाट जब व्यक्तिको राजनीतिमा अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको प्रवेश हुँदै जान्छ, अनि ऊ आफ्ना आँखाले होइन शक्तिकेन्द्रको चस्मा लगाएर बोल्न र व्यवहार गर्न थाल्छ भन्दै पराधीन नेताहरूप्रति व्यङ्ग्य गरिएको छ । ‘पराधीन नबनाऊ नङ्ग्राहरूलाई’ मा जीवनलाई निस्सारतावादी बनेर होइन कर्मवादी बनेर बिताउने सन्देश दिइएको छ । स्वदेश र स्वनिर्माणका लागि आफ्ना दश नङ्ग्रालाई गतिशील तुल्याउन कविको आग्रह छ । विश्वको बढ्दो अशान्ति र अस्थिरताका बीचमा पूmलले स्वतन्त्रता पाएन, शान्तिले सम्मान पाएन, हाँसोले जीवन भेटेन, बाँच्नुको कुनै अर्थ रहेन, लोकतन्त्र पनि कागजी प्रक्रिया भो र गरिबका बस्तीहरू यथावत् रहे भने ‘नेता भनेर के भो !‘ भनी कवि यस कवितामा आक्रोश पोख्छन् । ‘नेता असेम्बल’ मा नेपाली आवरणभित्र विदेशीको भाषा बोल्ने र उत्तर, दक्षिण वा अन्य कुनै शक्तिकेन्द्रको कठपुतली बनेर स्वत्व गुमाएका तथाकथित राष्ट्रवादी नेता र नेतृत्वप्रति कटु व्यङ्ग्य गरिएको छ ।

‘देशको माटो’ यस कृतिभित्रको अर्को गद्य कविता हो, जहाँ देशपे्रमबाट उदासीन बत्रे हामी नेपालीलाई बाह्य आडम्बर होइन राष्ट्रलाई वास्तविक माया गरौँ भनिएको छ । ‘दुइटा सगरमाथा’ कवितामा नारी र सगरमाथाबीच सामीप्य खोज्दै दुइटा सगरमाथा भनिएको छ । ‘दाह्री’ दार्शनिक चेत भएको कविता हो, जसलाई स्वतन्त्र पूmलबारीका रुपमा परिभाषित गरिएको छ । ‘तिमीले देउता देखेका छौ ?’ सामाजिक विकृतिप्रतिको व्यङ्ग्य हो । अबोध पाठो मारेर ईश्वरलाई चढाउने प्रवृत्तिप्रति कवि दुःखी र खित्र छन् । ‘टेबुल घडी’ कवितामार्पmत् दासत्व स्वीकारेको कमजोर र पराधीन राष्ट्र जस्तो छ टेबुल घडी, जसको आफ्नो संविधान छैन भनिएको छ । ‘टुँडिखेल ! तिमी किन बोल्दिनौ ?’ भित्र टुँडिखेलको आत्मपीडा प्रस्तुत गरिएको छ, जो बन्दीभैmँ छ, जसलाई निरङ्कुश शासकहरू शालिक बनेर पहरा दिँदैछन्, जसको छातीमा कवाज खेलिन्छ, तोप पड्काइन्छ । ‘चाकडीका धुनहरू’ मा एउटा चाकडीबाजको बोली, व्यवहार र समयसापेक्ष परिवर्तनशील उसको स्वभावलाई चित्रण गरिएको छ । समयको लामो कालखण्डलाई नजिकबाट नियालिरहेको मानौँ वीर शमशेरको मृत्युपछिको वैधव्य जीवनको तपस्या गरिरहेको प्राक्कल्पनालाई ‘घण्टाघर’ कविताले व्यक्त गरेको छ । ‘गोली’ मिथकीय शीर्षक भएको कविता हो, जहाँ गोलीका माध्यमबाट उसका नाम र कामगत विविधतालाई धागोको गोलीलाई समन्वयको प्रतीकका रुपमा, औषधिको गोलीलाई जीवनदाताका रुपमा र सिसाको गोलीलाई जीवनहर्ताका रुपमा लिइएको छ । गोली मानव निर्मित भए पनि मानव मृत्युकै लागि मानवद्वारा परिचालित हुन्छ भनी आजको हिंस्रक मानवताप्रति व्यङ्ग्य गरिएको छ । विश्वमा तानाशाह जन्माउने पाठेघर पनि गोली नै हो कि भनी कवि गोलीका स्वरुपगत विविधतालाई सङ्केत गर्दछन् । ‘गाँस–बास–कपास र सास’ ले मान्छेलाई जीवनप्रति आसक्त तुल्याउने तत्व गाँस, बास, कपास हुन्, यिनलाई ऊ छोड्न सक्छ तर सासलाई छोड्न चाँहदैन भन्दै जीवनको सार्थकतालाई पुष्टि गरेको छ ।

‘कविता’ शीर्षक रचनामा यसको क्षेत्रगत व्यापकता, यसले जन्माएका व्यास, होमर र कालिदास जस्ता प्रतिभा र यसको शास्त्रीय एवं मुक्त छन्दको विशदतालाई मानवीकरण गरी प्रस्तुत गरिएको छ । ‘एक्काइसौँ शताब्दी ः तिमी यसरी आऊ’ मा शान्त, समृद्ध, स्वावलम्बी देश र जनता लिएर एक्काइसौँ शताब्दीको आमन्त्रण गरिएको छ । ‘एकताको प्रतीक – नेपाल’ मा नेपाललाई मौरीको चाकाका रुपमा लिई हामी जनता कर्मी मौरी बनौँ, एउटै मूलको पानी खाने हामी नेपालीको एउटै जात हो विभेद नगरौँ, पृथ्वीको चार वर्ण छत्तीस जातको पूmलबारीको रुपमा नेपालको विकास गरौँ भत्रे कविको अवधारणा छ । ‘ऊ लाटोकोसेरो’ मा मान्छे र लाटोकोसेरोका माध्यमबाट हेराइगत विविधताको चित्रण गरिएको छ । सृष्टि विचित्रको छ, लाटोकोसेरो हामीलाई उल्लु देख्छ, हामी उसलाई । कत्रो विडम्बना, मान्छे तल छौँ ऊ माथि छ । त्यस्तै समाजभित्रका चमेरा स्वभावप्रति पनि कवि व्यङ्ग्य गर्दछन् । ‘आफ्नै पहाडमा फर्कन्छु’ सहरिया तडकभडक र यसका प्राप्ति अप्राप्तिबाट पाठ पढ्दै आफ्नै गाउँ ठाउँ फर्कने रहर कविले यस कवितामा गरेका छन् । ‘आधुनिक सहर’ ले सहरका वर्तमान विकृतिलाई उजागर गरेको छ । पाठशाला अर्थशाला बनेको छ, डाक्टरले विरामीको खल्तीको डायग्नोसिस गर्ने गरेको, अपराधीले सरकारलाई खबरदारी गर्ने गरेको पीडाको अभिव्यक्ति यहाँ छ । कृतिभित्रको अन्तिम गद्य कविता ‘अँध्यारो रात र कुकुर कराइ’ हो । अन्धकारमा बाँचेका दीनदुःखीको आवाजलाई कसरी महत्वहीन ठानिन्छ र उपेक्षा गरिन्छ, भागबन्डाको राजनीति, भाग सानो हुँदा वा खोसिएका पीडालाई समेत व्यङ्ग्यात्मक स्वरमा यहाँ पस्किएको छ ।

कृतिभित्र केही पद्य कविता छन्, ती मध्ये प्रथम हो ‘हिमाल देख्न पाइयो’ । समस्यापूर्तिको शैलीमा लेखिएको यस कवितामा प्रकृति चित्रण छ । ‘सिर्जनाको चाह’ मा सियोको काम आएन, कैँचीको सक्रियता बढ्यो, द्यौता कसैसँग बोल्दैन जस्ता सूक्तिमय कथन छन् । ‘सम्झी मन रुन्छ’ मा नेपाल र नेपाली फुट्नु हुत्र मिलेर बस्नु पर्छ भत्रे सन्देश दिइएको छ । ‘विपनीमा छैन हाँसो’ मा देश कस्तो हुनु पर्ने, मान्छे कसलाई भनिनेको दृष्टान्त खोज्दै सबैलाई मिलाउने आस प्रकट गरिएको छ । ‘मैले आज देश सम्भेmँ’ कवितामा राष्ट्रप्रतिको दायित्व बुभ्mन युवापुस्तालाई आग्रह गर्दै नेपाल आमा रोगाएको पीडा कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । ‘मङ्गलै–मङ्गल’ कविता पनि राष्ट्रपे्रमकै भावनाको अभिव्यक्ति हो । ‘बन्द भो !’ कविता व्यङ्ग्य रचना हो । मानवीय जीवनको गतिशीलतालाई रोकेर हामीले के गर्न खोजेका हौँ ? सृष्टिको मर्यादालाई सिर्जनशील बत्र दिउँ, बन्दलाई सदाका लागि बन्द गरौँ भन्छन् कवि । ‘पौरखी हात’ कवितामा पनि राष्ट्रप्रतिको नागरिक दायित्वलाई सम्झाइएको छ । सपना त्यागौँ, राजनीतिलाई जननीति बनाऔँ, राष्ट्रलाई सर्वोपरि ठानौँ, एकताको मालामा बाँचौँ भत्रे पवित्र भावना यहाँ व्यक्त छन् । ‘पैसा’ अनुष्टुप छन्दका १६ श्लोकमा शीर्षकअनुरुप नै पैसाको महत्ता, यसका कमजोरी, यसले राजादेखि रङ्कसम्मलाई पारेको प्रभावको कलात्मक चित्रण गरिएको छ ।

‘नेपाल गान’ शीर्षकअनुरुप नेपाल र नेपालीको पहिचान दिने कविता हो, जहाँ नेपाली सभ्यता, संस्कृति, यहाँको प्राकृतिक सौन्दर्य, यसको भूबनोटको कलात्मक चित्रण गरिएको छ । ‘निर्माणको दियो बालौँ’ कवितामा राष्ट्रपे्रमको प्रकटीकरण भएको छ । आफ्नो इतिहास, जातीय गौरव र स्वतन्त्रताको परम्परालाई युगौँसम्म अघि बढाऔँ भत्रे भाव प्रकट गरिएको छ । ‘नववर्षीय कामना’ नववर्षले त्रास हिंसा हटोस्, दाजुभाइमा अमृतत्व खुलोस्, देशमा नवीनताका पालुवा पलाऊन् भनी यसमा कामना गरिएको छ । ‘जय जय नेपाल’ पनि देशपे्रमकै गाथा हो । तराई, पहाड, हिमालको एकतामा स्वतन्त्रताको उर्वराभूमि नेपालको कुकर्म गर्दैनौँ भत्रे भाव प्रकट भएको छ । ‘छ ठाउँ बिरानु’ कवितामा नेपालीले आफ्नो सभ्यता संस्कृतिलाई उपेक्षा गरेको, बिर्सेकोप्रति कवि दुःखी बन्दै नयाँ ठाउँ र परिवेशमा पुग्दा सबै बिरानु लाग्ने सन्देश दिइएको छ । ‘कुमार पुजिनु पर्छ’ धार्मिक कथामा आधारित कुमार र गणेशको दौडमा पराजित मानिएका कुमार पुजिनु पर्दछ भनिएको छ । ‘उठ उठ नेपाली’ जागृतिमूलक कविता हो, जहाँ देश निर्माणका लागि मेचीदेखि महाकालीसम्मका सबै पेशा, वर्ग र समूहका मान्छेलाई उठ्न र गतिशील बत्र आह्वान गरिएको छ । ‘आफ्नै गाउँ पराई भो’ कवितामा द्वन्द्व अघिको नेपाल र नेपाली समाजको भ्रातृत्व, मेलमिलाप एवं युद्धपछिको हिंस्रक व्यवहार र वातावरणले नेपाली समाजमा पारेको दुष्प्रभावको सजीव चित्रण यहाँ गरिएको छ ।

यस कृतिभित्र केही गीतहरू पनि समेटिएका छन् । पन्ध्रवटा गीतहरूमध्ये ‘हिमालले गाना गायो’ प्रकृति चित्रण भएको रचना हो । ‘हाँसो मेरो चाडपर्व’ कवितामा चाडपर्वमा हाँसो मायालु साथ हुँदा आउने शृङ्गारिक भाव व्यक्त गरिएको छ । ‘हाँसहाँस गुराँस’ प्राकृतिक सौन्दर्य वर्णन गरिएको रचना हो । ‘सुशासन’ पुरस्कृत गीत हो भनिएको छ, जहाँ सुशासन गरौँ भत्रे भाव अभिव्यञ्जित छ । ‘सगरमाथातिर शिर’ गीतमा प्रकृतिको त्यस अनुपम सौन्दर्यतिर शिर हाली सुत्न पाए कति रमाइलो हुन्थ्यो भनिएको छ । ‘लोग्ने मान्छेको तीजगीत’ मा तीजको सन्दर्भमा जन्मिएका विकृति, विसङ्गति र यसमा पुरुष जातिले भोग्नु पर्ने पीडाप्रति व्यङ्ग्य छ । ‘राष्ट्रिय गान’ राष्ट्रपे्रमको अभिव्यक्ति भएको नेपाल र नेपाली चिनाउने लघु रचना हो । ‘राष्ट्र उठाऊँ’ गीत पनि राष्ट्र बगैँचा र हामी पूmलबारी हौँ, तसर्थ बोक्रेभक्ति होइन आत्माको बोली सुत्र सक्नुपर्दछ भनिएको छ । ‘मायालुको भाखा’ गीत मायालुका व्यवहार र संस्मरणसँग सम्बन्धित शृङ्गारिक अभिव्यक्ति हो । लोकलयमा लेखिएको ‘म, देश र हामी’ गीतमा नेपाल र नेपालीको भविष्य सुनिश्चित हुनुपर्ने कुरा औँल्याइएको छ । ‘निर्वाचन गीत’ भित्र मतदाता सचेतता र प्रजातान्त्रिक मूल्य मान्यताको संरक्षणमा चुनावको महत्तालाई गीत बनाइएको छ ।

‘नजरको तीखो तीर’ वचनको वाण र तीखो हेराइसँग डर लाग्ने भएकाले यस्तो व्यवहार छाड्न पे्रमिकालाई आग्रह गरिएको छ । ‘देश हाँस्नु पर्छ’ गीतमा भोक, रोग, दरिद्रताको जरा नै मासेर एकताको दीप बाली मेची महाकालीमा प्रित गाँसेर देश हाँस्नुपर्छ भनिएको छ । ‘तिमी जून हुने भए’ कविताले जून र ताराको बिम्बबाट पे्रमी पे्रमिकाको शृङ्गारिक भाव व्यक्त गरेको छ । ‘टाढा भयो पूmल मेरो’ वियोगको पीडाजनित गीत हो जहाँ आफ्नै आँसुले मुख धुनुपर्ने यथार्थको चित्रण छ । ‘एकताको गीत’ शीर्षकले गीतमा जागृतिको गान गाएको

छ । लोकलयमा मेची महाकाली सबैलाई जाग्न र कर्तव्यपथमा लाग्न यहाँ आग्रह गरिएको छ । ‘आमा गल्ती हुत्र’ गीतमा पनि ‘कुपुत्रो जायते क्वचिदपि कुमाता नभवति’ भत्रे शङ्कराचार्यको भनाइलाई व्याख्या गरिएको छ ।

यस कृतिभित्र दुईवटा कृष्ण भजन समेत समेटिएका छन् । कृष्ण भजन–१ र २ मा कविको आध्यात्मिक आस्था कृष्णप्रतिको समर्पणका आधारमा व्यक्त भएको छ । जसले कवि वासुदेव नामअनुरुप नै आध्यात्मिक जगतका भक्त हुन् भत्रे प्रमाणित गर्छ ।

कृतिभित्रको अर्को समावेशी विधा हो ‘हाइकू’ । १ देखि १३ सम्म स्वदेश र स्वदेशी सभ्यता, संस्कृति, समाज, भ्रष्टाचार, विश्वमा बढ्दो हिंसा, अत्याचार, महत्वाकाङ्क्षी जीवनपद्धति, वैज्ञानिक उत्रयन, मानव विकास, पे्रम प्रणय, सांस्कृतिक विकृति, राजनैतिक खिँचातानी, व्यापार, हुर्कँदो प्रजातन्त्र, शासकीय वक्रदृष्टि, प्रशासनिक विकृति, निरङ्कुश शासनका जडता जस्ता पक्षलाई ५, ७, ५ को परम्परागत मान्यतालाई अनुसरण गरी समाज, इतिहास, पुराण, प्रकृति आदि क्षेत्रबाट बिम्ब ग्रहण गरी कलात्मक प्रस्तुति दिइएको छ भने ‘जापान यात्राका हाइकू’ भन्दै १ देखि १६ सम्म जापान यात्राको प्रारम्भदेखि त्यहाँ बस्दाका अनुभव, देखेका विकास निर्माण हुँदै फिर्तीसम्मका प्रसङ्गलाई यहाँ छोइएको छ । सामुद्रिक यात्रा, आतिथ्य ग्रहण, बौद्धिक निर्माण, कल्पनाभन्दा बढी समृद्धता, व्यक्तिगत प्रतिस्पर्धा, जिज्ञासु स्वभाव, जमिन मुनिको यात्रा, सङ्ख्यात्मक बाहुल्यभित्रको शान्त वातावरण, प्रदूषणरहित सुन्दर बस्ती, यातायातको सहजता, प्रजातन्त्रप्रतिको प्रतिबद्धता, व्यवहार र संस्कारमा फलेको हाँगोभैmँ शिष्ट व्यवहार, कला संस्कृति र सभ्यताको अनुपम समन्वय, विश्वासको सङ्कट, स्वर्गीय परिवेश, सामुद्रिक सौन्दर्य, डल्फिनको नृत्य, यान्त्रिक जीवनशैली, यन्त्रमानवको अत्यधिक प्रयोग, विकास र निर्माणको होडमा मानवीय व्यवहार र जनसङ्ख्यामा कमी, प्राकृतिक सौन्दर्यको खानी, भाषिक समस्या जस्तो अनेकन पक्षलाई समेटेर लेखिएका यी हाइकूहरूले एकातिर लेखकीय कौशल र हाइकूसँगको उनको प्राप्तिलाई औँल्याएका छन् भने अर्कातिर जापानको सम्पूर्णतामा शब्दचित्र कोरिदिएका छन् ।

‘बास उठेका चराहरू’ कृति विविधताको सङ्गम हो । गद्य र पद्य संरचनाको कविताको मुख्य खानामा भजन, गीत र हाइकूको समन्वयले स्वादगत विविधतालाई समेटेको छ । कविता कतिपय सर्वसुबोध्य छन् भने कतिपयमा प्रतीकात्मक जटिलता पनि पाइन्छ । चलनचल्तीका भाषिक शब्दहरू एवं सूक्तिमय कथनको संयोजन र आवश्यकता अनुसार उखान टुक्का आदिको प्रयोगले कविलाई शब्दभण्डारको अभाव पटक्कै देखिँदैन । कवि वासुदेव मूलतः राष्ट्रवादी चिन्तकका रुपमा देखा परेका छन् । देशले देखेभोगेका विगत र वर्तमानका समस्या, पीडा, गरिबी, अशिक्षा, अन्धकार र पछौटेपनलाई चिर्दै सुन्दर, समुत्रत, समृद्ध नेपालको परिकल्पना नै कविको अभीष्ट बनेको छ । उनी देशभित्र पसेर यहाँको प्रकृतिलाई सूक्ष्म अवलोकन गर्छन्, प्रकृतिका तन्मय र मन्मय रुपको चित्रण गर्छन्, मानव र मानवताका पाठ नजानिँदो गरी पढाउँछन्, देशभक्तिको बाटो औँल्याउँछन्, कतै गीत गाउँछन् त कतै भजन र हाइकूमा रमाउँछन् । यसबाट उनी स्वच्छन्दतावादी भावधाराका वर्तमान पुस्ताका सशक्त हस्ताक्षर हुन् भत्र हिच्किचाउनु पर्दैन । कृति आपैmँ बोल्छ उनको कवि व्यक्तित्वका बारेमा । उनले जटिलतालाई काव्यको शत्रु नै ठानेका छन् क्यार । यसर्थ सरल भाषिक प्रयोग, प्रकृति, समाज, प्रशासन, शिक्षा, स्वास्थ्य, कला, संस्कृति, दर्शन र अध्यात्म आदि क्षेत्रबाट कतिपय प्रचलित र कतिपय नवीन बिम्ब प्रतीक ग्रहण गरी सरल ढङ्गले आफ्ना भावना प्रस्तुत गरेका छन् । प्रस्तुति र भाषिक प्रयोगमा उनले सरल र सहज बाटो पछ्याए पनि त्यसबाट व्यक्त विचार र भावहरू गलत प्रवृत्ति र संस्कारका व्यक्तिहरूका लागि कटु व्यङ्ग्य बनेर कठोर वाणीका रुपमा उपस्थित छन् । यसर्थ कवि वासुदेवको बाह्य व्यक्तित्व जति सरल, सहज, विनयी र नम्र छ, त्यसको झलक उनका सिर्जनामा पनि देख्न पाइनु स्वाभाविकै हो । तर उनी कवि हुन्, भविष्य द्रष्टा हुन् । उनलाई पनि देश र जनताका पीडाले त्यत्तिकै पिरोलिरहेको हुन्छ जसलाई उनले कलात्मक अभिव्यक्ति दिएर आपूmलाई सन्तुष्ट पार्छन्, ती रचनाका पाठक हामीले पनि आपूmले देखे भोगेकै घटना र समस्याले कलात्मक आकार ग्रहण गरी प्रस्तुत भएको पाउँदा आफ्नो सपना पूर्ति भएको महसुस गर्छौँ । यहीँनेर आइपुग्दा उनका रचनाको सम्पे्रषणीयता र मूल्यवत्ता समेत प्रमाणित हुन्छ ।

‘बास उठेका चराहरू’ भित्र थुपै्र चिरबिर छन् । ती प्रत्येक रचनाको लामो व्याख्या विश्लेषण हुन सक्छ । तर यस छोटो लेखमा सरसर्ती रचनाले पारेको प्रभावलाई सूत्रात्मक रुपमा केलाउने प्रयत्न गरिएको हो । यही नै यसको सम्पूर्ण विश्लेषण चाहिँ होइन । अन्य धीर, गहन, गम्भीर अन्वेषकका लागि कृति आपैmँ उपस्थित छ । किमधिकम् ?

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।