खुसीमा झुम्न यो साँझ पनि मातेर आएछ,
उज्यालो बिना घामलाई पनि ढाँटेर आएछ ।।
जूनेली रातमा ताराको टिल्पिल तालमा नाच्नलाई,
दिनभरि घामको रापिलो कहर काटेर आएछ ।।
सुनौलो घामको गोधुली साँझमा बन्-पाखा रमाउँदा,
क्षितिज चिर्दै दु:खको बादल फाटेर आएछ ।।
दिनभरि कतै एकान्त संग दु:खमा डुबेर,
उज्यालो संग मदहोशी साँझ साटेर आएछ ।।
दु:स्वप्न आई रातलाई लुटी निरासा बनाउँदा,
बिहानी संगै आशाको किरण बाँटेर आएछ ।।