19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल सन्तोष शर्मा 'पवन' December 15, 2011, 5:23 pm

वरपिपलको चौतारीमा तिम्रो नाम रैछ ।

सँगैमेरो नाम लेखेँ खाली ठाम रैछ ।

तिमीलाई खोज्दै एक्लै भौतारिएँ कता कता

यहाँ आएँ थाहा पाएँ तिम्रो गाम रैछ ।

यती छिटो सम्हालिएँ तिम्रो गाउँ आएपछि

जहाँ तिमी त्यही मेरो चार धाम रैछ ।

हरियाली जताततै फुलहरु फुलेका थे

सधैं यतै बसौ जस्तो मिठो याम रैछ ।

यो आँखामा बल्ल संसार रङ्गिएर आयो

एक्लै हुँदा देखेको त श्वेतश्याम रै'छ ।

पोखरा १६ बाटुलेचौर, हाल: सिड्नी अष्ट्रेलिया

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।