एउटै मूल क्युँइतिच मुइलि (सगोत्रि) भएरै पनि साहित्य सहयात्रीका रुपमा फेसबुकको भित्तो मार्फत परिचित युवा कवि भाई केदार सङ्केत उनको नियात्रा पुस्तक एथेन्सको झरीको बिमोचन कार्यक्रमबाट मात्र प्रत्यक्ष परिचित बन्नपुगेका थिए । गहकिला साहित्य सृजना गर्नसक्ने सङ्केत ले फेसबुक कै मेसेज मार्फत उनको हाइकु संग्रह पैयुँका फूलमा भूमिका कोरीदिन आग्रह गरेको केही दिन पश्चात उनले अफगानिस्थानदेखि पठाएको पाण्डुलिपि पनि मेरो हातलाग्यो र म उनले दिएको यो दायित्व बहनगर्न लागिरहेछु । मैले उनको हाइकु संग्रहका बारे केही कोर्न अगडि हाइकु बिधाबारे केही कोट्याउन पर्ने आवश्यकताको महशुस गरे ।
हाइकु १७ अक्षरका तीन पदिय अनुभूतिपरक सघन अभिव्यक्ति भएको साहित्य विधा हो । हाइकुको स्वरुप थोरै बोलेर घेरै बुझनुपर्ने जापानी पारंपरिक पद्धतिको साहित्यिक परावर्तन हो । जापानी साहित्यमा प्रचलित हाइकाइ (लामो कविता) को सुरुको पङ्ती होक्कुको टेकुवा टेकन लगाउदै उन्नाइसौं सताव्दिको उत्तरान्त युगमा प्रज्वलित भएको साहित्यिक प्रारुप हो हाइकु । जापानी एदोकाल (१६६४-१८६८) कालिन प्रशिद्ध जापानी कवि मात्सुओ बासो (१६४४-९४)पछिका जापानी स्रष्ठा योसा बुसोन (१७१६-८४), मासाएका सिकी (१८८७-१९०२), तथा ताकाहामा क्योसी (१८७४-१९५९) जस्ता स्रष्ठाहरुका भावानुभूति एवं अभिव्यक्तिमा आफ्नै मौलिक शास्त्रीय स्वरुपमा हाइकु निख्खर र तिख्खर बन्दै गयो । कुनै एक किगो (ऋतुविम्ब) अटाएको ५-७-५ अक्षरिय संरचनालाई नै कायम राख्दै जापानी हाइकुकारहरुले हाइकुमा वाबी (सौन्दर्य चेतना), साबी (स्मृति), होसोमी (अनुभूति) जस्ता सारतत्वहरु हाइकुका विधिविधानमा समाबेस गर्दै लगे । जति जति हाइकुमा अभिव्यक्तिका सघनता बढदै गयो त्यति त्यति नै हाइकुको प्रशिद्धि पनि बढदै गयो र जापानी भूमिको शिमा नागेर संसारका विभिन्न मुलुकमा अजम्वरी साहित्य विधाका रुपमा स्थापित बन्न पुग्यो । हाइकु प्रविधिबारे जे. रिचहोल्डले पनि गहिरो अनुसन्धान गरेको पाइन्छ । उनले प्रस्तुत गरेको प्रबिधिहरुमा हाइकुको व्यापकता, चमत्कारीता र विशिष्टताको व्याप्ति पाइन्छ । यसरी संसारभरी फैलदै गएको जापानी हाइकु बिधाले अन्ततोगत्वा नेपालमा पनि प्रवेश गर्यो ।
नेपाली हाइकु अध्ययन अनुसन्धान गर्नेहरुका अनुसार वरिष्ट निवन्धकार शंकर लामिछानेको "सूर्योदय" शीर्षकमा २०१९ सालको आसोज महिनाको रुपरेखा साहित्यिक पत्रिका पूर्णाङ्क ११३ मा प्रकाशित हाइकुलाई नै प्रथम नेपाली भाषाको हाइकुका रुपमा अभिलेखित गरिएको पाइन्छ ।
माकुरा जाल
झोल्लिएको ओसले
तन्किँदै गयो ।
यसपछिका समयहरुमा आर्को एउटा हाइकु (जस्को रचनाकार हालसम्म एकिन भएको छैन) सुप्रसिद्ध कवियत्री पारिजातको २०२२ सालमा प्रकाशित भएको उपन्यास "शिरीषको फूल"मा उल्लेखित हाइकुले उक्त उपन्यासका पाठकहरुमा हाइकुप्रति थप जिज्ञासा दिलाएर प्रचारको माध्यका रुपमा एक नमुना हाइकु बन्न पुग्यो ।
शिरीष फूल
भ्रमर चुम्वन मै
ओइली र्झछ ।
यसरी सुरु समयमा मन्दगतिले भएपनि नेपालमा हाइकु विधाले बिसौं सताव्दि यता आफ्नो छुट्टै स्थान ओकटदै गएर साठीको दशक यताभने निकै उर्भर भएको पाइन्छ । यो समयमा संस्थागत तथा व्यक्तिगत रुपमा नेपाली हाइकुको थप अध्ययन अनुसन्धान लेखन तथा विबेचना भएगरेको पाइन्छ । यत्तिमात्र नभएर साठीको दशक यता हाइकु संग्रह पुस्तककारका रुपमा क्रमबद्ध प्रकाशित भइरहेछन । यही भेलको एक भङ्गालो हो युवाकवि केदार सङकेतको "पैंयुका फूलहरु" ।
एथेन्सको झरी नियात्रा लेखन पछाडी हाइकु लेखनमा आफ्नो सृजना केन्दि्रत गरेका साहित्यकार सङ्केत साहित्यका अन्य विधाहरुमा पनि उत्तिकै सशक्त अभिव्यक्ति दिन सक्षम पाइन्छन् । उनको सांकेतिक कविता निकै मनन्योग्य छन् । यो पैयुँका फूलहरु संग्रह भित्रका हाइकुका फूलहरुलाई नियाल्दा केदार सङ्केत एक बहुप्रतिभाशाली साहित्यकार भन्नमा हिच्किचाउनु पर्ने अवस्था देखिन्न । उनका हाइकुहरु पढदा सङ्केत ले हाइकुका आवश्यक तत्वहरुको गहिरो अध्ययन गरेको प्रमाणित हुन्छ । हाइकुमा जापानी कवि योसा बुसोनले पोतेको रोमान्टिक रंग केदारले राम्ररी मनन् गरेको पाइन्छ ।
मौसमी मन
हरियो जंगलमा
चर्न हिडेछ ।
लाटि सोल्टिनी
कोल्टे त फेरिन नि
बिस्तरा रित्तो ।
जापानी चर्चित हाइकुकार कावाहीगासी हेकिगोतोको तर्क हाइकु यथार्थको सत्यमा रहनुपर्छ, आफ्नो स्वर्थलाई केन्द्र बनाइनु हुन्न भन्ने यथार्थलाई पनि उनले राम्ररी बुझेको देखिन्छ ।
नगर माया -------मर्नु न बाच्नु-------- हाम्रो आकाश ----------बैगुनी हावा
भुइकुहिरो लाई--------भन्छन मान्छे किन-----धेरैमाथी छैन हौ -----उडायो पातहरु
छोडेर भाग्छ । ---------बेहोसी सन्ध्या । ------सोचाई मात्र । --------जङगलै नाङगो ।
हाइकु अनुसन्धानकर्ता जे.रिचहोल्डले पैलाएको हाइकु सौन्दर्यलाई पनि राम्ररी नियालेका छन सङ्केतले ।
नाङगो ढाड -----------देउरालीमा ----------- छायाँहरुको ----------शव्दकुण्डमा
छेकेत भन्छौ तर --------ढाक्रेको पसिनाले------चहलपहल छ ------दुधकुण्डको स्वाद्
काँपि रहेछौ । ----------सुकेको पाती । ------कलम भित्र । --------- जिब्रो रसियो ।
आफ्नै सेरोफेरोका (किगो-प्राकृतिक विम्ब) दिनमा पनि खप्पिस देखिन्छन सङ्केत । उनका पैयुँका फूलहरुमा प्रयोग भएका मौलिक किगो, सावी, वाबी र होसोमीलाई छ्यानबिचार गर्दा सङ्केत खाँटि नेपाली हाइकु पस्कनसक्ने भान्से हुन भन्नलाई हिच्किचाउनु नपर्ने देखिन्छ । उनका विम्ब र प्रतिकहरु ज्यादै स्वदिला छन । नेङ लिकुखोलामा पाइने तितेमाछाको एक प्रजाति, लिकु धनुषजस्तै बाङगिएर बग्ने खोला, -जुन पछि अपभ्रंसित हुदै लिखु कहलिन पुगेको छ) कोइँच कुम्सो सुनुवार समुदायमा आफ्नो मात्रीभाषामा गाइने गित जस्ता किगोहरु नेपाली साहित्यका लागि किशोरी विम्ब सावित हुनेछन् जस्ले नेपाली साहित्य भण्डारलाई सम्पन्नता प्रदान गर्नेछन ।
बर्षाको भेल --------खिम्तीको छाल ------------लिखु-कु) खिम्तीमा ---कोइँच कुम्सो
नेङमाछा जालमा ----सङ्केत को बगाई --------हुर्केका हाम्रा पूर्खा ------गाउनुपर्छ अब
छाक टारौंला । ---------तिम्रो सुस्केरा । --------भाङ्ग्रे डोरीले । ----------ढिला नगरौं ।
यत्तिधेरै उज्याला पक्षहर हुदाहुदैपनि यो संग्रहमा केही कमिकम्जोरी हुदैनभएका भने हैन । केही हाइकुहरुमा किगोको प्रयोगमा कञ्जुस्याँइ भएको पाइन्छ । सम्भवत केही कविहरुका बारेमा लेखिएका हाइकुहरुमा हाइकुका अक्षरिय नियम पालना गर्नुपर्ने बाध्यताबस किगो अटाउन नसकेको पनि हुनसक्छ । तरपनि उनले गुथेका हाइकु मालाका हारमा धेरैजसो चकिला फूलहरुविच केही ओइलिएका थुङगा पर्दा शव्द बोल्नेगरी हाइकु लेख्नेहरुमा केही खड्कन्छ कि भन्ने मात्र हो रपनि उनका चम्किला थुङगाहरुले यो पाटोलाई पनि गौंढ बनाएको छ । अन्तमा भाई केदार सङ्केत को साहित्यिक यात्रामा उज्वल भविश्यको शुभकामना । चेरेलिल ।
फूलबारी टोल, कोटेश्वर