ऊ बादल हो
हज्जारौं माईल पर उसको माईती घर छ
जहाँबाट ऊ तात्तिन्छे, रापिन्छे र उठ्छे
मनसुनी र पश्चिम वायूको झोक्काले उसलाई उडाँउछ ।
ऊ मडारिन्छे
उसका दिमागमा विजुलीका झिल्का झिल्किन्छन
ऊ अर्थात बादल पराईघरको पहरामा पुग्छे र ठोकिन्छे
ऊ मन थाम्न सक्दिन र गड्गडाउँछे
अनि आँखाबाट अनायास आँसु खसाल्छे
आँसु अबिरल खसिरहन्छ
मानौं, बादल अहिले बादल रहिन
ऊ झरी हुन्छे र झरिरहन्छे निरन्तर अबिरल
ऊ बादल हो
ऊ गहना बन्छे काली लेकहरुको
ऊ सिगार्छे सेता टाकुराहरु काकाकुलहरु तृष्णा मेट्छन्
जब ऊ आकाशमा छाउँछे
ऊ अर्थात बादल, मायाले भिजेको आर्द छात्ति
नाङ्गा पहरामा टास्छे र गमलङ्ग अङ्गालो हाल्छे
विरहिहरु विस्मृतिका प्रेमकाहानीहरु
वर्तमान विर्र्सिएर सम्झन्छन्
परन्तु भुवादार बादलको कोमल स्पर्श पाएर
पग्लदैन पहरे छात्ती
अनि ऊ मन थाम्न सक्दिन र गड्गडाउँछे
ऊ आँखाबाट अनायास आँसु खसाल्छे
आँसु अबिरल खसिरहन्छ
मानौं, बादल अहिले बादल रहिन
ऊ झरी हुन्छे र झरिरहन्छे निरन्तर अबिरल
पिप्ले ४ चितवन, हाल: किर्तिपुर