19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल राजेन्द्र मल्ल December 18, 2011, 6:22 pm

के लेखूँ तिम्रो आगमनको कथा

धमिलो छ आफ्नै तनको कथा

किन्ने र बेचिनेहरुको बजारमा

कसरी नभनूँ म धनको कथा

रुप फेरेर स्याल शहर छिरेपछि

उस्तै नहोला अब बनको कथा

तिम्रो शहरमा गन्तव्य छैन मेरो

कस्ले बुझ्यो यहाँ 'राजन'को कथा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।