19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल प्रकाश नेपाल December 18, 2011, 6:32 pm

मायाको बोझ थाम्नै गारो भो, मरूभूमि मै ढलें म त

तिखो बचनको ज्वाला भित्र, ज्यूदै ज्यूदै जलें म त

कति सपना थिए घरजमको, बतासमै हराएपछि

थाम्नु कति थाम्नै गारो भो, भिरको गाई झै गलें म त

शंका बिषको घड़ा भन्छन, शंकै पालेर बस्छौ कति

तिम्रो शंकाको अग्नी भित्र, ज्यूदै ज्यूदै बलें म त

बिष भर्छ दिमागमा मान्छेको, मान्छे कै खेदो खन्द्छ

लर्खारिदै भौतारिदै, एकादेशमा चलें म त

वाशिंगटन डी सी

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।