19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल तीर्थराज अधिकारी December 23, 2011, 2:46 am

जवानीमा रंग चढेपछि थाहा भो

बैंसलु नजरले लडेपछि थाहा भो

थाहा भयो मनहरु कस्ता रहेछन्

मायाका मुटुहरु सडेपछि थाहा भो

नांगो छ सबै स्वीकृति कि विकृति

पलपलमा रहर बढेपछि थाहा भो

खाउ या नखाउ रातै छ मुख तिम्रो

असली त्यो रुप त पढेपछि थाहा भो

चानुवा–५, धनकुटा, हाल: चाबहिल, काठमाडौं

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।