17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत सन्तोष शर्मा 'पवन' December 23, 2011, 2:53 am

मनभित्र गुराँस मेरो फुलिरहेको छ।

मेरो डाँफे लेक बेसी डुलिरहेको छ।।

यो शहरमा हिमाल जस्तो ऐना छैन मेरो।

मेरो गीत गाउने यहाँ मैना छैन मेरो।।

काफल कटुस आँखाभरी झुलिरहेको छ।

मेरो डाँफे लेक बेसी डुलिरहेको छ।।

दशैँ तिहार चाडपर्ब आउँदैनन् यहाँ।

असारे र देउसी भैलो गाउँदैनन् यहाँ।।

शिरमा मेरो ढाका टोपी खुलीरहेको छ।

मेरो डाँफे लेक बेसी डुलिरहेको छ।।

पोखरा -१६ बटुलेचौर,हाल - सिड्नी अष्ट्रेलिया

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।