19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत विश्वराज अधिकारी December 26, 2011, 9:20 pm
विश्वराज अधिकारी
विश्वराज अधिकारी

म छु धरतिमा मन मेरो छ आकाशमा

चम्किलो मेरो मुहार छ तिम्रो यादको प्रकाशमा

सम्झनाको सागरमा उर्लदो छाल छ

बयान गर्न कठिन मनको मेरो हाल छ

बिर्सनु कसरी जीवनका ती अमूल्य लिलाहरु

भत्काउन चाहन्छ मनले कहिले मर्यादाका किलाहरु

भो कति साँच्ने समयका ती मणीहरु

तर भुल्नु पनि कसरी उमेरका ती घडिहरु

कल्पनाको रथमा चढी जब आउने छु म तिम्रो समिपमा

पाउने छौ केवल आफूलाई तिमीले मैले गाउने हरेक गीतमा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।