बुढापाका जवानी र ऊ बेलाका कुरा गर्छन् ।
पौरख र हातमा उठेका ठेलाका कुरा गर्छन् ।।
जब उमेर ढल्कदैं जान्छ, हराउँछ दम पनि ।
हो रत छोरा वुहारीको हेलाका कुरा गर्छन् ।।
सत्ताका लागी जब जनमतको कुरा आउँछ ।
अनि दलहरु जनता र भेलाको कुरा गर्छन् ।।
आँफु भगवान ठान्छ, समाजमा दङ्गा मच्चाउँछ ।
उसैले आदर्श र नेस्नल मन्डेलाका कुरा गर्छन् ।
आँफु मर्दै अब तपाइलाई ज्यू ज्यू कसले गर्छ ।
हो अव श्रमिक मजदुरहरु जेलाको कुरा गर्छन् ।।
मान्छे यस्तो अहंकारी भाछ, उस्तै घमण्डी पनि ।
सूर्यलाई छेक्ने आँट गर्दै हत्केलाका कुरा गर्छन ।।
तनहुँ, हाल: विग एफ एम पोखरा