18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत गोपाल झापाली December 31, 2011, 7:14 am
गोपाल झापाली
गोपाल झापाली

मनमा गुँड लगाई दिन्छु मनमै बस मनकी चरी,

सपनीमा नाचीदेउ आँखाभरि घरि–घरि ।

अरु केहि चाँहिदैन, तिमीलाई भेट्न पाए,

सधैं भरि देख्न पाउँ, तिमीलाईनैं वरिपरि ।

तिमी भित्रै ईन्द्रेणी छन, मुस्कुराउने कोपिला नी,

रङ्ग फेर्छौ छिनछिनमैं किन होला अनेक थरी ।

तिम्रै मिठो बास्ना भेट्छु, फूलमा होईन पातमा पनि,

मात लाग्ने पराग छ¥यौं, किन तिमीले हावा सरी ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।