18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत कोमल श्रेष्ठ मल्ल December 31, 2011, 7:22 am

मन परेकीलाई बोलाए मन खेलाएर,

के लाग्छ र नचिन्नेलाई ब्यर्थै बोलाएर

मन बहेको धर धर किन रुक्छ र

बतासले सिरानि कहिले सुक्छ र?

कल्पनाको बारि भरी फुलिली राख्छिन् उनी

अंग अंग नसा नसा खेली राख्छिन उनी

न्यानो न्यानो स्पर्समा उनी नभएर

के हुन्छ र मनमा शान्ति मौसम बदलिएर

कल्पनाले श्रृगारेको मनको महल भित्र

नमेटिने कोरिएछ उनको मिठो चित्र

लाग्दो रैछ नपिएरै प्रियसीको नसा

हुदोरैछ मिलन बिना जिन्दगी नै शिशा ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।