19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

पारिजात

कविता अच्यूत प्रसाद सिलवाल January 5, 2012, 6:59 pm

ऊ पारिजात हो

त्यसैले ऊ बसिन, हाँगाहरूमा, बोटमा बिहानसम्म

र हामफाली हतारिएर

झिसमिसे अध्याँरोमा आँखा चिम्लिएर

पातालमा पाईला टेक्न यता

पारिजातका हाँगाहरू फुङ्गछन्।

रोएर मनले मनहरू बुझाउँदैछन्

ऊ पारिजात हो

ऊ पारिजात हो

ऊ पारिजात हो

१.

ऊ पारिजात हो

त्यसैले ऊ बस्छे माईतीमा कार्तिक महिनाभरि

र सकिन्छे मंसिरका साँझहरूमा

यो एउटा रीति रै’छ

र त उसका आमा पारिजातहरूको

पथ फक्रन्छे ऊ पारिजात पनि

त्यही पथ पछ्याउँछन्

सखी र बैनी पारिजात पनि

त्यसैले उनिहरू सबै साक्षात् पारिजात हुन ।

पारिजातसँग प्रीति साँच्नेहरू पर्खन्छन पारिजात फक्रने बिहानी

तर थाहा हुन्न

कुन मन्द बतासले कतिखेर

बासना बाड्दै गर्दा

हल्लाउँछ हागाँहरू

अनि पारिजातहरू

हामफाल्छन् हत्तारिएर

झिसमिसे अध्याँरोमा आँखा चिम्लीएर

पातालमा पाईला टेक्न

ऊ छुट्टिएपछि पारिजातका हागाहरू फुङ्गछन्

पारिजातसँग प्रीति साच्ने मनहरू

उदास भएर रुन्छन् हाँगातिर हेर्दै

रोएको मनले मनहरू सम्झाउँछ

ऊ पारिजात हो

ऊ पारिजात हो

ऊ पारिजात हो ।

पिप्ले ४, चितवन, हाल: कीर्तिपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।