ऊ पारिजात हो
त्यसैले ऊ बसिन, हाँगाहरूमा, बोटमा बिहानसम्म
र हामफाली हतारिएर
झिसमिसे अध्याँरोमा आँखा चिम्लिएर
पातालमा पाईला टेक्न यता
पारिजातका हाँगाहरू फुङ्गछन्।
रोएर मनले मनहरू बुझाउँदैछन्
ऊ पारिजात हो
ऊ पारिजात हो
ऊ पारिजात हो
१.
ऊ पारिजात हो
त्यसैले ऊ बस्छे माईतीमा कार्तिक महिनाभरि
र सकिन्छे मंसिरका साँझहरूमा
यो एउटा रीति रै’छ
र त उसका आमा पारिजातहरूको
पथ फक्रन्छे ऊ पारिजात पनि
त्यही पथ पछ्याउँछन्
सखी र बैनी पारिजात पनि
त्यसैले उनिहरू सबै साक्षात् पारिजात हुन ।
२
पारिजातसँग प्रीति साँच्नेहरू पर्खन्छन पारिजात फक्रने बिहानी
तर थाहा हुन्न
कुन मन्द बतासले कतिखेर
बासना बाड्दै गर्दा
हल्लाउँछ हागाँहरू
अनि पारिजातहरू
हामफाल्छन् हत्तारिएर
झिसमिसे अध्याँरोमा आँखा चिम्लीएर
पातालमा पाईला टेक्न
ऊ छुट्टिएपछि पारिजातका हागाहरू फुङ्गछन्
पारिजातसँग प्रीति साच्ने मनहरू
उदास भएर रुन्छन् हाँगातिर हेर्दै
रोएको मनले मनहरू सम्झाउँछ
ऊ पारिजात हो
ऊ पारिजात हो
ऊ पारिजात हो ।
पिप्ले ४, चितवन, हाल: कीर्तिपुर